सगरमाथाः उचाइ, नाम र हाम्रो शान !

  निनाम लोवात्ती
84 Shares

नेपाल हिमालको खानी नै हो । हुन पनि नेपालमा आठहजार मिटरभन्दा माथिका हिमाल आठ वटा छन् । त्यस्तै गरेर सातहजार पाँचसय मिटरसम्मका हिमाल चालीस वटा छन् भने ६ हजार मिटरदेखि सातहजार पाँचसय मिटर उचाई भएका १२ सय ५३ वटा हिमाल रहेका छन् । त्यस्तै गरेर पाँच हजार पाँचसय मिटरदेखि ६ हजार मिटर अग्लाहरु त अनगिन्ती रहेका छन् । (स्रोतः नेपाल पर्वत २०११ को अक्टोबर अंक) । त्यस्तै समुन्द्र सतहदेखि नाप्दा अहिलेसम्मको विश्वकै अग्लो हिम शिखर पनि सगरमाथा पनि सौभाग्यवश हामै्र देश नेपालमा रहेको छ । खासमा चाहिँ सगरमाथा हिमाललाई पर्वतारोहीहरुमाझ एभरेस्ट भनेर बढी चिनिन्छ । जुन हिमालको आदि-अनादि कालदेखि रहँदै आएको नाम भने, ‘चोमोलुङमा’ हो । खैर यो प्रसंगलाई यही छाडौं ।

हालसम्म सगरमाथा सन् २०२३ को स्प्रिङ सिजन (विसं २०८० को वैसाखजेठ) सम्ममा विश्वका ५,८९९ जना क्लाईन्ट (पैसा तिरेर सगरमाथा आरोहण गर्न आएका विदेशी र्पातारोही र ६,०९७ जना शेर्पा (पैसा तिरेर सगरमाथा आरोहण गर्न आएका विदेशी पर्वतारोहीले भाडामा लिएका वा भनौं सहयोगीका रुपमा लिएका शेर्र्पा गरेर ११,९९६ पटक सगरमाथा हिमालको सफलता पूर्वक आरोहण भएको छ । तथ्यांक स्रोतः अमेरिकी पर्वतारोही तथा पर्वतारोहण प्रशिक्षक अलान-एलेन आर्नेट्टेको ब्लग/गुगल अर्थ ।

तर सगरमाथा हिमालको पुरानो उचाइ (८,८४८ मिटर) का सम्बन्धमा तल-माथि भएको, खास गरेर उचाइ बढेको भन्ने धेरै पहिलेदेखि नै विदेशी पर्वतारोही तथा केही अध्ययनकर्ताहरुले दावी गर्दै आएका थिए । त्यसैले विसं २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाण्डौ उपत्यका लगायत केही ठाउँमा केही सेन्टीमिटर भए पनि उचाई बढेको पाईएपछि सगरमाथा हिमालको पनि उचाई थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाई लिनुपर्ने माग त्यही वेला उठ्यो । त्यसपछि नेपाल सरकारले ‘सगरमाथा’ को नयाँ उचाई पत्ता लगाउनका लागि भनेर तत्कालीन भूमिसुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई जिम्मा दियो । त्यसपछि नापी विभागका कर्मचारीहरुले सिपालु पर्वतारोही टोलीसहित विस्तृतमा अध्ययन गरेर निचोड निकाले । विस्तृत अध्ययनको सो निचोडलाई प्रतिवेदनका रुपमा नेपाल सरकारलाई बुझाएपछि नेपाल सरकारले २३ मंसिर, २०७७ मा ‘सगरमाथा’ को नयाँ उचाईको घोषणा गर्यो । स्मरण रहोस्, सगरमाथाको नयाँ उचाइ घोषणा गर्ने कार्यक्रमलाई नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा गरेको थियो । नेपाल र चीनको सो संयुक्त घोषणाअनुसार अब ‘सगरमाथा’ को नयाँ उचाई ८,८४८.८६ सेन्टीमिटर कायम रहेको छ । यसअघि चाहिँ नेपाल सरकारले ८,८४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाइ मान्दै आएको थियो भने, चीन सरकारले चाहिँ ८,८४४.४३ सेन्टी मिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै गरेर अमेरिका, इटली, स्वीट्जरल्यान्ड आदि देशले भने, सगरमाथाको उचाई आठहजार आठसय ५० मिटर रहेको भन्दै मान्दै आएको अवस्था रहेको थियो ।

यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाईबारे लेख्ने प्रयास गरिएको छ । ऊ वेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड-पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्सेलगायत अन्य हिमालहरु अलग्गै हुन् भन्ने पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका पर्वतारोहीहरु र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले चाहिँ ‘चोमोलुङमा’ भनी लेखेको/बोलेको पाईन्छ/देखिन्छ । स्मरणीय छ, सन् १८५६ मा बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम -‘माउन्ट एभरेस्ट’ राखिएको थियो । सो वेला सर जर्ज एभरेस्ट भने आप्mनो सेवा अवधि सकेर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए । उनले सन् १८२३-१८४३ सम्म भारतको नाप-नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिईएको हो ।

त्यस्तै ‘सगरमाथा’को उचाईका सम्बन्धमा पनि सुरु-सुरुमा एक रुपता थिएन । कहिले आठहजार आठसय ८८ मिटर, कहिले आठहजार आठसय ४० मिटर, कहिले आठहजार आठसय ५० मिटर, कहिले आठहजार आठसय ७२ मिटर, कहिले आठहजार आठसय ४४.४३ मिटर, कहिले आठहजार आठसय ४८ मिटर आदि भनी प्रचारमा ल्याईने गरिन्थ्यो । यस्तो काम बढी जसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका थिए । नेपालले आधिकारिक मान्दै आएको उचाई आठहजार आठसय ४८ मिटर जुन थियो, त्यो उचाई सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधारमा निकालिएको उचाई थियो । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा गत वर्षसम्म पनि आठहजार आठसय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि नेपाल र चीन दुवै देशको ‘भद्र सहमति !’ मा सगरमाथाको नयाँ उचाई आठहजार आठसय ४८.८६ सेन्टीमिटर कायम भएको छ । यसले गर्दा अबका दिनमा चीन तर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई चीन सरकारले दिने प्रमाणपत्रमा पनि ‘आठहजार आठसय ४८.८६ मिटर’ नै कायम होला भन्ने आशा गर्न सकिन्छ । सर्व प्रथम सन् १८५२ मा सगरमाथाको उचाई आठ हजार ४० मिटर मानिएको थियो । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरु) र देशै पिच्छे सगरमाथाको उचाई फरक-फरक मान्न थालियो । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा त सगरमाथाको उचाई आठहजार ७२ मिटर लेखिएको छ । त्यस्तै एक पे्रmन्च जोडीले लेखेको एक किताबमा सगमाथाको उचाई आठहजार आठसय ४२ मिटर मात्रै लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३४ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यु जिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमण्ड पर्सिभल हिलारीले प्रथम मानवका रुपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए,् । त्यसअघि सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु/सन्दकपुर (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरुले पनि विगतका आरोही दलहरुले जस्तै सफलता पाउन सकेनन् । सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पm बाटै एकै वर्षमा दुईपटसम्मक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूणर् रुपमा सफलता पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा आठहजार पाँचसय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठहजार १६ मिटरको उचाईसम्म पुग्न सफल भएका थिए । संभवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाईसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोही टोली नै थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार