माङसेबुङ-३ स्थित आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्रको भवन उद्घाटन

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ मनिपुरमा निर्माण भएको आत्मानन्द आधारभूत स्वास्थ्य केन्द्रको भवन मङ्गलबार उद्घाटन भएको छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष राईसहित उपाध्यक्ष विनोदकुमार नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत दिलसेर राई, वडा अध्यक्ष लक्षुमन राई जनम, स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राई, इन्जिनियर (अधिकृत छैठौं) युवराज दाहालसहित वडाबासी सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को ४८ लाख ९४ हजार २६७ को लागतमा भवन निर्माण भएको हो । एक तले पक्की संरचनाको नवनिर्मित भवनमा पाँच वटा कोठा रहेका छन् । ४९ लाख ९२ लाख ५७७ को लागत स्टिमेट तयार सो भवन ठेक्का मार्फत ४८ लाख ९४ हजार २६७ मा निर्माण सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए । सो भवन निर्माणका लागि प्रदेश सरकारबाट ५० लाख अनुदान प्राप्त भएको थियो ।

भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष हेमन्त राईले भवन निर्माणपछि सेवा प्रवाहमा कार्यालय र सेवाग्राही दुवैलाई सहजता मिल्ने अपेक्षा गरिएको बताए । उनले सेवाग्राहीको माग र अपेक्षा अनुसार काम गर्न आफूहरु सधैँ तत्पर रहेको बताए ।

सो केन्द्रमा हेल्थ असिस्टेण्डको दरबन्दी भएपनि जनशक्तिको अभावमा अहिले अहेवको नेतृत्वमा स्वास्थ्य सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।

माङसेबुङ गाउँपालिकामा पाँचवटा स्वास्थ्य चौकी, दुईवटा आधारभूत स्वास्थ्य केन्द्र र दुई वटा सामुदायिक स्वास्थ्य इकाइमार्फत स्वास्थ्य सेवा प्रवाह भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार