सगरमाथा र अरु हिमालहरु

  निनाम कुलुङ 'मंगले'
0 Shares

वास्तवमा नेपालको नाम त्यसै वा भनौं बिना आधार अंग्रेजी भाषामा ‘हिमालय किङ्डम !’ रहेको होइन । किनभने, विश्वमा हालसम्म मान्यता प्राप्त ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको छ भने, विश्व पर्वतारोहण संघ र समुदायबाट मान्यता पाउन बाँकी ६ वटा नयाँ हिमालहरु रहेका छन् । ती ६ वटै नयाँ हिमालहरु संयोगले नेपाल सरहदभित्र रहेका छन् । यसरी निकट भविश्यमै विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल २० वटा हुने छन् । त्यसपछि नेपालमा मात्रै ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहने छन् ।

त्यस्तै नेपालको सरहदमा ७ हजार पाँचसय मिटरदेखि आठ हजार मिटरसम्मका हिमाल ४० वटा, ६ हजार मिटरदेखि ७ हजार ५ सय मिटरसम्मका हिमाल १२ सय ५३ वटा र, ५ हजार ५ सय मिटरदेखि ६ हजार मिटरसम्मका हिमाल १९ सय १३ वटा रहेका छन् । (स्रोतः नेपाल पर्वत २०११ को अक्टोबर अंक) त्यस्तै समुन्द्र सतहदेखि नाप्दा हालसम्मको विश्वकै अग्लो हिम शिखर सगरमाथा पनि सौभाग्यवश हामै्र देश नेपालमा रहेको छ भन्ने त आम सर्वसाधारण मानिसहरुलाई थाहा नै छ ! जुन हिमाललाई आम रुपमा (पर्वतारोहीहरुमाझ) सगरमाथा/एभरेस्ट भनेर चिनिन्छ भने, सो हिमाललाई आदि–अनादि कालदेखि सोही क्षेत्रमा रहँदै बस्दै आएका स्थानीय वासिन्दाहरुले बोलाउने असली र पूरानो नाम भने, ‘चोमोलुङमा’ हो । तर, पछि आएर यो हिमालले अंग्रेजीमा ‘एभरेस्ट’ नाम र नेपालीमा ‘सगरमाथा’ नाम पाएको छ । यसरी हेर्दा आदि–अनादि कालदेखि रहँदै आएको असली र पूरानो नाम ‘चोमोलुङमा’ नाम भने विस्थापित हुँदै गएको छ । त्यसैले त विदेशीहरुमाझ ‘एभरेस्ट’ नाम र नेपालीहरुका माझ ‘सगरमाथा’ नामले नै बढी चिनिन थालेको छ, ‘–चोमोलुङमा’लाई । अझ केही समयअघि एक भारतीय टेलीभिजन पत्रकार आएर सगरमाथा क्षेत्रको कालापत्थ्थर पुगेर भिडिायो बनाएर, प्रशारण गरेरै ‘चोमोलुङमा’को अर्को नयाँ नाम –‘राधानाथ सिकधदर/सिकन्दर !’ राख्नुपर्ने जिकिर गरेका थिए । खैर यो प्रसंगलाई अहिले यही छाडौं ।

विसं २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाण्डो उपत्यका लगायत केही ठाउँमा केही सेन्टीमिटर भए पनि उचाई बढेको पाईएपछि सगरमाथा हिमालको पनि उचाई थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाई लिनुपर्ने माग उठ्यो । त्यसैले लगभग दुई वर्षअघि नेपाल सरकारले चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचको काम गर्न तत्कालीन भुमि सुधार मन्त्रालय (हाल भूमि व्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश र जिम्मा दिएको थियो । तर, कोरोना महामारी लगायतका अन्य कारणले गएको मंसिर २३ मा मात्रै ‘चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाईको घोषणा नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा गरेको छ । सो घोषणाअनुसार अब ‘चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई आठ हजार आठसय ४८.८६ सेन्टीमिटर कायम रहेको छ । यसअघि नेपाल सरकारले आठ हजार आठसय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकारले आठ हजार आठसय ४४.४३ सेन्टीमिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै अमेरिका, युरोप लगायतकादेशहरुले भने, सगरमाथाको उचाई आठ हजार आठसय ५० मिटर रहेको भन्दै आएको थियो ।

जे होस्, यो लेखमा थोरै सगरमाथा आरोहणको इतिहासबारे र थोरै सगरमाथाको उचाईबारे पनि लेख्ने प्रयास गरिएको छ । ऊ वेला अर्थात् ‘एभरेस्ट’ र ‘सगरमाथा’ नाम राखिनुअघि सगरमाथाको नामहरु अनेक अड्कल गरिएका थिए । जस्तै ‘देवढुंगो’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड–पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्ल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्से लगायत अन्य हिमालहरु अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरु र सगरमाथा लगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले ‘चोमोलुङमा’ भनी लेखेको/बोलेको देखिन्छ । तर, सन् १८५६ मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम –‘माउन्ट एभरेस्ट’ राखिएको हो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट आप्mनो सेवा अवधी सकेर बेलायतको इङल्यान्डमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए भने उनले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमुख भएर काम गरेका थिए । नोटः माथिका विभिन्न नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिईएको हो । त्यस्तै ‘चोमोलुङमा’को नयाँ नेपाली नाम सगरमाथा नामचाहिँ, इतिहासकार बाबुराम आचार्यले राखेका हुन् ।

त्यस्तै ‘चोमोलुङमा’को उचाईका सम्बन्धमा पनि सुरु–सुरुमा एक रुपता थिएन । (अहिले पनि छैन !) कहिले आठ हजार आठसय ८८ मिटर, कहिले आठ हजार आठसय ४० मिटर, कहिले आठ हजार आठसय ५० मिटर, कहिले आठ हजार आठसय ७२ मिटर, कहिले आठ हजार आठसय ४४.४३ मिटर, कहिले आठ हजार आठसय ४८ मिटर आदि भनी प्रचारमा ल्याईने गरिन्छ । यस्तो काम बढी जसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका छन् । जे होस्, अस्तिसम्म नेपालले मान्दै/मान्यता दिदै आएको उचाई आठ हजार आठसय ४८ मिटर जुन छ, त्यो सन् १९५४ मा सर्भे अफ इन्डियाले गरेको नापजाँचको आधार निकालिएको उचाई थियो । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा अभैm पनि (पोहोरसम्म) आठ हजार आठसय ४४ मिटरकै प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि यसपटक नेपाल र चीन दुवै देशको ‘भद्र सहमति !’ आठ हजार आठसय ४८.८६ मिटर सगरमाथाको नयाँ उचाई कायम भएकोले गर्दा अबका दिनमा चीन तर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई चीन सरकारले दिने प्रमाणपत्रमा ‘आठ हजार आठसय ४८.८६ मिटर’ नै कायम होला/गर्ला भन्ने आशा गर्न सकिन्छ । स्मरणीय छ, गत मे को सिजनमा चीनले पनि आप्mनो तर्पmबाट सगरमाथाको नापजाँच गरी सकेको छ । त्यसो त सर्व प्रथम सन् १८५२ मा सगरमाथाको उचाई आठ हजार ४० मिटर मानिएको थियो भन्ने प्रसंग माथि नै उल्लेख भएको छ । पछि आएर व्यक्ति (पर्वतारोही तथा लेखकहरु) र देशै पिच्छे सगरमाथाको उचाई मान्न थालियो भन्ने पनि उल्लेख गरिएको छ । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाई आठ हजार ७२ मिटर लेखिएको छ भने, एक पे्रmन्च जोडीले लेखेको किताबमा सगमाथाको उचाई आठ हजार आठसय ४२ मिटर लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यु जिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमण्ड पर्सिभल हिलारीले प्रथम मानवका रुपमा सगरमाथाको शिरमा पाइला राख्न सफल भएका थिए । हुन त त्यसअघि पनि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, उनीहरुले पनि विगतका आरोही दलहरुले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए । तर, उनीहरु वर्षात् अघिको प्रयासमा आठ हजार पाँचसय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठ हजार १६ मिटरको उचाईसम्म पुग्न भने सफल भएका थिए । संभवतः सगरमाथा आरोहणको इतिहासमा त्यो उचाईसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरु नै थिए ।

हुन त केही समयअघि भारतीय टेलिभिजन च्यानल जी टीभीका सम्पादक/पत्रकारले सगरमाथा क्षेत्रको कालापत्थर गएर ए नामक दृश्य छायांकन गरेर सगरमाथालाई भारतले पनि दावी गर्नुपर्ने, परापूर्व कालदेखि भन्दै/पुकार्दै आएको ‘चोमोलुङमा’, ‘एभरेस्ट’ र ‘सगरमाथा’को सट्टा राधानाथ सिक्दर/सिकन्दरको नाममा नयाँ नाम ‘राधानाथ सिक्दर/सिकन्दर’ राख्नुपर्ने माग राखेका थिए । उनको त्यो मागले के संकेत गर्छ ? हामीले वेला छँदै सोच–विचार गर्ने हो कि, खालि नचाहिने ठाऊँमा र अनावश्यक रुपमा ‘खोक्रो राष्ट्रवादी !’ मात्रै भई रहने ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार