वडास्तरीय फूटबलको उपाधि वडा नम्बर ३ ‘सी’ लाई

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका ३ स्थित सामाटारमा संचालित वडास्तरीय फूटबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ‘सी’ ले हात पारेको छ ।

बिहीबार भएको फाइनलमा वडा नम्बर ३ ‘ए’ लाई २-० गोलको अन्तरले पराजित गर्दै वडा नम्बर ३ ‘सी’ उपाधि चुमेको हो । खेलको ३० औं मिनेटमा रोशन लिम्बूले गोल गर्दै वडा नम्बर ३ ‘सी’ ले अग्रता लिएको थियो । ४५ औं मिनेटमा जनक लिम्बूले गोल गरी २-० को जितमा उपाधि दिलाए ।

जितसँगै वडा नम्बर ३ ‘सी’ ले नगद २५ हजार र उपविजेता वडा नम्बर ३ ‘ए’ ले १५ हजार, ट्रफि र प्रमाणपत्र हात पारे ।
विजेता तथा उपविजेताहरुलाई प्रमुख अतिथि वडा अध्यक्ष मैतराज राईले पुरस्कार हस्तान्तरण गरे ।

प्रतियोगिताको सर्वाधिक गोलकर्ता रोशन लिम्बू, उकृष्ट मिडफिल्डर, दीपेन्द्र राई, उत्कृष्ट खेलाडी सनम लिम्बू, उत्कृष्ट गोलकिपर मानवीर लिम्बू, उत्कृष्ट फरवर्ड जनक लिम्बू र उदयमान खेलाडी आइतहाङ लावती घोषित भए । उनीहरुले ट्रफि र प्रमाणपत्र पाए ।

माङसेबुङ गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा शेर्पा मल्टिट्रेनिङ सेन्टरको आयोजना र वडा खेलकुद विकास समितिको आयोजनामा संचालित प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार