जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्षमा उमेश गुरुङ

खेलकुद विकास समिति इलाममा उमेश गुरुङ

इलाम : जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्षमा उमेश गुरुङ मनाेनित भएका छन् । प्रदेश १ को खेलकुद विकास बोर्डले प्रदेशका सबै जिल्लाहरुका खेलकुद समितिहरुमा नेतृत्व चयन गर्दा इलामको अध्यक्षमा गुरुङलाई मनाेनित गरेको हो ।

प्रदेशका सामाजिक विकासमन्त्री तथा खेलकुद विकास बोर्डका अध्यक्ष बलबहादुर साम्स्म्सोहाङको नेतृत्वमा बसेको प्रदेशको खेलकुद विकास बोर्डले बैठकले उपाध्यक्षमा कुमारी राईलाई मनाेनित  गरेको छ । सन्दकपुर गाउँपालिका–५ जमुनाका गुरुङ यसअघि जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्ष थिए । गुरुङ नेकपा एमाले इलामको जिल्ला उप सचिव समेत हुन् ।

इलाम नगरपालिका–६ की बासिन्दा राई जिल्लाको तेक्वान्दो प्रशिक्षकको रुपमा रहेकी छन् । लामो समय देखि खेलकुद समितिहरु रिक्त रहेकाले यसलाई महत्वपूर्ण उपलब्धि मान्नु पर्ने प्रदेश १ खेलकुद विकास बोर्डका सदस्यसचिव तथा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले बताएका छन् । यसले प्रदेश १ को खेलकुदलाई अब थप चलायामान बनाउन सहयोग गर्ने पनि बस्नेतले बताए ।

१४ जिल्लामा चयन भएका खेलकुद विकास समितिका नेतृत्वहरु यसप्रकार रहेका छन

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार