
झापा : सबिन तुम्बाहाङ्फेको चर्चित लाटो पहाड (के:वा को:मा) फिल्म मङलबार झापाको शिवसतासिमा प्रदर्शन गरिएको छ ।
सेहोनाम्लाङ फिल्म प्राली को प्रस्तुति रहेको फिल्म रबि सेर्माले निर्देशन गरेको छ्न। प्रबिन पङ्धाक, सबिन तुम्बाहाङ्फे, यासेली योङ्हाङ, अर्जुन बेघालगायत कलाकार ले अभिनय गरेको फिल्मलाई लेखक उपेन्द्र सुब्बा लेखेका हुन भने साम्सद आइन्द सुन्दर नेम्बाङ्ले निर्माण गरेका हुन ।
भवानी किक्रम तुम्बाहाङ्फेको सङ्गीत रहेको फिल्म बिमल ढकालले खिचेका हुन। पान्थरको आङ्साराङमा छायांकन गरिको के:वा को:मा फिल्मले पब्लिक चोइस अवार्ड समेत पाइसकेको छ।
लिम्बु विद्यार्थी प्रथम अन्तर्राष्ट्रिय महासम्मेलन सहयोगार्थ फिल्म प्रदर्शन गरिएको मन्चका केन्द्रिय सदस्य बिक्रम सेर्माले जनाए । महासम्मेलन झापाको दमकमा कार्तिक २,३,४ गते प्रधानमन्त्री पुस्पकमल दाहाल को प्रमुख आथित्व हुदैछ ।


















































