क्‍वाँटी लेखः नेपालमा को असली जातिवादी ?

  निनाम कुलुङ 'मंगले'
42 Shares

निनाम कुलुङ ‘मंगले’

२१ औं जमानाको आधुनिक विश्वमा पनि जातिपाती, भाषाभाषी, धर्म, संस्कार, संस्कृति, केके भनेर बेकारको कुरो गर्ने ? हामी मिलेर बसेको नेपालीहरु फुट्ने ?, हामी एक आपस्तमा मिलेर बसेको नेपाली–नेपालीबीच भैmझगडा गर्ने ? भनी निक्कै ठूलै गफ दिन्छन्, केही मान्छेहरु । यस्तो गफ दिनेमा आजभोलि आदिवासी जनजाति भनिने गफाडीहरु पनि छन्, जो उस्तै परेमा बाहुन, क्षेत्रीलगायत जात समूहका मान्छेहरुलाई समेत ठेगानमा राख्न सक्ने, ठेगान लगाउन सक्नेहरु छन् । उनीहरु तोरी लाहुरे गफ हाँक्न पनि कम छैनन् । यसरी हेर्दा नेपालमा आजभोलि खोक्रो बौििद्घकता देखाउन र खोक्रो बौद्घिकस्तरको प्रदर्शन गर्न पछि नपर्नेहरुको जमात बढ्दैछ । यस्ता मान्छेहरु आपूm निक्कै बौद्घिक र सर्वज्ञानी भएको भ्रममा छन्, वा जानाजान स्वाङ पार्ने गर्छन् । तर, त्यस्ता मान्छेहरुलाई हामीले ‘विचरा !’ भन्नुबाहेक अरु के नै गर्न सक्छौं र ?

हुन पनि आजभोलि धेरै मान्छे (म बाहेक!) हरु, औपचारिक शिक्षाको हकमा ‘धेरै नै पढेका !’हरु छन् । तर, उनीहरु जति नै ‘धेरै नै पढेका !’ भए तापनि बाहिरी ज्ञान हासिल नगरेका वा बाहिरी ज्ञान त्यति नभएका वा भनौं बाहिरी ज्ञान लिन नचाहने, आपैmले स्वतन्त्र ढंगले अध्ययन–अनुसन्धान नगर्ने, अरुहरु जो सँँच्चै जान्ने, बुभ्mनेहरु छन् उनीहरुले भनेको पन नसुन्ने, नमान्ने, कुनै पनि माध्यमबाट ज्ञान हासिल नगर्ने, विवेक, ज्ञान, चेतना र, चैतन्य र चेतनाको स्तर बढाउन नचाहने, स्वअध्ययन र स्वविवेकको स्तर पनि बढाउन नचाहने तर, पनि ‘मै हुँ !’ भन्नेहरु जो छन्, उनीहरुमध्ये जो कोहीले आपूmले समर्थन गरेको राजनीतिक दल, तिनका नेता वा संघ–संस्था र तिनका हर्ताकर्ता, व्यक्ति विशेष आदिले गरेको जुनसुकै काम वा भनौं हर्कतलाई पनि गलत के हो, सही के हो ? नछुट्याईकन, विचार–विमर्श नगरीकन फगत एकपाखे ढंगले अन्धा–धुन्दामै समर्थन गर्ने गरेको देखिन्छ । अझ आदिवासी जनजाति मूलका मान्छेहरुको त के कुरो गराई भो र ? किनभने, हामी बाहुन, क्षेत्री (आर्य खस समूह) का हौं, विश्वकै (हिटलर भने भैmँ आर्य श्रेष्ठता) उत्कृष्ट जाति र ‘अति जान्ने सुन्ने (अजासु) !’ हौं, भन्ने समूहका बुद्धिजीवीहरु भनिनेहरु नै पनि स्वतन्त्र ढंगले विश्लेषण नगरेर, नबोलेर पक्षधरता लिएर बोल्ने, लेख्ने, अन्तर्वार्ता दिने गर्छन् । कति त ‘तैँ चुप, मै चुप’ भई दिन्छन् ।

अझ देश विकासको कुरो गर्दा आजभन्दा लगभग ३६/३७ वर्षअघि विकासका हिसावले नेपालभन्दा धेरैपछि वा नेपालसरह रहेका देशहरु आज किन र कसरी विकसित र आर्थिक रुपमा सम्पन्न देशको लहरमा पुग्यो ? र, हाम्रो देश नेपालचाहिँ किन अझ तल, झन् तल पर्दै विश्वकै गरिबी र अभावमा गुज्रिरहेको देशहरुको लहरमा तेस्रो वा चौथो नै त नभनौं तथापि १० औं, ११ औं, १२, औं १३ औं भित्रको सूचीमा उभिन पुग्यो/पुग्दैछ ? राजनीतिक दल, तिनका नेता, कार्यकर्ताका हुनमानगिरी गर्ने, झोलेपोके बन्ने र, बढीमा टपर–टुईँया बनेकाहरुलाई के चासो ? उनीहरलाई ‘दिन कटनी र माना पचनी’ गर्न पाए भयो, अरु बढी चासो किन लिनु पर्यो ? त्यसो भएपछि हामीलाई मात्रै चासो भएर के नै हुने हो र ? निश्चय नै चासो हुनुपर्ने त नेतृत्व तहमा रहेका राजनैतिक दल र, तिनका नेताहरुलाई हो । साथै राजनीतिक दल र तिनका नेताहरुलाई सही मार्ग निर्देशन गर्ने वा गर्नुपर्ने भनेको देशका पठित र बुद्घिजीबी भनिनेहरुले हो । तर, फेरि पनि दोहोर्याएर भन्नु पर्दा उनीहरु नै ‘तैँ चुप, मै चुप’ छन् । एक किसिमले भन्ने हो भने, नेपालका पठित र बुद्घिजीबीहरु राजनीतिक दलपिच्छे मात्रै नभएर नेतापिच्छेको पिछलग्गु भएका छन् । स्वतन्त्र रुपमा चिन्तन–मनन् गर्नुपर्नुे, बुद्घि विलास गर्नुपर्ने र, नेतृत्व तहमा रहेका राजनैतिक दल र तिनका नेताहरुलाई दिशा–निर्देश गर्नुपर्ने पठित र बुद्घिजीबीहरु नै राजनीतिक दलपिच्छे र नेतापिच्छेको पिछलग्गु, हरुवा, चरुवा र हली–गोठालो सरह भएका छन् । फेरि पनि तेहेर्याएर भन्नु पर्दा देश, राजनीतिक दल ती राजनीतिक दलका नेता, कार्यकर्ता र जनताहरुलाई सही मार्ग दर्शन गर्नुपर्ने, दिशा निर्देश गर्नुपर्ने पठित र बुद्घिजीबीहरु नै राजनैतिक दलका नेतारुहका दास, कमारो, पिछलग्गु, कमैया, हरुवा, चरुवा र हली–गोठालोसरह भएपछि हामी जस्ता ‘न भुईँको न भित्ताको !’ मान्छेहरुले के नै गर्न सक्छौं र, ‘ट्याऊँ–ट्याऊँ/म्याउँ–म्याउँ’ गर्न बाहेक !?

त्यसो त भन्नेहरुले जातीय विद्घेष पैmलाउने कुरो गर्यो भन्लान्, साम्प्रदायीकता पैmलाए जस्तो पनि लाग्ला नै । तर, ठोकेरै भन्न नसके तापनि नेपालको सम्पूर्ण जनसंख्याको १२.७ प्रतिशत जनसंख्या रहेको तर, पार्टी सत्ता, राज्य सत्ता र अन्य विभिन्न सरकारी निकाय (मुख खोलेरै भन्नु पर्दा मिलाएर खान पाउने ठाउँमा) मा भने, कम्तिमा ७८/७९ प्रतिशतदेखि ९४/९७/९९ प्रतिशतसम्म ‘अंश/भाग !’ ओगटेका बाहुन, क्षेत्री, राणा, ठकुरी, शाह, सन्यासी (बाक्षेराठशास/जात समूह) हरुले नै ओगटी रहेका छन् । तर, यसो भन्ने बित्तिकै उनीहरु ‘पढालेखा हुनु पर्दैन, क्षमता हुनु पर्दैन, योग्यता हुनु पर्दैन र, अनुभव हुनु पर्दैन !?’ भनी प्रश्न गर्ने गर्छन् । तर, कोही पनि व्यक्ति वा समूह वा जातजातिमा ‘पढालेखा छन् छैनन्, क्षमता भएका छन् छैन, योग्यता भएका छन् छैन र, अनुभव छ छैन !?’ भन्ने जाँच गर्ने आधार वा कसीचाहिँ के हो त ? कि माथि भनिएभैmँ ‘बाक्षेराठशास’ हुने बित्तिकै ‘पढालेखा हुने, क्षमता हुने, योग्यता हुने र, अनुभवी हुने हो !?’…

निश्चय नै जो कोही पनि ‘पढालेखा, क्षमता, योग्यता र, अनुभव भएको हो, होइन !?’ भनेर हेर्न र कसी लगाउनका लागि त उसलाई मौका वा अवसर दिनु पहिलो कुरो हुन सक्ला कि ? कि मौकै नदिईकन तँ सँग ‘क्षमता छैन, योग्यता छैन, पढालेखा छैनस् र, अनुभव पनि छैन !?’ भनेर मौकै नदिने ? त्यसैले अब यस विषयमा पनि विचार विमर्श गर्न ढीला गर्नु हुँदैन कि, ‘बाक्षेराठशास’ समूहका अगुवाहरुले ? यो वा ऊ नाममा अभैm पनि यस्तै अवस्था रहिरहेमा नेपाल साँच्चै शान्तसँग रहला, नरहला अहिले नै ठोकेर भन्न सकिँदैन । त्यसैले ‘बाक्षेराठशास’ समूहका अगुवा र टाठाबाठा कामरेडहरुले भनेभैmँ बाँकी रहेका लगभग ७८/७९ देखि ९४/९७/९९ प्रतिशत जातजाति, समुदाय, भाषाभाषी, वर्ग, धार्मिक समूह, तेस्रो लिंगी आदिले ‘बाक्षेराठशास’/‘आर्य खस’ समूहका मान्छेहरुले यो वा ऊ नाममा ‘एकलौटी ढंगले रार्इँदाईँ !’ गरेको टुलुटुलु हेर्दै मिलेर बसीरहलान्, भैm–झगडा नगरी बसीरहलान् त ? सँधै यस्तै स्थिति नरहला कि, ‘बाक्षेराठशास’ अर्थात् आर्य खस समूहका अगुवा र टाठाबाठा कामरेडहरुले वेला छँदै पार्टी सत्ता, राज्य सत्ता र अन्य विभिन्न निकायमा कम्तिमा कम्तिमा ७८/७९ प्रतिशतदेखि ९४/९७/९९ प्रतिशतसम्म ‘अंश/भाग !’ ओगट्न पाएकोमा दंग–दास बन्दै बाँकी अरुहरुलेचाहिँ सहेरै, टुलुटुलु हेरेरै बसी रहलान् भन्ने नसोच्नु , बरु वेला छँदै र, जति सक्दो चाँडो ‘बाक्षेराठशास’/‘आर्य खस’ समूहका अगुवा र टाठाबाठा कामरेडहरुले ‘मुटुमाथि ढुंगा राखेर क्रान्तिकारी ढंगले कूर्बानी !’ गर्ने तयारी गर्दै गर्नुपर्ने देखिन्छ । यसरी हेर्दा ‘बाक्षेराठशास’/‘आर्य खस’ समूहका अगुवा र टाठाबाठा कामरेडहरुले ‘मुटुमाथि ढुंगा राखेर क्रान्तिकारी ढंगले कूर्बानी !’ गर्ने दिन नजिकिदै छ है !

आखिर कहिलेसम्म डाक्टर जगमान गुरुङ, सुवास नेम्बाङ, वसन्त नेम्वाङ, पृथ्वी सुब्बा गुरुङ, कुलबहादुर गुरुङ, किरण गुरुङ, पार्वत गुरुङ, इन्द्रबहादुर गुरुङ (इन्द्रबहादुर गुरुङ त किन र कसरी राजनीतिबाट बेपत्ता हुन वाध्य भए भन्नै पर्दैन), धनराज गुरुङ, परशुराम मेघी गुरुङ, तारामान गुरुङ, सीता गुरुङ धनराज गुरुङ, पाल्तेन गुरुङ, राजीव गुरुङ, डाक्टर विजय सुब्बा, गौरीशंकर चौधरी, मेटमणि चौधरी, भवानी खापुङ, शेरबहादुर तामाङ, टंक आङबोहाङ, लीलादेवी बोखिम, वर्षामान पुन, नन्दबहादुर पुन, रामबहादुर थापा, शेरधन राई, राजेन्द्र राई, कृष्ण राई, सुरवर राई आदिलाई हनुमान बनाएर, झोला बोकाएर वा भनौ उनीहरुको अनुहार देखाएर खाने ?

हुन पनि अनौपचारिक रुपमा वा भनौं ख्याल–ठट्टाको भाषामा ‘सँधै लिन मात्रै जान्ने, दिन कहिल्यै नजान्ने !’ भनिने बाहुन कामरेडहरुले ‘पार्टी सत्ता र राज्य सत्ता (सरकार) !’ पाए/भेटेपछि आप्mनै वन्धु–वान्धवहरुलाई पनि सकेसम्म दिने/छाड्ने मनसाय नराख्दा रहेछन् भन्ने त नेपालका पूर्व प्रधानमन्त्री केपी ओली ज्युले कुनै हालमा पनि पार्टी सत्ता र राज्य सत्ता सकेसम्म नछोड्ने प्रयास गरेको बरु आप्mनो लगभग ३७ महिने कार्यकालमा ‘१८/१९/२०/२१ पटकसम्म मन्त्रीपरिषद गठन/पुनर्गठन गर्दै सरकारलाई स्थिरता !’ दिएकोले नै छर्लङ्ग पारेको थियो, होइन र !? त्यसैले विसं २०६८ को जनगणनाअनुसार नेपालको सम्पूर्ण जनसंख्यामा १२.७ प्रतिशत जनसंख्या रहेका बाहुनहरु जो छन्, कतै निकट भविश्यमै बाहुन जातिका हर्ताकर्ताहरुले हालसम्म यो वा ऊ नाममा खाईपाई आएको, राईँदाईँ गरीरहेको सबै–सबै घुमाउनपर्ने त होइन ? भन्ने पिरलो पनि होला नै !? फेरि आगामी जनगणनामा बाहुनको जनसंख्या अरु घट्ने पक्का छ । किनभने, बाहुनमा रक्त शुद्धताको प्रश्न पनि रहेकोले गर्दा बाहुनले क्षेत्री, ठकुरी, हमाल, राणाभाट, सन्यासी, आदिवासी जनजाति आदिका छोरी–चेली विवाह गरेमा जात घटु्वा ( खत्री/केसी) हुने व्यवस्था रहेका कारण र, दलित (कामी, दमै, सार्की, बादी, गाईने आदि) की छोरी–चेली विवाह गरेमा सीधै दलितमा घटुवा हुने प्रचलन रहेकोले गर्दा र, कोहीकोही स्थाई रुपमा बसाई सरेर विदेश (अमेरिका, बेलायत, क्यानडा, जर्मनी, जापान, नर्वे, इटली आदि देशमा) गएकाहर पनि होलान् नै । त्यसैले यो बीचको १० वर्षमा बाहुनको जनसंख्या घटेकै हुनु पर्छ, बढेको पक्कै छैन । सो बारेमा यही कात्तिक २५ देखि मंसिर ८ सम्म हुने १२ औं जनगणनाको तथ्यांक बाहिर आएपछि थाहा हुने छ ।

त्यसैले बाहुन कामरेडहरु राजा, राजसंस्था, यो पार्टी वा त्यो पार्टीको नाममा सँधै राज्य सत्ता (सरकार), पार्टी सत्ता आदिमा रहीरहनु पो समस्या हो कि ? अब हामीले यस विषयमा पनि किन खुल्ला दिल–दिमागले, व्यापक रुपमा गाउँ–गाउँ, टोल–टोल (भुइँ तह) सम्म बहस र छलफल नगर्ने ? कि कसो हौ, अनुदारवाददी रुझान राख्ने र, उल्टै हामी जस्ता समानता, न्याय, समानुपातिक समावेशीता, आत्मनिर्णयको अधिकार, संविधानमै व्यवस्था भएको मौलिक हकको उपभोग, खाद्यानको हक, स्वास्थ्यको, मातृभाषामा पढाईको हक, आप्mनो परम्पादेखि गर्दै आएको सांस्कृतिक हक, धार्मिक हक, नागरिकको मौलिक हक आदिलाई अब व्यवहारमै लागू गर्नुपर्छ भन्दा जातिवादी, साम्प्रदायीक, रेसिस्ट, भिल्लका देशमा मणि ! आदिको लेपन लगाउन तम्सने कामरेडहरु ?

निश्चय नै यो पंक्तिकार अति जान्ने सुन्ने (अजासु) र पचासौं विषयमा डिप्लोमा, डिग्री, एमफिल, पिएचडी, डाक्टर आदि गरेको/पढेको मान्छे होइन । तर, पढालेखा नभए तापनि यो पंक्तिकारको विचारमा देशको वास्तविकता अनुरुप राजनैतिक दल, सरकार, न्यायीक क्षेत्र, निजामती कर्मचारीतन्त्र, संवैधानिक निकाय, दातृ निकाय, गैर सरकारी संघ–संस्था आदिमा संरचनागत रुपमा निकास र विकास नहुन (समावेशी नै छैन भने समानुपातिक समावेशी को त झन् कुरै नगरौं !) नै देश झन् झन् अधोगतिमा जानुको कारण हो भन्ने ठहर छ ! अर्थात् हाम्रो देश नेपालको जातीय, भाषिक, धार्मिक, सांस्कृतिक बनोट सुरुदेखि (पृथ्वीनारायण शाहले सुरु गरेको नेपालको भगौलिक एकीकरणदेखि) नै विविधताले भरिपूर्ण थियो/हो । अर्थात् नेपाल ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, भगौलिक विविधता रहेको देश हो । तर देशको यो वास्तविकता र यथार्थ १०४ वर्षे जहाँ नियाँ राणा शासनकालमा त प्रतिबिम्वित भएन नै, ३० वर्षे निरंकुश पञ्चायीकालमा पनि प्रतिबिम्वित भएन । न त विसं २०४६ को परिवर्तनपछि आएको क्रान्तिकारी, प्रजातान्त्रिक/कम्युनिष्ट (खासगरी नेपाली कांग्रेस नेकपा एमालेबाट) भनिएकाहरुले बनाएको सरकारबाट नै भयो । कसैसँग ‘अतिशय अनुराग र द्धैष !’ नराखीकन भन्नु पर्दा उनीहरुले भ्रष्टचार, घुसखोरी, पार्टीवाद, आफन्तवाद, नातावाद, कृपावाद, चाकरीवाद, फरियावाद, भनसुनवादलाई पो बरु संस्थागत गरे । साथै आपूm राज्य सत्तामा गएपछि जसरी पनि सत्ता टिकाउने, आफूबाहेक अरुलाई सत्ता नसुम्पिने हेतुले संसदमा आफ्नै दलको बहुमत हुँदाहुँदै संसद विघटन गर्ने, ३० वर्षसम्म शासनसत्तामा हालीमुहाली गरेर आफैलाई अत (अराष्ट्रिय तत्व) घोषित गर्ने पञ्चहरुलाई पालैपालो सरकार प्रमुखको कुर्सी जिम्मा लगाउने, सत्तामा टिकिरहन खसी–बोकालाई झैं सांसदलाई खरिद–बिक्री गर्ने, पुरुष सांसदले महिला सुत्केरी हँुदा महिालाले खाने औषधि (फोर्टुम !) खाने, उपचारको बहानामा थाईल्याण्डको राजधानी बैंकक सयर गर्ने, पाँच/चारतारे होटलमा बन्धक भएर बस्ने, ट्राफिक जाममा पर्ने,प्रवृद्धिको विकास गरे । त्यतिले मात्रै नपुगेर हिजो (सांसद हुनुअघि) गाँठो देखिने पाइन्ट र फित्तावाल चप्पल लगाएर संसद भवन छिरेका सांसदलाई हैषियतले नै नभ्याउने गरी प्राडो, पजेरोलगायत महँगा गाडीहरु भन्सार मिनाहामा मगाउन पाउने व्यवस्था गरियो । अझ त्यतिले पन नपुगेर सत्ता टिकाउनकै लागि विदेशीको गुलामी गर्नेलगायतका खेलहरु भए, हुँदैछ ।

त्यसैले अब राज्यको हरेक अंगमा एक्लौटी रजगज गरेका एलाइट/‘बाक्षेराठशास’/‘आर्य खस’ समूहका अगुवा र टाठाबाठा कामरेडहरुले ‘मुटुमाथि ढुंगा राखेर क्रान्तिकारी ढंगले कूर्बानी !’ गर्ने र आफैप्रति निर्मम भएर अगाडि बढ्नेबाहेक अर्को उपाय नास्ती । खासगरी यस बारेमा राजनैतिक दलको नेतृत्व तहमा रहेका नेताहरु र, राज्य पक्षका अनुदारवादी रुझान राख्ने बुद्धिजीवी कामरेडहरु, अझ त्यसमा पनि बाहुन कामरेडहरुले आपैmप्रति निर्मम र गम्भीर भएर सोच्नुपर्ने देखिन्छ । अन्यथा विगतमा सामन्ती शासन चलाएका र ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन !’ र, ‘ऐन–सवालमा जेसुकै लेखिएको भए तापनि हाम्रो हुकुमले मर्जी बक्स्यौं !’ भनी १०४ शासन चलाएका राणहरु र निर्दलीय पञ्चायती प्रजातन्त्रको प्रलाप अलाप्दै र, देशमा प्रजातान्त्रिक व्यवस्था हुनु पर्छ भनी माग गर्ने (कांग्रेस–कम्युनिष्ट) हरुलाई अराष्ट्रिय तत्व (अत) घोषणा गर्दै ३० वर्ष शासन चलाएका पञ्चहरु र, ती पञ्चहरुको मुखुण्डो ओढेर असली शासन चलाएका श्री ५ महाराजाधिराज (शाह सरकार राजाहरुको शासन) हरुको हालत पनि आखिरमा हामीले देख्यौं….!?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार