कसरी भयो, तेह्रथुम ढाकाको राजधानी ?

  निनाम लोवात्ती
126 Shares

निनाम लोवात्ती

माथिको शीर्षकले साँच्चै दक्षिण एसियाली दे्श बंगलादेशको राजधानी ढाकाले कसरी नेपालको एक जिल्ला तेह्रथुमको राजधाजनी हुने अवसर पायो/भयो ? भनी पककै पनि प्रश्न गर्न नसकिने होइन ।

तर, हालै राष्ट्रिय समाचार समिति (रासस) लाई उद्घृत गर्दै नेपालका विभिन्न पत्रपत्रिका, एफएम, रेडियो, टेलिभिजन, यु ट्युब आदि सञ्चारमाध्यमले दिएको समाचारका अनुसार अब नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुम पनि ‘ढाका उद्योग र ढाका कपडा’का लागि दोस्रो राजधानी घोषित भएको छ । भनिन्छ कि, यसअघि पश्चिम नेपालको पाल्पा जिल्लालाई ‘ढाका उद्योग र ढाका कपडा’का लागि राजधानी मानिने गरिन्थ्यो । अब आएर नेपालको अर्को एक जिल्ला तेह्रथुम जिल्लाले पनि ‘ढाका उद्योग र ढाका कपडा’का लागि दोस्रो राजधानी हुने सुनौलो मौका पाएको छ । माथि भनिएभैmँ हालसालै आएको समाचारअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवम् म्याङलुङ (भनिनुपर्ने खास र शुद्घ नामचाहिँ ‘मेयङ लुङ’ हो ।) नगरपालिकाले संयुक्त रुपमा एक कार्यक्रम गरेर तेह्रथुम जिल्लालाई ‘ढाकाको राजधानी’ दोस्रो घोषण गर्यो ।

हाल विश्वभरि नै चलेको ‘गो ग्रिन’, ‘गो नेचर’, ‘गो नेचुरल्ली’, ‘ब्याक टु नेचर’ आदिको नारा र नयाँ अभियानको चर्चा गर्दा मानिसहरुले आपूmले लगाउने लत्ता–कपडा, जुत्ता–चप्पल, पैसो बोक्ने ब्याग, बाहिर–फेर जाँदा बोक्ने ठूला झोला आदिका लागि पनि मान्छेहरुले हातले बुनेको ढाका कपडा, हातले बुनेको र अल्लो (सिस्नोको रेसा) बाट बनेको कपडा, गाँजाको बोक्राबाट बनेको झोला, जुत्ता, लुगा, हातले बुनेको राडीपाखी, खाँडी आदि लगाउने र प्रयोग गर्ने प्रचलन व्यापक रुपमा सुरु भएको छ । यो क्रम दिनदिनै बढ्दै गएको देखिन्छ ।

त्यसैले यहाँ अरु कुरो (अल्लो/सिस्नोको रेसा) बाट बनेको कपडा, हातले बुनेको राडीपाखी, खाँडी (आदि) लाई छाडेर ‘तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, इलाम, संखुवासभालगायत लिम्बुवान क्षेत्रमा ढाका’ भनेर चिनिने हातले बुनिने कपडा अर्थात् हाते तानबारे केही लेख्ने जमर्को गरिएको छ । हुन त परम्परादेखि नै लिम्बु जातिमा ‘थाका’ भनेर ढाकालाई चिनिन्छ । लिम्बु भाषामा ‘थाक थाक्मा’ तान बुन्नु/तान बुन्ने भन्ने अर्थमा ‘थाका’ हुँदै ‘ढाका’ भएको भए तापनि लिम्बु, कुलुङ लगायत प्रायः सबै किरातीहरुमा प्रचलनमा रहेको ढाका कपडा अलि अघिसम्म व्यापक रुपमा लगाईन्थ्यो । हुन पनि ‘पाल्पाली’ र ‘तेह्रथुमे’ ढाकालाई व्यवसायीक रुपमा नेपालभरि नै चिनिने गरिन्थ्यो । संभवतः ‘तेह्रथुमे ढाका’ उद्योगकी सञ्चालिका उज्वलता तुम्बाहाङफे लिम्बुले तेह्रथुममा ढाकालाई व्यवसायीक रुपमा सुरु गरिन् भन्न सकिन्छ, तेह्थुम जिल्लाको हकमा । उनले तेह्रथुम जिल्लाको सदरमुकाम मेयोङ लुङ बजारमा आजभन्दा झण्डै ३३/३४ व्र्षअघि ‘तेह्रथुमे ढाका’ उद्योग दर्ता गरेर/खोलेर ढाका उद्योग सुरु गरेकी थिइन् ।

उज्वलताका अनुसार उनको ढाका उद्योगमा काम गर्ने बुनकर मजदुरहरुलाई सकेसम्म राम्रो सेवा सुविधा दिइएको छ । हुन पनि केही वर्ष अघिसम्मको तथ्यांक हेर्दा तेह्रथुम जिल्लाबाट मात्रै ढाकाजन्य उत्पादन र लत्ता–कपडा २ करोड रुपैँयाभन्दा बढीको बिक्री हुने गरेको थियो अहिले त ३ करोडदेखि ३ करोड ५० लाखसम्मको ढाका कपडा र ढाकाजन्य उत्पादन तेह्रथुम जिल्लाबाट मात्रै बाहिर जाने अनुमान गर्न सकिन्छ । त्यसो त पाँचथर जिल्लाको थर्पु गाऊँ माईती भई ताप्लेजुङ जिल्लामा घरजम गरेकी र, हाल काठमाण्डठौको गोकर्णमा ढाका उद्योग खोलेर ढाका जन्य व्यवसाय गर्दै आएकी कल्पना योङहाङ लिम्बु पनि विसं २०६२/०६३ देखि नै ढाका कपडा र ढाकाजन्य उत्पादनमा लागी परेकी हुन् । अझ कल्पना त सुरुदेखि नै नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनलाई नेपालमा मात्रै नभएर विश्व बजारमा चिनाउने र बजार व्यवस्थापन गर्ने काममा पनि लागी परेकी छिन्/थिईन । यसका लागि उनले ‘द हाइल्यान्ड आर्ट’ नामक संस्था समेत दर्ता गरेकी छिन् । उनका अनुसार सुरुमा उनले १५ हजार लगानीमा नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन सुरु गरेकी थिइन । स्मरणीय के छ भने, यसरी नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादन, बजार प्रवद्र्धन र बिक्री गर्नका लागि उनले कुनै शो रुम, अफिस वा कार्यलय खोलेकी छैनन्, उनी यी सबै काम सामाजिक सञ्जाल फेसबुकबाटै गर्छिन ।

नेपाली ढाका कपडा र ढाकाजन्य उत्पादनहरुमा केके उत्पादन भई रहेका छन् त ? भनी प्रश्न गर्दा कल्पना भन्छिन् ‘टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, मेख्ली, कोट, दौरा, सुरुवाल, मफलर, पेटी, मेक्सी, बक्खु, जुत्ता, चप्पल, झोला आदि सरसमानहरु तयार हुन्छ । त्यसो त हाल अधिकांश नेपाली क्रेताहरु प्नि विदेशमा रहेका आफन्तहरुलाई कोशेली पठाउन र, आफै पनि सजाएर राख्न वा मेला, उत्सव तथा विभिन्न कार्यक्रमहरुमा लगाउनका लागि ढाका कपडा र ढाकाजन्य उत्पादनहरु किन्ने गरेका छन् । त्यस्तै लिम्बु लगायत आदिवासी जनजातिहरुले गीत–संगीतको भिडियो बनाउँदा, छोटो भिडियो फिल्म बनाउँदा, सिनेमा आदि सुटिङ गर्नका लागि कलाकारहरुले लगाउने डे्र्रस–अपका लागि चाहिने कपडा किन्न वा भाडामा लिने क्रेज पनि अहिले बढ्दो क्रममा रहेको एक ढाका व्यापारीको भनाइ छ । त्यस्तै नेपाल सरकारका कर्मचारी, सेना प्रहरी, सशस्त्र प्रहरी लगायत जिल्लाजिल्लामा घुमघाममा जाने/आउने आन्तरिक पर्यटकहरुले पनि कोशेलीको रुपमा टाई, साडी, सर्ट, टोपी, रुमाल, पर्स, चोलो, कुर्ता, सल, इस्टकोट, कोट, सुरुवाल, मफलर, मेख्ली, फेटा, पेटी आदि लाने गरेका छन् । त्यसो त, हाल जुनजुन देशमा लिम्बु समुदाय र समग्र नेपालीहरु पुगेका छन्, ती देशहरुमा पनि ढाका कपडा लगायत ढाकाजन्य उत्पादनहरु पुग्न थालेको छ । यसरी हेर्दा तेह्रथुम, पाँचथर, धनकुटा लगायत पूर्वी क्षेत्र र काठमाण्डौ, ललतिपुर, भक्तपुर लगायत जिल्लामा पनि नजानिँदो किसिमले थुप्रै ढाका उद्योगहरु खुलेर सञ्चालनमा आएको देखिन्छ भने कतिपय व्यक्तिगतहरुले पनि व्यक्तिगत रुपमा आ–आप्mनो घरमा तान लगाएर पनि ढाका बुन्ने क्रम बढ्दै गएको देखिन्छ । निश्चय नै यस्तो कार्यले व्यक्तिगत आय–आर्जन, आत्मनिर्भरता बढाएको छ भने, देशलाई पनि केही हदसम्म आय स्रोतको माध्य बढेको देखिन्छ ।

अन्तमा आप्mनै जिल्ला ‘तेह्रथुम जिल्ला’ ढाकाजन्य कपडा र ढाका उद्योगका लागि राजधानी घोषित भएकोमा सबै तेह्रथुमेहरुलाई भाग्य मानी ठान्नुपर्ने हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार