
राेङ : इलाम काे राेङ ६ रम्भ्याङ स्थित पर्यटकीय स्थल झण्डि डाडा काे पर्यटन प्रवर्दन गर्न झण्डि डाडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएकाे छ ।
रम्भ्याङ काे धजे भञ्ज्याङ मा ६ नम्बर वडा कार्यालय द्वारा आज आयाेजित एक भेला ले स्थानीय अगुवा डम्बर बहादुर राई काे अध्यक्षता मा समिति गठन गरिएकाे हाे ।
नव गठित समिति काे सदस्य सचिव रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानिय उध्याेग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका पणरतिनिधि डुकिमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेम कुमारी खड्का चयन भएका छन ।
समिति ले झण्डि डाडा पर्यटन काे प्रवर्दन र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटन लगायत लाई अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राई ले बताए ।
भेला रम्भ्याङ सामुदायिक बन उपभाेक्ता समिति का अध्यक्ष आशिस प्रधान काे अध्यक्षता र वडा अध्यक्ष सत्यम राई चाैरासे काे प्रमुख आतिथ्य मा सम्पन्न भएकाे थियाे ।



















































