चतुरे गोलकप : चिबुवा र आयोजक सेमिफाइनल प्रवेश

फाइल तस्वीर

इलाम : इलामको माङ्सेबुङ ३ स्थित चतुरेमा जारी ‘माङसेबुङ-३ चतुरे गोलकप’ खुल्ला नकआउट फुटबल प्रतियोगितामा चिबुवा र आयोजक सेमिफाइनल प्रवेश गरेका छन् ।

बुधबार भएको क्वार्टरमा नमुना युवा क्लब मान्द्रे माङसेबुङ ३ लाई ५-१ गोल अन्तरमा पराजित गर्दै पीवाई फुटबल क्लब चिबुवा माङसेबुङ ३ ले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

त्यस्तै कुसुण्डे एफसी माङसेबुङ ६ लाई टाइब्रेकरमा पराजित गर्दै आयोजक पनि सेमिफाइनल प्रवेश गरेको हो ।

यसाअघि सिक्तेम्बा ‘ए’ र माङमालुङ एफसी सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

सेमिफाइनलको खेल बिहाबार हुनेछ ।

२०७९ को शुभदिपावलीको अवसरमा ‘माङसेबुङ-३ चतुरे गोलकप’ फुटबल प्रतियोगिता आयोजक समितिले आयोजना गरेको प्रतियोगितामा इलाम र पाँचथरका २८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको फाइनल शुक्रबार कात्तिकमा हुनेछ । प्रतियोगिताका विजेताले नगद ५० हजार ७९ र उपविजेताले ३० हजार ७९ रुपैयाँका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार