स्वास्थ्य चौकीमा ल्याव सेवा

नयाँ बुलन्द

झापा : झापाको शिबसतासीस्थित सतासीधाम स्वास्थ्य चौकीले मंगलबारबाट ल्याव सेवा सञ्चालन ल्याएको छ । स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्मा र उपप्रमुख भोजकुमारी नेपालले ल्याव सेवाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नगरपालिकाको रु ५ लाख अनुदान सहयोगमा ल्याव सञ्चालनमा ल्याईएको स्वास्थ्य चौकीका प्रमुख संञ्जय ठकुरीले जानकारी दिए । नगरपालिकाले क्रमशः धरमपुर , पाँचगाछी र शिवगञ्ज स्वास्थ्य चौकीमा समेत ल्याव सेवा सञ्चालन गर्ने जनाएको छ ।

शिबसतासी–८ का अध्यक्ष एबम् स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष केहरसिहं बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रशासकीय अधिकृत पंकज भुर्तेल, वडा नं ११ का वडाध्यक्ष भैरब श्रेष्ठ, नेपाली काँग्रेस शिवसतासी नगर सभापति पशुराम ढुङ्गाना, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी नायव निरिक्षक डम्बर अधिकारी, युवा संघ नेपाल शिबसतासी नगर सदस्य फूर्वा लामा, सतासीधाम स्पोटिङ क्लव झिलझिलेका सचिव भाग्य सुब्बालगायत स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार