‘पत्रमित्रता’ पछिको विवाहः एक सम्झना

  निनाम लोवात्ती
175 Shares

निनाम लोवात्ती

समय-क्रममा आएको चेतनासँगै मानिसले आप्mनो गण, वंश, जाति, थर आदिको ‘बायो-डाटा !’ राख्ने उदेश्यले साल, वर्ष, संवत्, संवत्सर, काल गणनालाई क्रमबद्ध ढंगले राख्न थाले कि !? भन्न सकिन्छ । जे भए तापनि हाम्रा पूर्खाहरुले सुरु गरेको यो कामलाई हामीले सकारातमक ढंगले लिनुपर्ने हुन्छ । हाम्रा अग्रज पिता-पूर्खाहरुले आप्mनो गण, वंश, जाति, थर आदिको ‘बायो-डाटा !’ राख्ने प्रचलन सुरु नगरेको भए संभवतः इतिहासमा हामी मानव जातिको नाम-निशाना नै रहने थिएन कि ?

माथिको गन्थन-मन्थनलाई छाडेर हामीले साल, वर्ष, संवत्, संवत्सर, काल गणना फेरिएको दिनलाई मान्ने गरिएको ह्याप्पी न्यु इयर, न्यु इयर ईभ’, ‘नयाँ वर्षको शुभकामना’, ‘न्हूँ दया भिन्तुना’, ‘नीङ दोङ क पी शुभकामना छुये/छुवे’ (कुलुङ भाषामा) ‘ह्याप्पी ल्होसार’, ‘ह्याप्पी माघे सक्रान्ती’ भन्दै नयाँ वर्ष मान्ने गरिन्छ । हुनत आजभोलि सूचना, सञ्चार र प्रविधिले अचाक्ली फड्को मारेको हुनाले आजको जमानामा ऊ वेलाको जस्तो हातैले कागजमा लेखे जसलाई चिठीपत्र र हवाईपत्र भन्ने प्रचलन थियो । तर अहिले त त्यसरी चिठीपत्र, हवाईपत्र लेखेर अथवा पोस्ड कार्डमा शुभकामना सन्देश लेखेर आप्mनो सनदेश पठाउने प्रचलन हराई सकेको अवस्था छ । हुनत अहिलेका नयाँ पुस्तामध्ये केहीलाई ‘पेन-पल’सम्मचाहिँ थाहा होला कि ? ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’ त उनीहरुलाई के थाहा होला, कसरी थाहा होला र ? त्यसैले त अहिलेका पुस्ताले हाम्रा पालामा चिठीपत्र, हवाईपत्र र विभिन्न खाले पोस्ट कार्डमा सन्देश लेखेर शुभकामना पठाउने गरिन्थ्यो भनी कुरो गर्यो भने ए…? त्यस्तो जमाना पनि थियो र ? भनी आश्चार्य मान्ने गर्छन्, प्रश्न गर्ने गर्छन् ।

खासगरी नयाँ वर्ष, दसैं, तिहार (दीपावली) का साथै अन्य चाडपर्वहरु र, आपूmसँग ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’ गर्ने साथीभाइको जन्म मिति थाहा पाएमा उनीहरुको जन्म दिनको अवसरमा शुभकामना दिने प्रचलन रहेको थियो । पोस्ट कार्डमा नयाँ वर्ष, दसैं, तिहार (दीपावली) का साथै अन्य चाडपर्वहरु र, आपूmसँग ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’ गर्ने साथीभाइको जन्म मिति थाहा पाएमा उनीहरुको जन्म दिनको अवसरमा शुभकामना दिनका लागि त्यो वेला भारतीय चलचित्रका नायक नायिकाको पोस्ट कार्ड नै बढी प्रयोगमा ल्याईने प्रचलनमा रहेको थियो भने कताकती नेपालको सगरमाथा (चोमोलुङमा), धौलागिरि, कञ्चनजंघा, ल्होत्से, अन्नपूणर् प्रथम, गौरीशंकर, मकालु, नीलगिरि, माछापुच्छ्रे आदि हिमालका साथै पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, बौद्ध चैत्य, स्वयम्भु चैत्य, पाटन सहर, लुम्बिनीको अशोक स्तम्भ, भक्तपुर सहर, गुलाब (गुलाफ) को पूmल, परेवा आदिको तस्बीर भएको पोस्ट कार्डमा शुभकामना सन्देश लेखेर पठाउने गरिन्थ्यो ।

तर आजभोलि त जमाना अर्कै आएको छ । त्यसैले नयाँ वर्ष, दसैं, तिहार (दीपावली) का साथै अन्य चाडपर्वहरु र, आपूmसँग ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’ गर्ने साथीभाइको जन्म मिति थाहा पाएमा उनीहरुको जन्म दिनको अवसरमा ‘पत्रमित्र’ वा आपूmसँग ‘पत्रमित्रता’ गर्ने साथीभाइको जन्म दिनमा पोस्ट कार्डमा लेखेर शुभकामना सन्देश पठाउनेहरु विरलै मात्रै होलान् ? किनकि जमाना फेरिएसँगै मोबाइल नामक सानो भाँडो आएको जो छ । जसले गर्दा मोबाइल नामक सानो भाँडोबाटै शुभकामना शुभकामना सन्देश पठाउने (दिने) गरेका छन् । जसलाई ‘म्यासेज’ पनि भन्ने गरिन्छ । ‘देशअनुसारको वेश, कपालअनुसारको केश’ भनेभैmँ जमानाअनुसार आजभोलि अधिकांश मानिसहरुको हातहातमा मोबाइल नामक सानो भाँडो हुने भएकोले धेरै जसो मानिसहरुले त्यो सानो भाँडोभित्र रहेको सेवा सुविधाहरु जस्तै म्यासेन्जर, भाईबर, ईमो, ईन्स्टाग्राम, फेसबुक, च्याट, टिकटक, म्यासेन्जरका साथै प्रत्यक्ष कुराकानीबाटै शुभकामनादिने गरिन्छ । अझ त्यसभित्र पनि गु्रप च्याट र ग्रुप डिस्कन फोरम, सोसल नेटवर्क खोलेरै राष्ट्रिय विदा, नयाँ वर्ष, अन्य चाडबाड र विभिन्न सामाजिक कार्यको अवसरमा शुभकामना लिने-दिने चलन बढेको छ ।हेर्दाहेर्दै आजको जुग हिजोको जस्तो रहेन । हिजोको जुगमा कसैले कसैलाई कुनै अवसरमा चिठीपत्र लेखन, शुभकामना दिन वा कुनै सन्देश पठाउन अथवा खबर पठाउन हप्तौ अथवा महिनौंसम्म (ठाउँ र दूरीअनुसार) लाग्ने गथ्र्यो, आजको जुग त्यस्तो पटक्कै रहेन । त्यसको मुख्य कारण भनेको आजको जस्तो सूचना, सञ्चार र प्रविधिको जुगमा आएको सानो भाँडो अर्थात् मोबाइल (खासगरी स्क्रिन टच मोबाइल), ल्यापटप वा ट्याब्लेट अथवा डेस्कटप कम्प्युटर खोल्यो म्यासेन्जर बक्समा गयो, अनेक थरिका घरपालुवा तथा जंगली जनावर, पूmल, चरो, रुख, बिरुवा, खोलानाला, झिलीमिली बत्ती, दियो, माछा, हिमाल, अन्य चित्र, फलपूmल, कार्टुन, चित्र, मानिस तथा भूतको आकृति आदिको तस्बीर खोज्यो, एट्याच गर्यो, सेन्ड/सेन्ट गर्यो केही सेकेन्ड अथवा केही मिनेटमै खेल खत्तम हुन्छ ! टच स्क्रीन मोबाइल, ल्यापटप, ट्याब्लेट अथवा डेस्कटप कम्प्युटर नहुनेले पनि साधारण मोबाइलबाटै आप्mनो शुभकामना सन्देशलागयत अन्य कुनै पनि सन्देश, समाचार र खबर मुखले बोलेरै पठाउन/सुनाउन सक्ने जुग आएको छ । यसो भएपछि ऊ वेलाको जुग जस्तो न त आपूmले पठाएको सन्देश, समाचार र खबर कहिले पुग्ने हो वा नपुग्ने पो कि ? भन्ने चिन्ता लिईरहनु परेन । पुगिहाले पनि पहिलेको जुगमा जस्तौ हप्तौ, महिनौं दिन लाग्दैन । अहिले त आपूmले पठाउन चाहेको सन्देश, समाचार र खबर आपूmले पठाउन चाहेको कानमा तुरुन्तै पुगिहाल्छ । हो, त्यसैले त आजको जुगलाई ‘डिजिल जुग !’ भनिएको हो ।

त्यसैले आजका हाम्रा छोरा-छोरी, नाति-नातिना, पनाति-पनातिना…हरुले हाम्रा पालाका ती वाध्यता अथवा भनौं हाम्रा जमानामा पठाईने चिठीपत्र, समाचार वा सन्देशको तरिकाहरु, कुराकानी गर्ने तरिकाहरु बारे लेख्दा/भन्दा/सुनाउँदा पत्याउदैनन् ! तर हाम्रा पालामा त सञ्चार र सूचनाको माध्य तिनै चिठीपत्र, हवाईपत्र, पोस्ट कार्डहरु नै थिए । त्यसैले हाम्रा पालामा भएका ती प्रयोग सूचना र सञ्चारका माध्यहरु निर्विकल्प रेहेका थिए । त सही नै हो, वास्तविक नै हुन्, कुनै काल्पनिक कथा हालेर भनिएको वा लेखिएको मिथ होइन, हवाई कल्पनाको कथा पनि होइनन् । हुन पनि आजभोलिका केटाकेटीहरुले पत्याउन पनि कसरी ? किनभने हामीले पत्रमित्र गदाृ ताका आजका कतिपय केटाकेटीहरुले यो धरतीमा मानवका रुपमा पदापणर् गरेको थिएनन् । त्यो वेला जुन केटाकेटीहरुले मानवका रुपमा यो धरतीमा पदार्पण गरेका थिए, उनीहरु पनि बढीमा २/३ वर्षदेखि ५/६ वर्षका थिए होलन् । अहिलेका केटाकेटीको के कुरो गराई भो ? किनभने जन्मन पाएको छैन, स्क्रिन टच मोबाईल खेलाउन पाउँने ! यिनीहरु कति भाग्मानी ? खासमा सहर-बजारमा यो प्रविद्धि धेरै देखिन्छ । आप्mनो बच्चा ‘च्याँ…गर्यो कि, स्क्रीन टच मोबाइल खेलाउन दिईहाल्ने क्रम बढेको देखिन्छ । यसरी हेर्दा अहिलेका केटाकेटीहरु कति भाग्मानी छन् ? जन्मदै स्क्रीन टच मोबाइल खेलाउन थाल्छन् । भाग्यमा त लेखेरै आएका छन्, अहिलेका केटाकेटीहरुले ।

हाम्रो (मेरो) जमानामा त टाढाका साथीभाइ बनाउन मन लागेदेखि त्रैमासिक, द्धैमासिक, मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकामा आप्mनो अटो साइजको फोटासहित ‘पत्रमित्र’ का लागि ‘पत्रमित्र’ स्तम्भमा छपाउन पठाइन्थ्यो । यसरी अरुले आपूmलाई साथीभाइ बनाउन् भनेर वा आपूmलाई अरुहरुसँग साथीभाइ बन्न मन लागेमा पत्रमित्रका लागि लेखेर पठाईने त्रैमासिक, द्धैमासिक मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकामध्ये धेरै जसो पत्रपत्रिकाले थोरै शुल्क पनि लिन्थे भने, त्यसरी पठाईने ‘पत्रमित्र’ अनुरोधलाई केही पत्रपत्रिकाले सित्तैमा पनि छाप्ने गर्थे ।

रोचक कुरो के छ भने भने त्यसरी अरुले आपूmलाई साथीभाइ बनाउन् भनेर वा आपूmलाई अरुसँग साथीभाइ बन्न मन लागेर होस्, ‘त्रैमासिक, द्धैमासिक, मासिक, पाक्षिक, साप्ताहिक पत्रपत्रिकामा पठाईने ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’पछि चिठीपत्र र शुभकामना, सन्देश मात्रै आदानप्रदान नभएर कतिपयको जीवनसंंगी वा जीवनसंगिनीका रुपमा जोडिने माध्यम पनि हुन्थ्यो । त्यसको प्रत्यक्ष उदाहरण यो पंक्तिकार स्वयम् पनि हो । किनभने यो पंक्तिकारको तेह्रथुम जिल्लाको भए तापनि ‘पत्रमित्र’ वा ‘पत्रमित्रता’मार्पmत चिनजान भएका काठमाण्डौकी बिनु श्रेष्ठसँग भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार