जसपा इलाममा ठूलो धक्का : ५७ जना नेता-कार्यकर्ताको सामूहिक पार्टी परित्याग (नामावलीसहित)

  नयाँ बुलन्द
616 Shares

इलाम : अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) इलाममा सामूहिक पार्टी परित्यागको घोषणा गरिएको छ । पार्टीका विभिन्न तह र जिम्मेवारीमा रहेका ५७ जनाले आइतबार सामूहिक रूपमा पार्टी त्याग गरेको जनाइएको छ ।

जसपा जिल्ला समन्वय समिति इलामका अध्यक्ष छिकिन तामाङलाई सम्बोधन गर्दै बुझाइएको पत्रमार्फत उनीहरूले पार्टीको साधारण सदस्यसमेत नरहने गरी परित्याग गरेको जानकारी दिएका हुन् ।

राजिनामा पत्रमा इलाम नगरपालिका, सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माङसेबुङ गाउँपालिकाका नेता तथा कार्यकर्ताहरूको नाम उल्लेख गरिएको छ । पार्टी परित्याग गर्नेमा यामप्रसाद लिम्बू, सुबाश राई, रञ्जित साम्पाङ राई, कृष्णकुमार राई, पुष्पा राई, प्रकाश राईलगायत रहेका छन् ।

पत्रमा आआफ्नो जिम्मेवारी र पदबाट राजीनामा दिँदै आजकै मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको उल्लेख गरिएको छ ।

विशेषगरी सूर्योदय नगरपालिकाका वडा नं. १ देखि ११ सम्मका दर्जनौँ कार्यकर्ता पार्टी परित्यागमा सहभागी भएका छन् । यस घटनालाई आगामी राजनीतिक समीकरण र स्थानीय तहको शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

यद्यपि, पार्टी परित्यागको कारणबारे पत्रमा स्पष्ट खुलाइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार