रानीटारमा सम्पन्न फुटबल प्रतियोगिताको उपाधी पूर्विय क्षितिज क्लबलाई

  नयाँ बुलन्द
231 Shares

पाँचथर: फिदिम नगरपालिका ७ रानिटारमा संचालित फुटबल प्रतियोगिताको उपाधी पूर्विय क्षितिज फुटबल क्लब तमाखेले उपाधी हात पारेको छ ।

फाइनल खेलमा प्रतिस्पर्धा गरेका दुई समुह मध्ये विजेता टिमले २-१ गोल अन्तरले युवा सशक्तिकरण क्लबलाई पराजित गर्दै जित हाँसिल गरेको हो ।
सङ्गालो युवा समुहको आयोजनामा कोप्चेस्थित भिमशिव खेल मैदानमा पौष ११ गतेदेखि शुरु भएको खेल बुधबार सम्पन्न भएको छ ।
प्रतियोगितामा जम्मा १६ टिमको सहभागी रहेको उक्त खेलमा विजेता टिम तमाखेलाई २२ हजार र उपविजेता सशक्तिकरण क्लवलाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।
आयोजक समुहका अध्यक्ष दिपेन्द्र राईको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका युवानेता तथा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रदिप बाँस्कोटाले विजेता र उपविजेता टिमलाई नगद पुरस्कार,ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरिएको आयोजक समुहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार