रोमियो र विमला अभिनित गिती चलचित्र “सुनकेसरी” को छायाङकन ।

पछिल्लो समय व्यस्त तथा चर्चित मोडल विमला खजुम र युकेमा वस्दै आउनुभएका कलाकार रोमियो पंधाक लिम्बु अभिनित पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ ।

  टिआर सेनेहाङ
14 Shares

धरान,

पछिल्लो समय व्यस्त तथा चर्चित मोडल विमला खजुम र युकेमा वस्दै आउनुभएका कलाकार रोमियो पंधाक लिम्बु अभिनित पूर्वेली लोकभाकाको गित “सुनकेसरी” को म्यूजिक भिडियो छायाङकन सकिएको छ । चर्चित गायिका सुनिता थेगिम र समिर सिंगकको आवाजमा रहेको गितको म्यूजिक भिडियो पाँचथरको पर्यटकिय स्थल साधुटार र चोकमागुमा छायाङकन गरिएको । पत्रकार तथा गितकार टिआर सेनेहाङको शब्द,समिर सिंगकको संगित रहेको यस गितको म्यूजिक भिडियोमा रोमियो र विमलाको अलावा गितकार टिआर सेनेहाङ, निसाम तुम्बापो,आधुनिक देवान,सिता थेगिम,रविन नाल्बो,नुमा माबुहाङ लगायतको सहायक भूमिका रहेको छ ।

रोमियो फिल्म्ले निर्माण गरेको यस भिडियोमा सुमन लामाको क्यामेरा र कृष्ण सुवेदीको श्रृङगार र पछिल्लो समय व्यस्त निर्देशक देउकृष्ण लिंखा याक्खा (राई)को निर्देशन रहेको छ । समाजमा भएको घटनालाई भिडियो मार्फत यथार्थ चित्रण गर्न खोजिएको कथावस्तु समेटिएको यस फिल्मी भिडियो नयाँँ सालको बैशाखमा रिलिज गरिने तयारी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार