कुलुङले पाएको कोड र ‘राई’ यायोक्खा नामक एनओिको बाधा-व्यवधान !

  निनाम कुलुङ 'मंगले'
294 Shares

त्यसो त विसं २०६८ को ११ औं राष्ट्रिय जनगणना मै कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ जातिको मातृभाषी संख्या ३३ हजार १७० आई सकेको छ । वास्तवमा सोही आधारमा नै केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आगामी १२ औं राष्ट्रिय जनगणना (विसं २०७८) का लागि पनि कुलुङ जातिलाई जातिगत र भाषागत रुपमा अलग्गै कोड उपलब्ध गराएको छ । यसरी हेर्दा केतविले आगामी १२ औं राष्ट्रिय जनगणना (विसं–२०७८) का लागि कुलुङ जातिलाई उपलब्ध गराएको ‘जातिगत कोड–६२’ रहेको छ भने, कुलुङ ‘भाषागत कोड–२९’ रहेको छ । त्यसैले अब हामी सबैले हाम्रो समुदाय (कुलुङ) लाई जनगणना–२०७८ बारे बताउँदा, प्रशिक्षित गर्दा र प्रचारप्रसार गर्दा माथि उल्लेखित कोडअनुसार गरौं÷गराऊँ । हुन पनि विसं २०५८ को जनगणनामा कुलुङ जातिको जातिगत तथ्यांक आउन सकेको थिएन, भाषागत तथ्यांक मात्रै आएको थियो । किन त्यसो भएको थियो त ? भन्दा त्यो वेला सबैले कुलुङहरुले जातिको महलमा ‘राई !’ वा ‘कुलुङ राई !’ लेखे । फलतः कुलुङ जातिको सबै जनसंख्या कथित् ‘राई !’ मा गाभिन गयो ।

स्मरण रहोस्, आगामी १२ औं राष्ट्रिय जनगणनामा पनि हामीलाई कसैले (वास्तविकता नबुझेर कुलुङ–कुलुङबीचमै पनि) ‘कुलुङ’ मात्रै होइन, कुलुङ ‘राई !’ लेखौं भन्न सक्छन् । तर, त्यसरी ‘कुलुङ’ मात्रै नलेखेर, कुलुङ ‘राई !’ लेख्दा ‘कुलुङ’ को जनसंख्या फेरि पनि विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा जस्तै ‘राई !’ मा गाभिन जान्छ । र, कुलुङको जनसंख्या फेरि पनि कम आउँछ । त्यसैले विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा हामीले विसं २०६८ मा जस्तो भूल गर्दै जातिको महलमा ‘कुलुङ राई’ नलेखौं÷नलेखाऊँ । किनभने, ‘कुलुङ’ मात्रै नलेखेर कुलुङ ‘राई !’ लेखेमा फेरि पनि हाम्रो असली कुलुङ जातीय स्वपहिचान र कुलुङको जनसंख्या कम आउने छ । स्मरण रहोस्, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा पनि हाम्रा सोझासाझा कुलुङहरुलाई र कतिपय ठाउँमा त पढालेखा भनिएका र जनगणनामा खटिएका हाम्रै कुलुङ जातिका शिक्षक, शिक्षिकाहरुबाटै र, कुलुङ संघको केन्द्रीय कार्य समितिको जिम्मेवार तहमा रहेका व्यक्तिव्यहरुबाट समेत जात वा जातिको महलमा ‘कुलुङ’ मात्रै लेख्नु÷लेखाउनुको सट्टा कुलुङ ‘राई !’ लेखे÷लेखाए । फलतः कुलुङ ‘राई !’ लेख्ने जत्तिको सबै कुलुङको जनसंख्या ‘राई !’मा गाभिन गयो । तर, विसं २०७४ को स्थानीय निर्वाचनपछि त्यस्ता केही कुलुङ अगुवाहरुलाई स्थानीय तहमा ‘कुलुङ’ संघको सिफारिसमा ‘उहाँको नागरिकतामा ‘राई !’ वा गाई !’ जे भए तापनि उहाँ जन्मसिद्घ रुपमै कुलुङ हो’, त्यसैले उहाँलाई अल्पसंख्यकमा राख्नु÷मनोनित गर्नु÷गराउनु हुन अनुरोध छ ।’ भनी सिफारिस गरेर पठाएपछि नियुक्ति÷मनोनित पनि भएका छन् । त्यसैले अब उहाँहरु जस्ता व्यक्तिहरुले पनि विसं २०६८ को जनगणनाको सन्दर्भलाई कुलुङ बारे गरेको÷भएको भूललाई जोडेर प्रचारप्रसार गर्न अग्रिम मोर्चामा आउनु पर्छ भन्ने लाग्छ, यो वेला ।

हुुन त हामी कुलुङहरुका लागि मूख्य वाधक रहेको र, विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाको तथ्यांक आउने वेलामा कुलुङ जातिको अलग्गै तथ्यांक प्रकाशित नगर्न केन्द्रीय तथ्यांक विभाग (केतवि) लाई समेत अनेक धाक–धम्की र दवाव दिने ‘राई !’ यायोक्खा (स्मरण रहोस्, यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । अर्थ भने मलाई थाहा भएन ।) नामक एनजिओ, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, काठमाण्डौ जिल्ला प्रशासन कार्र्यलय÷काजिका रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५० का हर्ताकर्ता राई सर राईनी म्याडमहरुको पनि अब केही जोर–जुलुम ! नचल्ने भो भन्ने त कुलुङ समुदायले अलग्गै जातिगत र भाषागत रुपमा पाएको ‘जातिगत कोड–६२’ र ‘भाषागत कोड–२९’ ले प्रमाणित गरेको छ । यसले धेरथोर त्यस्तै हो, तर, १२ औं राष्ट्रिय जनगणनामा पनि कुलुङ जातिको जनसंख्या र भाषागत तथ्यांक अलग्गै रुपमा आउने पक्का भयो । त्यसैले हाम्रो वास्तविक संख्या देखाउन वा भनौं जनगणनामा कुलुङ लेखाउन लागि परौं । यसका लागि ‘धन हुनेले धन, जन हुनेले जन, समय हुनेले समय, … हुनेले … दिऊँ !’ भन्ने मेरो सबै कुलुङ वन्धुहरुमा एक पटक फेरि पनि हार्दिक अनुरोध छ ।

अर्को भनेको हामी (कुलुङ) का अगुवाहरुले विगत ‘२१÷२२ वर्ष देखि गाँठो देखिने पेन्ट र फित्तावाल चप्पल लाएर, प्mयाट्ट–फ्याट्ट गर्दै हिँडेको र, कहिलेकाही त “चिया–नास्ता समेत नखाई” खटेको फल प्राप्त हुँदैछ । हुन त कतिपय कुलुङ जातिका पैसा हुनेहरुले हजारौं–लाखौं नगदका साथै आप्mनो अमूल्य समय दिएका छन्, बुद्घि घोटेका छन्, अनेकौं ठाऊँमा धाएका छन्, यसरी धन, समय, बुद्घि लगायतको काम गरेको÷खटेको फल धन्य आज म जिउँदो हुँदै देख्न भोक्न पाउने भएँ ! तर, अभैm महत्वपूर्ण कुरो बाँकी नै छ । त्यो भनेको, कुुलुङ जाति पनि ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८ को दफा २ (क) अनुसार आदिवासी जनजाति सूचीमा सूचीकृत हुन’ बाँकी नै छ । हुन पनि हामीले जत्ति नै ठूलो स्वरले कराउँदै ‘हामी कुलुङ हो, ‘‘राई !’’ होइन’ अरु जात वा जातिसरह अलग्गै जाति हो ।’ भने तापनि आदिवासी जनजाति सूचीमा नपरेसम्म कसैले पनि कुलुङ अलग्गै जाति हो भनेर गन्दैन÷भन्दैन ! त्यही भएर पनि हामीले आदिवासी जनजाति सूचीमा सूचीकृत हुनका लागि विगत २०÷२१ वर्षदेखि विभिन्न खाले मागहरु राख्दै, जनवकालत गर्दै र, संघर्ष गर्दै आएका हौं÷छौं ।

त्यसो त सुरुमा हामीलाई (खासगरी मलाई) कुलुङबारे पढाउने÷बुझाउने महाकुलुङको तत्कालीन गुदेल–८ नाम्लुङका भूपध्वज जस्तो आदरणीय हुनुपर्ने मान्छे पछि गएर कथित् ‘राई !’ जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६, रजिस्टर्ड नम्बर–३२८÷०४९÷०५०)’ ले स्थापना गरेको ‘१० हजार नेपाली रुपैयाँको “मदनश्वरी राई पुरस्कार”मा बिके । त्यति मात्रै होइन, आपूm जिउँदो रहेसम्म कुलुङ भन्नेहरुलाई बिगार्छु, सप्रिन दिन्न ! भनी हिँडिरहेकै छन् । यसले पनि कुलुङ जाति सूचीकरण, कुलुङ जातिको भाषाको विकास, संस्कार, संस्कृति, भेषभुषा, रहनसहन, चाडपर्व, परम्परागत कानुन आदि दस्तावेजीकरणमा केही ढीला भयो, वाधा पुग्यो । किनभने, उनैलाई देखाएर अर्को पक्षले नेपाल सरकार, खासगरी तत्कालीन श्री ५ को सरकारको मातहतमा रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठाने दिने केही (सानो रकम) कुलुङलाई सीधै नदिएर राईको नाममा लान्थ्यो ।

हुन पनि अहिले त तिनै भूपध्वज तीन कदक अघि बढेर कहिले मुनु राईको नाममा, कहिले युवराज राईको नाममा, कहिले सोङघेर्वा … को नाममा, कहिले … के को नाममा कहिले … नाममा आप्mनै समुदाय अर्थात् कुलुङ विरुद्घ नानाथरी लेख्दै÷बोल्दै हिँडेका छन् । भुपध्वजको यो खालको ज्ञान, विवेक, चेतना, बुझाई र सोच हेर्दा विचरा !? भन्नुपर्ने हुन्छ । जे भए तापनि भूपध्वजको सो कार्यले कथित् ‘राई !’ जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई सर राईनी म्याडमहरुलाई भने ‘मुतको न्यानो’ भएको छ । फलतः राई यायोक्खाका पूर्व केन्द्रीय सदस्य, केन्द्रीय सचिव एवम् कान्तिपुर दैनिकका पत्रकार गणेश ‘राई !’ ज्युले ‘तुवाचुङ’ नामक अनलाईन न्युज पोर्टलमा भूपध्वजका बारेमा अन्ट–सन्ट (लिम्बु भाषामा भन्नु पर्दा मेन्जोसेन्जो !’) जीवनी वा भनौं बायोग्राफी लेखी दिन्छन् । हुन पनि ‘मर्ने वेलामा कमिलाको पनि प्वाँख उम्रन्छ अरे !’ भन्छन् । तर, राई यायोक्खाका हर्ताकर्ता राई सर राईनी म्याडमहरुले ‘कुलुङ जाति विरुद्घ जत्ति नै उफ्रीपाफ्री !’ गरे तापनि, कुलुङ विरुद्घ कुलुङ नै प्रयोग गरे तापनि’ जोर–जुलुम ! नचल्ने भो भन्ने त आगामी १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिले पाएको जातिगत कोड–६२ र भाषागत कोड–२९ नै बताई सकेको छ ।

खासमा बुभ्mनुपर्ने त भूपध्वजले नै हो । किनभने, उनी जन्मसिद्घ कुलुङ हुन् । तर, उनी आपूm जन्मसिद्घ कुलुङ भएर पनि (उनी थोमरोस थरका हुन् । कुलुङले थरलाई ‘पाछा’ भन्ने गर्छन् ।) यसरी कुलुङ विरुद्घ ‘बिगारसिङ !’ गरी हिँड्दा ‘मेरो मात्रै होइन, मेरो छोरा, नाति, पनाति, खनाति, जनाति, मनाति, …सम्मलाई कस्तो असर हुन्छ ? कुलुङ समाजको आउँदो पुस्ताले कसरी हेर्छ ? भन्ने हेक्का राख्नुपर्ने थियो कि ? हुन त म आपूm बाहेक यो धरतीमा जान्ने÷बुभ्mने अरु कोही छैन ! भन्ने अहम भएका÷बोकेका भूपध्वजलाई कसले मात्रै सम्झाएन, कसले मात्रै बुझाएन ???

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार