घुर्बिसे पञ्चमी खेलमैदानमा फुटबल प्रतियोगिताको उद्घाटन

  युद्धबहादुर बोहोरा
616 Shares


पाँचथरः लिम्बु जातीहरुको महान चार्ड चासोक तङ्नामका अवसरमा घुर्बिसे पञ्चमीको खेलमैदानमा खुल्ला नकआउट फुटबल प्रतियोगिताको आइतबार उद्घाटन भएको छ ।

फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को फुङ्नाम युवा समुहद्वारा आयोजित उक्त प्रतियोगिता अन्तर्गत उद्घाटनको पहिलो खेल न्यु भिजन एफसी र जनजागरण एफसी बीच प्रतिस्पर्धा भएको थियो । खेलको पहिलो हाफमा १-१ गोलको बराबर प्रतिस्पर्धा भएको थियो भने दोस्रो हाफमा १ गोलले उछिन्दै न्यु भिजनले २-१ गोल अन्तरले जनजागरणलाई हराउँदै खेलको दोस्रो चरणमा प्रवेश गरेको छ ।

यसैबीच,दोस्रो खेल न्यु स्टार ठिंगेपुर र कोल्बुङ एफसी भिडन्त भएको थियो । खेलको अन्तिमसम्म बराबर भएका दुबै टिम ट्राइबेकरबाट हारजित भएका छन् । घरेलुु टिम कोल्बुङलाई ट्राइबेकर ३-१ गोल अन्तरले पछि पार्दै पाहुना टिम न्यु स्टारले
विजयीको शुरुआत गरेको छ ।

जम्मा ३२ वटा टिमले सहभागीता जनाएको खेल पौष ५ गते सम्पन्न गरिने छ । उक्त प्रतियोगितामा प्रथम उपाधी हात पार्ने टिमलाई ३५ हजार र दोस्रो हुनेलाई २० हजार रुपैंया नगद,ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समुहका सचिव राजिप चेम्जोङले जानकारी दिए ।
खेलको उद्घाटन आयोजक समुहका अध्यक्ष रोमन चेम्जोङको अध्यक्षतामा प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका प्रशासन शाखा प्रमुख राजेन्द्र भट्टराईले उद्घाटन गरेका थिए ।

यस समुहले पहिलोपटक आयोजना गरेको
प्रतियोगितामा फिदिम नगरपालिका,कुम्मायक,फाल्गुनन्द, मिक्लाजुङ्ग गाउँपालिका तथा इलामको देउमाइ नगरपालिका र फाकफोकथुम गाउँपालिकाका टिमहरुले सहभागीता जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार