लिम्बुवान मञ्च इलामको अध्यक्षमा विपीन योङया निर्वाचित

  नयाँ बुलन्द
329 Shares

इलाम : संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च संघीय लिम्बुवान मञ्च, नेपाल इलामको अध्यक्षमा विपीन योङया निर्वाचित भएका छन् ।

इलाममा सम्पन्न तेस्रो अधिवेशनबाट योङ्या अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनले योङयाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

उपाध्यक्षमा फूलकुमार सेर्मा, विरेन सम्बाहाम्फे, सनबहादुर योङहाङ, पूर्ण फत्र निर्वाचित भएका छन् । समितिको सचिवहरुमा अम्बिका योङहाङ, जित कुमार मुखिया र राजन लिम्बु निर्वाचित भएका छन् भने अर्थसचिवमा सम्झना लावती पनुः निर्वाचित भएकी छन् ।

त्यसैगरी सचिवालय सदस्यहरुमा सीता लावती, विर बहादुर सेर्मा, प्रेमसिं थेगिम, दुर्गा देगिम, प्रसान्त राई, टंक बहादुर नुगो, सुस्मा फागो निर्वाचित भएका छन् ।

कार्यसमिति सदस्यहरुमा टिकानाथ भट्टराई, धनराज योङहाङ, दुर्गासिं योङया, सन्त कुमार राई, लाल बहादुर चाम्लिङ, केहेर सिं लावती, रमेश फत्र, सन्तोष इवा, शिव केरुङ, सन्जीव मगर, विरेन थेवे, अमित चेम्जोङ, बालछिरिङ लेप्चा, फाल्गुनन्द योङहाङ र विष्णु कुरुम्फङ निर्वाचित भएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार