‘नवयुग र जिशिअलाई समेत मैले पढाएको हुँ’ : खनाल

प्रकाशचन्द्र खनाल

टीका खतिवडा

इलाम : उखान, तुक्का अनी साहित्यसँगै कक्षा कोठामा प्रवेश गरेर विद्यार्थीलाई असल शिक्षा प्रदान गर्दै आएका प्रकाश खनाल जिल्लाकै एक कुशल शिक्षकको सूचिमा पर्ने नाम हो ।

इलामको पश्चिमी क्षेत्र देउमाई नगरपालिकामा जन्मिएका शिक्षक खनाल लामो समयदेखी शिक्षण पेशामा संलग्न थिए । उनले बिहिबारबाट उमेर हदका कारण अनिवार्य अवकाश लिएका छन् ।

खनालले बिक्रम संवद् २०३६ सालबाट भानुभक्त माध्यमिक विद्यालयमा शिक्षकका रुपमा नोकरी सुरु गरेका थिए । खनाल तत्कालिन पञ्चायतले प्रहरी रिपोर्टका आधारमा स्थायी नगरेपछि खुल्ला प्रतिष्पर्दाबाट २०४५ माघ १८ गतेदेखी स्थायी नियुक्ती लिएको बताउँछन् ।

पाँचथर रानीटारको एक स्थानीय माविमा स्थायी नियुक्तीसँगै अध्यापन सुरु गरेका खनाल बहुदलको आगमन सँगै पुन: जिल्ला स्थान्तर हुँदै भानुभक्त माविमा नै फर्किए ।

२०५४ सालबाट भानुभक्त माविको सहायक प्रधानाध्यापक सम्हालेका खनाल २०७२ बाट सोही विद्यालयको प्रधानाध्यापक भए । उनी कुशल शिक्षकको रुपमा सँधै विद्यार्थीमाझ छाइरहँदा शिक्षण पेशामा धेरै तिता अनी मिठा क्षण भोगेको बताउँछन् ।

शिक्षण कालमा उमेर सँगसँगै पञ्चायत बहुदल अनी लोकतन्त्र समेत फटाइसकेका खनाल देशको परिस्थीतिका बारेमा हाल समेत उत्तिकै दख्खल राख्दछन् ।

तत्कालिन समयमा तत्कालिन ब्रि्रोहि समूह माओवादी र सरकार बिचको द्धन्द हुँदा दुवै पक्षकै चेपारोमा पर्नुपरेको उनी बताउँछन् ।जटिल परिस्थीतिलाई पनि सहजतामा लैजान सक्ने क्षमता भएका खनाल सोहि समयमा भएको एक घटना अविस्मरणिय भएको बताँछन् ।

तत्कालिन समयमा देउमाई नगरपालिका मंगलबारे वजार नजिकै देवीडाँडामा भिडन्त भएको थियो । सो भिडन्तमा कक्षा आठको परिक्षा सञ्चालन भइरहेको उनले वताए । भिडन्तमा सरकारी पक्ष तथा विद्रोही पक्षले गोलाबारुद प्रहार गर्दा विद्यार्थी, शिक्षक, अभिभावक अनी आफुलाई समेत अत्यान्तै त्रास पैदा भएको उनी सम्झन्छन् ।

नेपाली सेनाको हेलिकोप्टर नजिकैबाट उडेको अनी बन्दुकका छहरा बिद्यालय परिसर भित्रै प्रवेश गर्न थालेपछि मैदानमा सेतो झण्डा राखेर परिक्षा सञ्चालन गर्नुपरेको क्षण अविस्मरणिय भएको उनले वताए । शिक्षण कालकै दुखक क्षण समेत त्यसलाई नै मान्ने खनालले जव स्थाई नियुक्त पाए अनी सुखको अनुभव गरेको वताए ।

उनले त्यस क्षणमा आफ्नो गरिव परिवार अनी आफ्ना अभिभावकले गरेको लगानी सन्झीएर खुसीको महसुस गरेको वताए ।

नेपाली उखानै छ ‘शिक्षक चिनी हुन्छ अनी चेलो सख्खर हुन्छ’ भन्ने । साँच्ची नै एउटा शिक्षक विद्यालयमा शिक्षा छरिरहँदा उनका चेला देश हाँक्ने ठाउँमा प्रवेश गरिसकेका हुन्छन् । शिक्षक खनालले शिक्षा दिएका धेरै विद्यार्थी जिल्ला, क्षेत्र अनी देशकै नामी अनी चर्चित भइरहँदा उनी भने शिक्षकको शिक्षकमा नै छन् । उनले भने-‘मैले पढाएका धेरै विद्यार्थी माथी पुगिसके यसैमा म खुसी छु ।’

देशकै चर्चित खेलाडी नवयुग श्रेष्ठ समेत आफ्नै विद्यार्थी भएको सम्झना गर्दै उनले हालका जिल्ला शिक्षा कार्यालय इलामका प्रमुख टंक गौतमलाई समेत पढाएको वताए । उनले भने-‘नवयुग श्रेष्ठ अनी जिशिअलाई समेत मैले नै पढाएको हुँ ।’ इलाममा नै काम गरिरहेका शिक्षक महासंघ इलामका अध्यक्ष पूर्णप्रसाद गौतम अनी महेन्द्ररत्न बहुमुखी क्याम्पसका प्राध्यापक राजेन्द्र बरालको समेत नाम लिँदै खनालले उनीहरुलाई समेत शिक्षा दिन पाएकोमा खुसी ब्यक्त गरे ।

हाल भानुभक्त माविकै बिद्यालय ब्यवस्थापन अध्यक्ष कृष्णराज बराल, पूर्व विद्यालय व्वस्थापन समिति अध्यक्ष दिलिप श्रेष्ठ लगायत समेत आफ्नै चेलाहरु रहेको खनालको भनाई छ । उनीहरु मात्र हैन खनालले शिक्षा दिएका धेरै ब्यक्तिहरु देशका चर्चित कलाकार, सञ्चारकर्मी, राजनितिज्ञ, डाक्टर, पाइलट, इञ्जिनियर समेत बनीसके ।

नेपाली विषय अध्यापन गराउने शिक्षक खनाल कतै मञ्चमा भाषण गर्दा समेत साहित्यबाट नै सुरु गर्छन् अनी साहित्यबाट नै टुङ्ग्याउने प्रयास गर्छन् । हालका बिब्यस अध्यक्ष कृष्णराज बरालले समेत खनाल बिद्यालयमा रहँदा बिद्यालयको शैक्षिक गुण्स्तर नखच्किएको वताए । लामो समयको अनुभव बटुलेका खनाल मिलनसार अनी सकारात्मक पक्षलाई जोड दिने शिक्षकको रुपमा आफूले लिएको अध्यक्ष बरालको भनाई छ । धेरैलाई शिक्षाको उज्यालो ज्योती छरेर अवकाश लिएका शिक्षक खनालको बाँकी जिवन सुखमय वितोस शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार