इलाम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

  नयाँ बुलन्द
35 Shares

 

इलाम : इलाम नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८० सुरु भएको छ । इलाम नगरपालिका शिक्षा तथा खेलकुद शाखाले आयोजना गरेको तीनदिने प्रतियोगिताको नगरप्रमुख केदार थापाले उद्घाटन गरे ।

नगरप्रमुख थापाले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्दै इलाम नगरपालिकाका विद्यार्थीलाई यहाँका विद्यालयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने दक्ष खेलाडी जन्माउने उद्देश्यले खेलकुदको विकासमा लागिरहेको बताए ।

इलाम सदरमुकामको ठूलो टुढिखेलमा मगलबार बाट प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा  छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड, उफ्रने र फ्याँक्ने तथा मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु खेल संचालन हुनेछन् ।

 

यहाँबाट उत्कृष्ट भएका खेलाडीलाई जिल्लास्तरीय प्रतियोगितामा समावेश गराइने छ । यस वर्ष जिल्लास्तरीय प्रतियोगिता माङसेबुङ गाउँपालिकामा संचालन हुनेछ । कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत गणेश कुमार खड्का ,शिक्षा शाखा प्रमुख राधिका घिमिरे , बिभिन्न वडाका वडा अध्यक्ष सहित बिध्यालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार