केही नेपाली हिमालका विदेशी नाम !

  निनाम लोवात्ती  89 पटक हेरिएको

निनाम लोवात्ती

विदेशी भाषाले अतिक्रमण गरेका नेपालका केही हिमाल र स्थान नामका बारेमा लेख्ने प्रयास गरिएको छ । हुन त एक भाषाले अर्को भाषालाई अतिक्रमण गर्ने वा भनौं, विस्थापित गर्ने क्रम नेपालमा मात्रै नभएर विश्वभरिकै  देशमा भएको÷भई रहेको देखिन्छ ।

समुन्द्री सतहदेखि नाप्दाखेरि हालसम्मको विश्वकै अग्लो हिमचुचुरो मानिएको सगरमाथा हिमालकै कुरो गरौं । जुन हिमाललाई परापूर्व कालदेखि स्थानीय रुपमा बस्दै आएका कुलुङ, शेर्पालगायतका आदिवासी जनजातिले स्थानीयरुपमा बोलाउंदै आएको नाम ‘चोमोलुङमा’ हो । त्यस्तै सो हिमालका उत्तरतर्पmका मानिसहरु (तिब्बती जनता) ले पनि सो हिमाललाई ‘चोमोलुङमा’ नामले नै चिन्छन्÷‘चोमोलुङमा’ भनेरै बोलाउँछन् । यसरी हेर्दा संभवतः सो हिमालको वरिपरि बस्दै आएका मानिसहरुले सुरुदेखि नै सो हिमाललाई ‘चोमोलुङमा’ नामले पुकार्दै÷बोलाउँदै आए होलान् भन्न सकिन्छ । तर, परापूर्व कालदेखि नै ‘चोमोलुङमा’ नामले चिनिदै आएको हिमाललाई विसं २०१० तिर ‘सगर+माथा’ दुई शब्द जोडेर “सगरमाथा” भनी नयाँ नेपाली नाम दिईयो । अर्थात् खस÷नेपाली÷गोरखा भाषामा नयाँ नाम राखियो “–सगरमाथा ।” यसरी नेपालीकरण÷खसकरण गरियो !

फलतः अहिले चोमोलुङमा नामले भन्दा पनि सगरमाथा र एभरेस्ट नामले बढी चिनिन्छ “–सगरमाथा”लाई । यसरी नयाँ नेपाली भाषाको नाम दिने व्यक्ति थिए, इतिहासकार बाबुराम आचार्य । त्यसो त त्यो बेला चोमोलुङमालाई “चरी लमेनी” भनेर पनि चिनिन्थ्यो भने लगभग डेढ दर्जन अरु नामहरु रहेका थिए । आधिकारिक रुपमा चोमोलुङमाको उचाई पत्ता लगाउने र नाप–जाँचको काम गर्ने काम भने भारतीय (बंगाली) नागरिक राधानाथ सिकन्दर÷सिक्दर र नेपाली नागरिक करवीर बुढाथोकीले गरेका थिए । जबकि, त्यसको जस भने, तत्कालीन ब्रिटिश इन्डिया सरकारका सर्भेयर जनरल जर्ज एभरेस्टले पाए । भनाइको अर्थ चोमोलुङमाले अर्को नाम पायो अंग्रेजी भाषामा ‘–माउन्ट एभरेस्ट ।’ जुन नाम तत्कालीन ब्रिटिश इन्डियाका सर्भेयर जनरल जर्ज एभरेस्टको नाममा राखियो भन्ने त माथि नै उल्लेख भएको छ । त्यति मात्रै होइन, त्यही वेलादेखि सगरमाथालाई नै संसारको अग्लो हिमशिखर पनि यही हो भन्ने विश्वभरिका हिमालका खोजकर्ताहरुले स्वीकारे । संँगसँंगै चोमोलुङमामाथि पहिलो मानव विजय पाउने होड पनि चल्न थाल्यो ।

यसरी खोज्दै जाने हो भने, केवल सगरमाथा मात्रै होइन, नेपालका धेरै हिमाल र स्थान नामका स्थानीय, खासगरी आदिवासी जनजातिका भाषामा रहेका विभिन्न हिमालका नामहरु विदेशी र नेपाली (खस) भाषाले विस्थापन वा भनौं अतिक्रमण गरेको भेटिन्छन् । त्यसमा पनि विशेषतः अंग्रेजी नामले साम्राज्य चलाएको छ । जस्तै चोमोलुङमा कै सन्दर्भमा माथि नै भनियो कि, चोमोलुङमालाई माउन्ट एभरेस्ट र सगरमाथा लगायतका नयाँ नामहरु दिइयो । यसै क्रममा विसं २०१० (सन् १९५३) मै तेन्जिङ नोर्गे शेर्पा (नेपाल) र सर एडमण्ड पर्सिभल हिलारी (तत्कालीन बेलायती उपनिवेश अन्तर्गत न्यूजिल्याण्ड निवासी) ले चोमोलुङ्मामाथि प्रथम मानव विजय पाएका थिए । त्यसपछि नेपाली जातीयताको आधारमा फेरि (खस) नेपाली भाषामा नाम राखियो ‘–सगरमाथा ।’ खोज्दै जाँदा चोमोलुङ्माको अनेकौं नाम भेटिन्छ । त्यसो भए तापनि अहिले सगरमाथा र एभरेष्टको नामले बढी चिनिन्छ ‘–चोमोलुङ्मालाई ।’ तापनि विगतका समयमा अधिकांश विदेशी लेखकले लेखेको पुराना किताबहरु जति पनि भेटिन्छन्, ती सबै किताबमा ‘चोमोलुङमा’ भनेरै लेखेको भेटिन्छ÷पाईन्छ । तर, अहिले पनि नेपालका धेरै जसो मिडिया र मिडियाकर्मीहरुले ‘चोमोलुङमा’लाई ‘चोमोलुङमा’ नभनेर÷नलेखेर ‘सगरमाथा’ नामलाई नै महत्व दिई रहेका छन् ।

त्यस्तै पूर्वमा रहेको कुम्भकर्ण हिमालको स्थानीय नाम ‘जान्नु’ हो । र, लिम्बु जातिले उक्त हिमाललाई ‘फक्ताङलुङ’ (कुम भएको ढुंगो) भनी पुकार्छन् भने हिउँदयाममा धान लगायतका अन्नपात भित्र्याउँदा फक्ताङ्लुङमा रहेको हिउँको थुप्रोलाई सह मानी धानको रासमाथि फक्लाङ्तुङतर्फ फर्काएर हसिया, धुपौरो, पूmल, अक्षता, कुखुराको भाले (जसलाई रासी भाले भनिन्छ) राखेर पूजा आजा गरिन्छ । कञ्चनजंघा हिमाललाई लिम्बु जातिले सेवालुङ÷सेन्छेलुङ भन्ने गर्छन् भने यस क्षेत्रमा अंग्रेजी नामको अर्को हिमाल छ, ‘–टेन्ट–पिक ।’ उक्त हिमाललाई खासमा ‘किरात चुली’ भनिन्छ । मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भन्छन् ।

उता लाङटाङ क्षेत्रमा लाङटाङ–री र याला पिकको पछाडि रहेको एउटा सानो हिमाल (५,९५१ मिटर अग्लो) छ । सो हिमाललाई मोरीमोतो नामक जापानीजले पहिलोपकट चढ्ने प्रयास गरेकोले उक्त हिमालको नाम पनि पछि गएर ‘मोरीमोतो’ राखे, जापानीजहरुले । त्यस्तै अन्नपूर्ण क्षेत्रमा डोम–ब्लँ (६,८२० मिटर) नामक हिमाल छ । जुन नाम फ्रेन्च भाषामा ‘सेतो’ भनेर राखिएको हो । उक्त क्षेत्रमा अन्य हिमालहरु भने प्रायः स्थानीय नाममा आधारित नै छन् । त्यस्तै लमजुङको शिरमा पिक–२९ नामक हिमाल छ । जुन हिमाल ७,८७९ मिटरको अग्लो रहेको छ । सो हिमालको खास नाम ‘ङादी चुली’ हो भने उक्त चुलीको नयाँ नाम ‘डा. हर्क पिक’ राखिएको छ । सो नाम भूगोलविद् डाक्टर हर्क गुरुङको नाममा राखिएको हो  । हाल मनास्लु (८,१६३) भनेर चिनिने हिमालको स्थानीय नाम ‘प्याङगेन पुथाङ’ हो भने पिसाङ पिकको स्थानीय नाम पनि  ‘झोङ–री’ (६,०९२ मिटर) हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार