उपाधिका लागि गोर्खा स्पोर्टिङ क्लब र चिबुवा एफसी भिड्दै

  नयाँ बुलन्द
28 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा जारी ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव प्रथम खुला नकआउट फुटबल प्रतियोगिता’ को उपाधिका  लागि गोर्खा स्पोर्टिङ क्लब र चिबुवा एफसी भिड्ने भएका छन् । मङगलबार जीवनज्योति माध्यमिक विद्यालयकव खेलमैदानमा दिउँसो २ बजे हुने फाइलनमा गोर्खा र चिबुवा आमनेसमाने हुँदैछन् ।

सोमबार भएको दुवै सेमिफाइनल खेलमा प्रतिष्पर्धीलाई पराजित गर्दै गोर्खा र चिबुवा फाइनल प्रवेश गरेका थिए । पहिलो सेमिफाइन खेलमा मान्द्रे एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै गोर्खा फाइनल प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनल खेलमा काका एफसीलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै चिबुवाले फाइनलको यात्रा तया गरेको हो । निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि टाइब्रकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।

प्रतियोगिताका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् । प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको थियो ।

चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा चतुरे बजार कृषि तथा पर्यटन महोत्सव अन्तर्गत फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार