चुलाचुली बोर्डिङमा निशुल्क स्वास्थ्य शिविर

इलामको चुलाचुली गाउँपालिका-१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले शनिबार एक दिने निशुल्क स्वास्थ्य शिविर । तस्विर : चेतन आङथुपो

चेतन आङथुपो

चुलाचुली : इलामको चुलाचुली गाउँपालिका-१ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कुलले शनिबार एक दिने स्वास्थ्य शिविर सम्पन गरेको छ ।

शिविरमा अभिभावक र विद्यार्थी वालबालिका गरि ६ सय बढिलाई नि:शुल्क स्थास्थ्य सेवा प्रदान गरिएको थियो । वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. रूपेशकुमार सिंह र वरिष्ठ फिजिसियन तथा सर्जन डा. अमृत पोख्रेलद्धारा दाँत, हाडजोर्नी तथा नशा रोग सम्बन्धी अभिभावक र ल्याव, ब्लड, सुगर लगायत रोगको निःशुल्क जाँच गराइएको विद्यालय संस्थापक तथा लेखापालक प्रविन सापकोटाले जानकारी दिए ।

उक्त शिविर दमक-१ रवि स्टेण्ड स्थित रहेको सिद्धिविनायक हेल्थ केयर सेन्टर र करियर गाँइडन्स एजुकेसन कन्सलटेन्सी झापाको सहयोगमा विद्यालले आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार