स्रष्टा सम्मान र जन्मजयन्ती

Image may contain: 7 people, people sitting

नयाँ बुलन्द

इलाम : कवि शिरोमणी लेखनाथ पौडेलको १ सय ३३ औ जन्मजयन्ती तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै इलाममा शनिवार साहित्यिक कार्यक्रम सम्पन्न भएको छ ।

विश्व नारी नेपाली साहित्य सम्मेलन इलामको आयोजनामा सम्पन्न कार्यक्रम एक संस्था सहित ५ जना सामाजिक तथा साहित्यिक स्रष्टालाई समेत सम्मान गरिएको छ ।

साहित्य सम्मेलन इलाममा सम्मान प्राप्त गर्ने संस्था सुनगाभा विकास संस्था इलाम रहेको छ भने स्रष्टाहरु विमल वैद्य, राम दियाली, जीवनहरी शर्मा, धर्मप्रसाद दहाल र टिका आत्रेय रहेका छन । विश्व नारी नेपाली साहित्य सम्मेलनलाई सदैब संस्थागत सहयोग गर्ने भएकाले सुनगाभा विकास संस्था इलामलाई सहयोग गरिएको आयोजक संस्थाकी सचिव रिता पोख्रेलले बताईन् ।

गंगाराम अधिकारी खोलाघरे साईलाका प्रमुख अथित्यतामा सम्पन्न लेखनाथ जयन्ती तथा स्रष्टा सम्मान कार्यक्रममा कवि तथा गजलकारहरु नविन प्रचिन, विमल बैद्य, सोम निरोला, पवित्रा घिमिरे, जीतेन मुस्कान, जयनारायण भट्टराई, चेतन अञ्जान, दिपक चन्द्र भट्टराई, सन्धी भक्त शंकर, बाबु बलिन्द्र, जीवनहरी शर्मा लगायतले पौडेलको संझना गरेका थिए ।

कार्यक्रममा साहित्यिकारहरु केशबहादुर राई, विमल बैद्य, राम दियाली, धर्म दहाल, जीवनहरी शर्मा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष प्रतिभा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार