बरु ‘राई’ भन्ने/मान्नेले ‘किरात’ भन्न नमिल्ला कि ?

  निनाम लोवात्ती
105 Shares

निनाम लोवात्ती

१३ अप्रिल सन् २०२२ मा ‘साल्पा अनलाइन’मा ज्ञान बायुङ ‘राई !’ ज्युको “ ‘राई’ नमान्नेले किन ‘किरात’ मान्ने ?” शीर्षकको लेख छापिएको थियो । हुन त ज्ञान राई ज्यु लगायत ‘राई !’ जाति नै हो भन्ने पक्षका विद्घान, लेखक, पत्रकार, अभिन्ताहरुले केकति कारणाले राई जाति नै हो ? वास्तविक तथ्य, तथ्यांक, आधार, प्रमाण बिना नै अन्टसन्ट लेख्ने, भन्ने र वकालत गर्ने गरेका छन् । यस मामिलामा राई जातिवालाहरुको आधिकारिक संस्था भनिने वा भनौं राई जातिको नाममा खुलेको ‘राई यायोक्खा’ नामक एनजिओ (समाजकल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड नम्बर–३२८/०४९/०५०) का प्रमुख भएका राई सर राईनी म्याडमहरुले समेत आप्mनो (राईको जात वा जाति हुने प्रमुख आधारहरु) अकाट्य प्रमाण, तथ्य–तथ्यांक, प्रमुख आधारसहित खुलस्त ढंगले तर्क गर्र्न, लेख्न, बोल्न, अन्तर्वार्ता दिन, वकालत गर्न, आप्mनो भनाइहरु राख्न सक्दैनन् । बरु त्यसको सट्टा एकलकाँटे ढंगले लिँडेढिपी गर्दै खालि ‘एक जाति राई, २४, २५, २६, २७, २८,…, भाषी राई !’ भन्ने एकोहोरो सुगा रटाई गर्छन् । हुन त हालसम्म राईको यति नै भाषा ? भनी कसैले पनि किटेर भन्न सकेका छैनन् है ! साथीभाइ हो । वास्तविक कुरो भनौं भने, पत्रकारिताको धर्म रमर्मअनुसार मेरो यो प्रति प्रश्न वा भनौं जवाफी लेख ‘साल्पा अनलाइन’ले नै प्रकाशित गर्नुपर्ने थियो, तर गरेन । त्यसैले ‘नयाँबुलन्द अनलाइन’ मा पठाएको छु । आशा छ, ‘नयाँबुलन्द अनलाइन’ले अवश्य पनि प्रकाशित गर्ने छ । त्यसो त ‘साल्पा अनलाइन’का सम्पादक विजय चाम्लिङ राई ज्यु केवल ‘साल्पा अनलाइन’का सम्पादक मात्रै नभएर ‘राजधानी दैनिक’ जस्तो दैनिक पत्रिकामा कार्यरत पत्रकार पनि हुनुहुन्छ । त्यसैले यो लेख पहिले त उहाँले नै प्रकाशित गर्नु होला भन्ने आशा र विश्वास लिएको थिएँ । तर,… ६/७ दिन बित्दा पनि प्रकाशित नगर्नु भएको हुनाले गर्दा….!?

ज्ञान बायुङ ‘राई !’ ज्यु जस्ता इतिहासकार, स्मरण रहोस्, उहाँको लेखको पुछारमा छापिएको चिनारीअनुसार । साथै पहिलेपहिले त ज्ञान राई ज्युको चिनारी मानवशास्त्री भनेर पनि दिने गरिन्थ्यो ।) विगतमा राई जात वा जाति नभए तापनि अब ‘राई !’ लाई जाति नै मान्नु पर्छ भनेर वकालत गर्ने माथि नै उल्लेखित राई यायोक्खा नामक एनजिओका अगुवा एवम् अभियन्ता र तिनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, (‘कोहीकोही त २९ वर्षसम्म !’ राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष भएँ तर, अध्यक्षचाहिँ हुन सकिन पनि भन्छन्) भएका राई सर/राईनी म्याडमहरुले जसरी ‘अन्ट न सन्ट !’, किनभने, भोलि गएर साँच्चै राई जाति हुने आधार खोज्दा वा वैज्ञानिक ढंगले अध्ययन–अनुसन्धान गर्दा आधार नभेटिने) लेख लेख्छन्, प्रिन्ट मिडिया र यु–ट्युब च्यानलहरुमा अन्तर्वार्ता दिन्छन्, फेसबुकमा स्टाटस् लेख्छन्, विभिन्न भनाइहरु राख्छन्, प्रचारप्रसार गर्छन् ।

यसो विचार गर्दा त्यहाँसम्म त ठीकै हो । किनभने, उनीहरुले आप्mनो व्यक्तिगत र आप्mनो संगठनका बारेमा प्रिन्ट मिडियामा लेख लेख्नू, रचना छाप्नू, समाचार छाप्नू र यु–ट्युब च्यानलमा अन्तर्वार्ता दिनू, फेसबुकमा स्टाटस् लेख्नू, विभिन्न भनाइहरु राख्नु, प्रचारप्रसार गर्नु सोह्रै आना मनासिव हो । त्यसैले फेरि पनि भन्नु पर्दा र यसो विचार गर्दा त्यहाँसम्म त ठीकै हो । त्यसैले सो बारेमा प्रतिक्रिया वा भनौं प्रस्टीकरण दिएर अथवा जवाफी लेख लेखेर बेकारमा आप्mनो अमूल्य समय किन खेर फालौं ?! जस्तो पनि लाग्छ । तर, अर्को सत्य र यथार्थ के पनि हो भने, केही राईवादी कामरेडहरुले चलाएको अनलाइनले किन हात धोएर कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरुका विरुद्घ प्रचार–युद्घमा लागेका छन्, किन प्रचारबाजीमा लागी रहेका छन् ? साथै उनीहरु (राईवादी व्यक्ति र संघ–संस्थाहरु) किराती महाजाति र किराती महाजातिभित्रका विभिन्न अगुवाहरुका विरुद्घ किन कन्धनी कसेर लागी रहेका छन् ? मूल प्रश्न यो हो । त्यस्तो कार्यमा लाग्नेहरुमा हाल ज्ञान बायुङ ‘राई !’ ज्यु हुनु हुन्छ भने, यस्तो कार्यमा केही वर्षअघि खुक्सङ खम्बू ‘राई !’ ज्यु पनि लाग्नु भएको थियो । तर, उहाँको हालसालै त्यसतो केही लेख वा भनाइ कतै पनि देखिएको छैन । अरु केही ‘राई !’ हरु पनि आ–आप्mनो क्षेत्रबाट राई जात वा जाति नै हो भन्ने स्थापित लागी पर्नु भएकै छ ।

तर, ‘राई !’ जातिका विद्घान र ‘राई !’ जातिवाला अगुवा एवम् अभियन्ता र तिनका अध्यक्ष, उपाध्यक्ष, महासचिव, स्मरण रहोस्, ‘कोहीकोही व्यक्तिले त २९ वर्षसम्म !’ राई यायोक्खाको केन्द्रीय उपाध्यक्ष भएँ, अध्यक्षचाहिँ हुन सकिन भन्छन् भनी माथि नै उल्लेख भई सकेको छ त्यसरी ‘मेजर फाइव पोस्ट’मा पुगेका ‘राई !’ सर र ‘राईनी !’ म्याडमहरुले राई जाति नै हो ! भन्ने गरी जसरी ‘अन्ट न सन्ट’ भोलि गएर राई जाति हुने आधार वैज्ञानिक ढंगले खोज्दा वा अध्ययन–अनुसन्धान गर्दा कुनै आधार नभेटिने दिउँसोको घाम जत्तिकै छर्लङ्ग हुँदाहुँदै किन लेख्छन्, किन अन्तर्वार्ता दिन्छन्, किन फेसबुकमा स्टाटस् लेख्छन्, किन अनेक भनाइहरु राख्छन्, प्रचारप्रसार गर्छन् ? मेरो भनाइ के हो भने, ‘राई !’ विद्घान र ‘राई !’ जातिवाला कामरेडहरुले त्यसरी लेख्ने, बोल्ने, अन्तर्वार्ता दिने, फेसबुकमा लेख्ने, अनेक भनाइहरु राख्ने, प्रचारप्रसार गर्ने क्रममा किन अनेक कू–तर्क गर्दै र, विसं २०५७/०५८ देखि जातीय स्वपहिचानका लागि लागी परेका कुलुङ समुदाय र कुलुङ समुदायका अगुवाहरुका विरुद्घ नंगा नाच नाच्दै प्रचारबाजीमा लाग्छन् ? अनि किराती महाजाति र किराती महाजातिभित्रका विभिन्न अगुवाहरुका विरुद्घ पनि त्यसरी नै लाग्छन् ? भन्ने मूल प्रश्न हो । त्यसैले हामी वा भनौं म आपूm व्यक्तिगत रुपमा कसरी चूप रहेर बस्ने ? त्यसरी चूप बस्न सकिन्छ ? अथवा जानीबुझी चूप बस्न मिल्छ ? तपाईँ नै भन्नोस् त ? त्यसैले त्यस्ता ‘राई !’ विद्घान र ‘राई !’ जातिवाला कामरेडहरुलाई आप्mनो अमूल्य समय खेर फाल्दै केही प्रस्टकीरण लेख्नैपर्ने हुन्छ । किनभने, भोलि गएर इतिहास हेर्दा हाम्रा भावी सन्ततिहरुले अवश्य नै मूल्यांकन गर्नेछन् कि, आज हुँदै नभएको ‘राई !’ शब्दलाई जाति नमानौं अथवा मान्दैनौं भनेर कस–कसले विद्रोह गरे ? वा भनौं सार्वजनिक रुपमा लेखे, बोले, जनस्तरमा गएर जनवकालत गरे, बहस र छलफल चलाए ? अनि कस–कसले ‘राई !’ पदवी/पगरी अथवा ‘तालुकदार/जिम्मावाल’को अर्थमा विगतमा हाम्रा पिता–पूर्खाहरुले पाएको ‘राई !’ स्थानीयस्तरका सामन्त/सामन्तीलाई जनाउने शब्द ‘राई !’लाई हामीले त्याग्छौं, जाति मान्दैनौं भन्न वा भनौ त्याग्न पाउने कि नपाउने ? आजको प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक जमाना, त्यसमाथि मौलिक हक समावेशीकरण मानवअधिकार, म को हुँ वा हामी को हौं ? भन्ने स्वनिर्णय गर्ने अधिकार र आत्मनिर्णयको अधिकार आदि स्थापित भएको जमानामा कसैले कसैलाई ‘तँ अथवा तिमी यही जाति हो, त्यो जाति हुँदै होइन !’ भन्न मिल्छ ? जबरजस्ती सम्मिलीकरण पो गर्छ होइन ?

त्यसैले एक क्षण पनि ढीला नगरी राई विद्घान र राई जातिवालाहरुले राईको आप्mनो छुट्टै मातृभाषा, मौलिक भेषभुषा, परम्परागत भूमि, वंश–वृक्ष, मौलिक चाडपर्व, पिता–पूर्खाहरुको नाम सूची, परम्परागत कानुन, जीवनशैली, हामी भन्ने भावना (आदिवासी जनजातिमा म वा मपाईँत्व नभएर हामी भन्ने भावना हुन्छ ।) आदि खोजेर, पत्ता लगाएर तयार पारेर राख्नुपर्ने हुन्छ । हामीलाई थाहा भएसम्म राईको छुट्टै मातृभाषा नभएकैले गर्दा उनीहरुको संस्थाको नाम ‘यायोक्खा’ राखिएको छ । बुझिएरअनुसार यायोक्खा शब्द बान्तावा जातिको भाषा हो । त्यसैले ज्ञान बायुङ ‘राई !’ ज्युको प्रश्न जुन “ ‘राई’ नमान्नेले किन ‘किरात’ मान्ने ?” भन्ने छ, बरु उल्टै राई मान्नेभन्नेहरुले आपूmलाई किरात किन र कसर मान्नेभन्ने ? प्रश्न गर्न सकिन्छ । किनभने , राई भनेको हिजोअस्ति प्रचलनमा आएको शब्द हो । जुन शब्दले नेपालको कुनै जात वा जाति नजनाएर पद वा पदवी मात्रै जनाउँथ्यो । अझ राईको व्युत्पत्ति “राया/राय/राइ” हो । जस्तै सेनकालमा विजयपुरमा बुद्घिकर्ण ‘राय’ थिए । जो हाल आएर तेह्रथुमको छ–थर भेगका ‘खेवा’ थरका लिम्बुका पूर्खा भएको प्रमाणित भएको छ । के अब ती लिम्बुहरु (खेवा थरका लिम्बुहरु) लाई चाहिँ हाम्रा राई जातिवाला विद्घान तथा इतिाहासकार र राइृ जातिवाला संस्थाका अगुवा कामरेडहरुले राई बनाउनु पर्दैन , राई बनाउन कन्धनी कसेर लाग्नु पर्दैन ? त्यस्तै विसं २०३४/०३४ तिर ‘राई’ भएका सोलुखुम्बु जिल्लाको महाकुलुङ क्षेत्र (दूधकोशीपारि) का सोताङ गाउँका शिवबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत, दीपबहादुर बस्नेत, छत्रध्वज बस्नेत त्यस्तै ओखलढुंगा जिल्लाको रातमाटे गाउँका तेजप्रसाद कोइराला, टेकमानध्वज कार्की आदिलाई चाहिँ किन ‘राई’ नबनाउने ? वा भनौं उनीहरु वा उनीहरुका सन्तान दर–सन्तानलाई ‘राई’ बनाउन पहल अथवा जोडबल नगर्ने ? किन “बाकुलोचाना”लाई मात्रै आँखाको कसिंगर देख्ने/सम्झने ? प्रलोभनमा परेको भन्ने ? यसबारेमा राई इतिहासविद/वेत्ता, राई मानवशास्त्री, राई संस्कृतिविद, राई मुन्धुमविद, राई लेखक, राई पत्रकार र, राई जातिवाला संस्थाका अगुवा भन्ने र भनिनेहरुले समय क्रममा चित्त बुभ्mदो जवाफ दिनु हुनेछ भन्ने आशा गरौं ।

अर्को भनेको विसं २०६८ मा भएको ११ औं राष्ट्रिय जनगणनामै कुलुङ, नाछिरिङ, याम्फु, चाम्लिङ, आठपहरिया, बान्तावा, थुलुङ, मेवाहाङ, बाहिङ, साम्पाङ, खालिङ, लोहोरुङको जातिगत जनसंख्याको तथ्यांक आएको हो । त्यसरी विसं २०६८ को जनगणनामा विगतमा ‘राई’ भनी चिनिने/जानिने १२ जातिहरु अलग्गै जातिका रुपमा आएका थिए । इतिहासविद तथा विद्घान ज्ञान राई ज्युले विसं २०६८ को जनगणनाको तथ्यांक राम्रोसँग हेरेर फेरि अर्को लेख लेखे हुन्छ । केन्द्रीय तथ्यांक विभाग (केतवि) र “बाकुलोचाना”लाई बेकारमा किन दोष दिनु ? यो ‘सौताको रिसले पोईको…’ भने जस्तो भएन र ? साथै लेखक ज्युले भनेभैmँ ‘राई’ ठूलो संख्या भएको जाति हो कि, हराउन आँटेको जाति, भन्नेबारेमा जान्नका लागिचाहिँे विसं २०७८ को जनगणनाको तथ्यांक आउञ्जेलसम्म पर्खिनुपर्ने हुन्छ । हुन पनि राज्यले हरेक १०–१० वर्षमा गर्ने गरेको जनगणनालाई पनि नजर–अन्दाज गर्दै/गर्न सक्ने राई विद्घान, राई इतिहासविद र राई जातिवालाहरुलाई हामीले मान्नैपर्छ बा ? विद्घान, इतिहासकार, मानवशास्त्री, लेखक, वेत्ता, पत्रकार आदि भएपछि कम्तिमा जनगणनाको रिपोर्ट पढेर, गुनेर आप्mनो लेखमा राई जातिबाट विद्रोह गरेर किन अलग्गै जाति भनी लेखे, अलग भए वा अलग हुन चाहे ? भनी विस्तृतमा अध्ययन गरेर, सोधखोज गरेर र, विसं २०६८ को जनगणनालाई समेत उल्लेख गरेर, विश्लेषण गरेर लेख लेखेको भए हुन्थ्यो । त्यसो गर्दा लेखक तथा इतिहासकार, मानवशास्त्री,…वेत्ताको आप्mनो विद्घताको पनि परख हुन्थ्यो । यो लेखले त बरु लेखक ज्ञान राई ज्यु आपैm आपैm कतै राई जातिवालाहरुको प्रलोभनमा परेको त होइन ? वा राईको ठूलो भीड र धेरै जनसंख्या देखाएर व्यक्तिगत लाभ लिन अग्रसर भई रहनु भएको/अग्रसर हुन खोजी रहेको त होइन ? प्रश्न गर्न सकिन्छ । भलै लेखकले उल्टै “बाकुलोचाना”लाई (बाकुलोचानाका अगुवाहरुलाई)  प्रलोभनमा परेको भनी किटानीका साथ लेख्नू भएको छ ।

यो लेखकको निजी विचार हो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार