राष्ट्रिय युवा संघ नेपाल पाँचथरद्वारा वैद्यको अभिव्यक्ति प्रति आपत्ति

  युद्धबहादुर बोहोरा
385 Shares

 

फाइल तस्वीर

पाँचथर : बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभा बैठकमा दिएको अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ पाँचथर नेपालले आपत्ति जनाएको छ ।

जेठ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साहट गर्ने सार्वजनिक अभिव्यक्ति आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ ।

वैद्यको अभिव्यक्तिको भर्त्सना गर्दै देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेको व्यक्तिलाई साँसद जस्तो जिम्मेवार मानिसले आतंककारी शौलीमा जघन्य अपराध गर्ने धम्कीले प्रधानमन्त्रीको सुरक्षाको चुनौती भएको भन्दै सुरक्षाको उचित व्यवस्था मिलाउन माग गरेको संघका जिल्ला कमिटी अध्यक्ष तथा केन्द्रिय सचिवालय सदस्य कमल थपलियाद्वारा हस्ताक्षरित शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उनले दिएको अभिव्यक्तिको श्रब्यदृश्य रेकर्डबाट हटाउन सभामुखलाई गम्भीर ध्यानाकर्षण गरिएको जनाइएको छ ।
संसदीय मर्यादा विपरीत आएको उक्त भनाइ प्रति खेद प्रकट गर्दै साँसद वैद्यलाई हदैसम्म कार्वाही गर्न विज्ञप्ति मार्फत जोडदार माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ “राष्ट्र,राष्ट्रियता र जनताप्रति ममतामयी भाव राख्ने प्रधानमन्त्री ओलीको बढ्दो लोकप्रियताबाट डराएका विपक्षीहरुको कायरता पूर्ण सोचाइबाट युवाहरु बिचलित नभई सरकार प्रमुखको सुरक्षामा लाग्न आग्रह समेत गरिएको छ ।”

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार