इलामलाई चिनाउन खेलकुदको महत्त्वपूर्ण भुमिका रहन्छ : मेयर थापा

  नयाँ बुलन्द
448 Shares

इलाम : इलाम नगरपालिकाका मेयर केदार थापाले नगरको बिकासमा खेलकुदको महत्त्वपूर्ण भुमिका रहेको बताएका छन । जिल्ला भलिबल संघ इलामको दोस्रो अधिबेशनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर थापाले यस्तो बताएका हुन । उनले सुसंस्कृत नगरका रूपमा इलामलाई विकास गर्ने अभियानमा खेलकुदको ठूलो महत्व हुन्छ त्यसैले नगरले खेलकुदलाई पनि प्राथमिकता साथ अगाडि बढाउने बताए ।

“कुनै पनि समाज, नगर र देशको विकासमा खेलकुदको भूमिका निकै ठूलो रहने गर्छ । विश्वका धेरै ठूला सहर र देशको पहिचान खेलकुदले बोकेका छन्,” मेयर थापाले भने, “खेलकुद कुनै पनि समाजको आर्थिक, सामाजिक, सांस्कृतिक विकासका लागि महत्वपूर्ण माध्यम हो । हामीले पनि खेलकुदको माध्यमबाट बिश्व भर इलाम चिनाउन सक्छौ ।

मेयर थापाले संघीय सरकार, प्रदेश सरकार र निजी क्षेत्रसँगको सहकार्यमा नगरभरी नै खेलकुदका पूर्वाधारहरू बनाएर नगरपालिकालाई खेलकुद नगरका रूपमा समेत स्थापित गर्न पहल गर्ने बताए ।

यता संघको दोस्रो अधिबेशनले प्रविन गुरुङको अध्यक्षतामा एघार  सदस्यिय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रविन राई र प्रकाश दुलाल ,महासचिवमा राजिव कडेंरिया र कोषाध्यक्षमा विपना कार्की रहेका छन । यस्तै  प्रदेश प्रतिनिधिमा राजकुमार खाती,योगेन्द्र सुवेदी चुनिए । यता जिल्ला सदस्यहरुमा गणेश  खतिवडा र सागर घिमिरे , असोक तिमिल्सिना र सिताराम बस्नेत चयन भएका हुन । अधिवेशनको उद्घाटन इलाम नगरपालिकाका प्रमुख केदार थापाले गरेका थिए  । कार्यक्रममा

भलिबल संघका केन्द्रिय सचिव मदन खड्का, प्रदेश नं. १ का महासचिव लेखनाथ शर्मा, इलाम नगर प्रवक्ता नुतनदेव दुलाल, इलाम नगर वडा नं. ८ वडाध्यक्ष दलमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार