घुर्बिसे पञ्चमीमा विद्युत् पोल भाँचिँदा दुई जना घाइते

  युद्धबहादुर बोहोरा
105 Shares

घुर्बिसे पञ्चमी : इलाम र पाँचथर सिमानास्थित घुर्बिसे पञ्चमी क्षेत्रमा विद्युत् पोल सार्ने क्रममा फलामको पोल भाँचिँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा फाल्गुनन्द गाउँपालिका–३ राँके निवासी २७ वर्षीय सफल घिसिङ तामाङ रहेका छन्। उनको हात भाँचिएको बताइएको छ। साथै सुविसु नेटका एक कर्मचारीको कानमा चोट लागेको छ।

प्रहरी चौकी फाक्तेपका इन्चार्ज शेर बहादुर राईका अनुसार शुक्रबार बिहान करिब ९ः४० बजे पोलमाथि चढेर तार हटाउने क्रममा फलामको पोल फेदबाट भाँचिएपछि दुर्घटना भएको हो।

नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्र तथा राँके फ्युज सेवा केन्द्रका प्राविधिक झरेन्द्र लावतीले घाइतेलाई उपचारका लागि एम्बुलेन्सबाट इलाम पठाइएको जानकारी दिएका छन्।

 

स्थानीयका अनुसार करिब २० वर्षअघि पनि सोही क्षेत्रमा गाडिएको विद्युत् पोल खिया लागेर फेदमा भाँचिँदा दुई जना कामदार घाइते भएका थिए। अन्य पोलहरु समेत जिर्ण रहेको जनाइएको छ।

शनिबार राँके-रवि-भेडेटार सडकखण्डअन्तर्गत घुर्बिसे पञ्चमी बजार क्षेत्रमा रहेको ११ केभी विद्युत् पोल सडक किनारतर्फ सार्ने कार्य भइरहेको अवस्थामा उक्त घटना भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार