हुनत नेपाल सरकारले गत मार्च (सन् २०२३) देखि नेपालमा घुम्न आएका विदेशी पर्यटकहरुका साथ अनिवार्य रुपमा गाइड वा पोर्टर लानैपर्ने भनी सूचना जारी गरेको थियो । तर तत्कालै सरकारले राजपत्रमा सूचना निकालेर कानुनसरह लागू गराउन सकेन । त्यस कार्यमा संभवतः नेपाली पर्यटन क्षेत्रका अगुवाहरुका साथै टे्रकिङ एजेन्सी खोलेर त्यसैलाई पेशा बनाएर गरिखाने व्यवसायीहरु एवम् ट्रेकिङ मजदुरहरु (खास गरिकन ट्रेकिङहरुको संस्था) ले पनि ध्यान दिएनन्, कि, दवाव दिएनन् कि, ‘नेपालमा घुम्न आएका विदेशी पर्यटकहरुका साथ अनिवार्य रुपमा गाइड वा पोर्टर लानैपर्ने भन्ने सम्बन्धमा नेपाल सरकारको पर्यटन सम्बन्धी नीति, कार्यनीति, ऐन, कानुन, कार्यविधि आदिमै व्यवस्था गरिनु पर्छ भनेर…
हुन पनि तत्कालै सरकारले राजपत्रमा सूचना निकालेर कानुनसरह लागू गराउन नगरेको अथवा लागू गराउन नसकेको हुनाले नै होला, त्यस कार्यमा संभवतः गत वर्ष लागू भएको अनिवार्य लागू गरिएको भनिएको ‘गाईड-पोर्टर’ (विदेशी पर्यटकले आपूm पद यात्रामा गएको ठाउँ-क्षेत्रमा एक जना भरिया-पद प्रदर्शक) नीति बीचमैमा तुहिन पुग्यो । वास्तवमा नेपालीहरुले पाउने रोजगारी र विदेशी पर्यटकको सुरक्षाका लागि पनि नेपालमा कम्तिमा पनि ‘एक विदेशी पर्यटक, एक नेपाली’को नीति लागू गर्नैपर्ने देखिन्छ । तर नेपालमा यस्तो नीति लागू गर्न नदिन नेपालस्थित विदेशी राजदूतावास, कूटनैतिक नियोग, दातृ निकाय, आईएनजिओ र एनजिओहरु अनि केही व्यक्तिहरु विगत लामो समयदेखि लागी परेका थिए, छन् । फलतः गत वर्ष लागू भएको अनिवार्य लागू गरिएको भनिएको ‘गाईड-पोर्टर’ (विदेशी पर्यटकले आपूm पद यात्रामा गएको ठाउँ-क्षेत्रमा एक जना ‘भरिया-पद प्रदर्शक’ ) नीति बीचमैमा तुहिन पुग्यो । जुन माग पर्यटन व्यवसायीहरुका साथै पर्यटन मजदुरहरुले पनि विगत लामो समयदेखि राख्दै आएका थिए । यसरी हेर्दा नेपालमा कम्तिमा पनि ‘एक विदेशी पर्यटक, एक नेपाली’को नीति लागू गर्न नदिन नेपालस्थित विदेशी राजदूतावास, कूटनैतिक नियोग, दातृ निकाय, आईएनजिओ र एनजिओहरु अनि केही व्यक्तिहरु सक्रिय र सफल भएपछि नेपालको विभिन्न क्षेत्रमा पदयात्रा गर्न जान चाहने विदेशी पर्यटकहरु गएको भदौ, असोज, कत्तिक महिनाको सिजनदेखि नै आपूm खुसी पदयात्रा गर्न जाने थाले ।
फल स्वरुप गत पौष १४ गते कास्की जिल्लामा पर्ने मार्दी हिमाल क्षेत्रमा ट्रेकिङ गर्न गएका स्कान्डेनभियन (उत्तर-पश्चिम युरोप) देश स्विडेनका एक पर्यटक जसको नाम मिसेल हो, हराएका छन् । समाचारअनुसार ती स्विडेनी पर्यटक मार्दी हिमालको हाई क्याम्पतर्पm लागेका थिए । माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग लिने (पर्यटक शुल्क तिर्ने) फिर्ममा नाम उल्लेख भएको हुनाले उनको पहिचान (नाम र वतन) खुलेको छ । त्यस्तै तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिकाको डुम्रे बजारबाट पनि गएको पौष १३ का दिन उत्तर अमेरिकी महादेश क्यानडाका किल्क मिल्हाउसेन नामक पर्यटक हराएका छन् । समाचार अनुसार उनी हराएको त्यो वेल नै तीन दिन भई सकेको थियो । स्मरणीय छ, यी दुबै जना विदेशी पर्यटक भेटिए, नभेटिएको के कसो हो ? सो सम्बन्धमा अर्को समाचार आएको छैन ।
जे होस्, यो लेख नेपाल घुम्न आएर हराएका विदेशी पर्यटकका बारेमा लेखिने हुनाले त्यतैतर्पm लागौं । नेपालमा घुम्न आएर हराएका विदेशी पर्यटकका सम्बन्धमा भन्नु पर्दा २०३७ चैतमा गोरखापत्र दैनिकमा प्रकाशित सूचनासम्म पुग्नुपर्ने हुन्छ । सो वेला गोरखापत्र दैनिकमा प्रकाशित एक सूचनाअनुसार तत्कालीन पश्चिम जर्मनीका पर्यटक जोडीद्यय ओल्फगाग-हेनरिक सोही सालको कात्तिकमा पोखरा-जोमसोम-साल्दाङ-छर्काभोट-दुनै-ढोरपाटन-पोखरा निक्लने गरी गएकोमा ७ महिना बिति सक्दा पनि उनीहरु सम्पर्कमा नआएपछि खोजी गर्दा छर्का गाउँमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुलाई स्थानीय केही व्यक्तिहरुले पैसा र सरसामानको लोभमा हत्या गरेका थिए । अचम्म चाहिँ के थियो भने, तत्कालीन श्री ५ को सरकारले माथिल्लो डोल्पामा विदेशीलाई भ्रमण गर्न वन्देज लगाएको अवस्था थियो । अर्थात् नेपालका केही हिमाली जिल्लाहरु भैmँ डोल्पा जिल्ला पनि विदेशीहरुका लागि प्रतिवन्धित थियो । जबकि ओल्फगाग त त्यसअघि पनि उक्त क्षेत्रको भ्रमणमा गएको भनी ती दुईको लास भेटिएपछि गोरखापत्र दैनिकमै २०३८ वैशाख १८ गते प्रकाशित समाचारमा जनाइएको छ ।
हराएकै पर्यटकको कुरो गर्दा विसं २०६० मा पनि श्रीलंकाली मूलका बेलायती पर्यटक एलेक्स रत्नासोथी जिरी हुँदै खुम्बु जाने क्रममा खरिखोलामा लुटिएपछि अरुण-भ्यालीतर्पm लागेका थिए, लामो समयसम्म उनी सम्पर्कमा नआएपछि उनकी दिदी एना बेलायतबाट नेपाल आई खोजी कार्यमा लागेकी थिइन । तर उनी भेटिए-नभेटिएको बारेमा कतै समाचार छापिएन । उता राजधानी काठमाण्डौको मुटुमै रहेको रानीवनमा पनि विसं २०६२ मा फ्रेन्च र जर्मन महिलाद्घय सेलिन र, ग्रुन्ची महिनौसम्म हराएका थिए । फ्रेन्च दूतावासले खोजी गर्दा सेलीको ब्रा र स्वेटर रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । त्यस्तै ग्रुन्चीको खोजीका लागि पनि उनका केटा साथी र बहिनी जर्मनीबाट नेपाल आएका थिए । केही समयपछि जर्मन महिलाको पनि उही हालतमा कंकाल मात्रै भेटिएको थियो । यसरी नेपाल घुम्न आएका विदेशी पर्यटक हराएको कुरो गर्दा विसं २०६४ भदौमा पनि पोखराको ड्याम साइडबाट एक जना जापानीज पर्यटक हराएका थिए । त्यसरी नेपाल घुम्न आएका आप्mना छोरो हराएपछि उनका बुवा जापानबाट आप्mना छोरोको खोजीमा आएका थिए । ती जापानीजले आप्mनो छोरोको सास वा लासको लागि एक लाख पुरस्कार दिने घोषणा पनि गरेका थिए । तर, ती हराएका जापानीज पर्यटक भेटिए-नभेटिएको अत्तोपत्तो भएन । अर्थात् त्यसपछि हराएका जापानीज पर्यटकबारे कुनै समाचार प्रकाशित भएन ।
त्यसैले त नेपाल घुम्न आउने विदेशी पर्यटकहरु थर्ड-क्लसका अथवा ‘ब्याग-प्याकर’ नै भए तापनि, ‘मक्खि-चुस’ नै (चल्तीको भाषामा झोले पर्यटक) भए तापनि उनीहरुको व्यक्तिगत सुरक्षाका लागि पनि ‘एक पर्यटक, एक नेपाली’को नीति लागू गर्नुपर्ने देखिन्छ । यसो किन गर्ने ? किनकि नेपालको भूगोल पर्यटकका लागि अनुकूल नभएर प्रतिकूल नै छ । त्यसैले उनीहरुले अलिकति बढी खर्च गर्दा सुरक्षित हुन्छन् भने थोरै खर्च बढाउन किन कन्जुस्याईँ गर्ने ? यसो गर्दा पदयात्रा गाईडहरु जो दक्षता हासिल गरेर पनि बेरोजगार भएर बसेका छन्, उनीहरुले रोजगारी पाउने कुरो पनि जोडिएको छ । भनिन्छ, भुटान र चीनले बिना गाईड विदेशी पर्यटक हिँड्न पाउने नीति-नियम सफलता पूर्वक लागू गरेका छन् । उता सन् २०१२ को अक्टोबर सिजनमा अन्नपूणर् क्षेत्रको तिलिचो हिमाल गएका इरानी पर्यटक डाक्टर वाहिद बाहेलो पनि हराएर । सो सिजनमा उनको लास नभए पनि कपडा, जुत्ता अथवा कुनै पनि चिन्ह भेट्टाउने वा देख्नेले खबर गरेमा ३,००० (तीनहजार) अमेरिकी डलर पुरस्कार दिने भन्दै उनकी श्रीमती साजिदा हमार्दीले म्याग्दीभन्दा माथिको क्षेत्रमा ठाउंँठाउँंमा आप्mनो श्रीमानको फोटासहितको पर्चा बांँड्दै/टाँस्दै हिँडेकी थिइन । तर, त्यसरी खोजी कार्यका लागि लागीपरेकी साजिदा हमार्दीले अन्तमा रित्तो हात नै पर्किनु परेको थियो । त्यस्तै सन् २०१६ को नोभेम्बरमा लाङटाङ क्षेत्रमा घुम्न गएका दुई विदेशी (एक कोरियन र एक डच-नेदरल्यान्डका) पर्यटक पनि हराएका थिए । उनीहरु पनि भेटिएको, नभेटिएको अत्तोपत्तो भएन । कारण उनीहरु हराएको समाचार आए पनि भेटिए, नभेटिएको समाचार आएन । उता सन् सन् २०१७ मा पनि रुवी भ्याली (गणेश हिमाल क्षेत्र) मा आपूm खुसी (गाइड वा भरिया नलगी) घुम्न गएका दुई जना ताइवानी जोडीमध्ये एक जना (महिला) बाटोमा चिप्लिएर खसेपछि संभवतः धेरै दिनको भोक र तिर्खाले मरे भने पुरुषलाई लगभग एक महिनापछि मर्नु न बाँच्नुको हालतमा उद्धार गरिएको थियो