नेपालमा विदेशी नामका हिमाल र स्वीटजरल्यान्डमा ‘गोर्खा चुली’ !

  निनाम कुलुङ 'मंगले'
0 Shares

हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । त्यसमा पनि धेरैजसो अंग्रेजी भाषामा रहेको देखिन्छ । अंग्रेजी भाषाबाहेक फ्रेन्च, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । साथै हिन्दु देवीदेवता, केही प्रसिद्ध व्यक्ति, फूल, आदि नामले पनि आदिवासी जनजातिका भाषा रहेका हिमालका नामहरु विस्थापित भएको देखिन्छ ।

जस्तो समुन्द्र सतहदेखि नाप्दा हालसम्म विश्वकै अग्लो मानिएको –‘सगरमाथा’ हिमशिखरकै उदाहरण लिऊँ । उक्त हिमशिखरलाई आदि–अनादि कालदेखि उक्त हिमशिखरको वरिपरि बस्दै आएका दक्षिणतर्पmका मानिसहरु जस्तै कुलुङ लगायत अन्य किराती जातिहरु र शेर्पा, तामाङ लगायतले र उत्तरतर्पm (तिब्बती) आदिवासीहरुले चोमोलुङमा भन्थे÷भन्छन् । तर, त्यो वेला आजको जस्तो सुूचना र सञ्चारको जगजगी भएको जमाना थिएन । त्यसैले जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति प्रचारप्रसार भएन । यसरी आदि–अनादि कालदेखि बस्दै आएका भए पनि कुलुङ लगायत अन्य किराती जातिहरु र शेर्पा, तामाङ लगायतले आप्mनै घर–आँगन ! मा रहेको विश्वकै अग्लो हिमाल लगायत महत्वपूर्ण निधिहरुबारे चासो राखेनन् । निश्चय नै नेपालका आदिवासी जनजातिहरुले मात्रै नभएर चिनियाँ/तिब्बतीहरुले पनि चोमोलुङमा नै भन्थे/भन्छन्, ‘सगरमाथा’लाई ।

माथि एक प्रसंगा भनिए झैँ कुलुङ, शेर्पा लगायत आदिवासीहरुले आप्mनो वरिपरि वा भनौं घर–आँगनमा रहेको हिमाल र स्थान नामहरुको नामका सम्बन्धमा खासै चासो लिएनन् । अनि केही दिन वा केही महिनाका लागि हिमालमा घुम्न र हिमाल हेर्न आएका, हिमालबारे खोज–अनुसन्धान गर्न आएका र, सके चढेरै जान ! आएका नव आगन्तुक (विदेशी) हरुले आपूmले बुभ्mने (आप्mनै) भाषा र आप्mना महत्वपूर्ण मान्छेहरुको नाममा नयाँ नाम राख्दा पनि वास्ता गरेनन् । त्यसको परिणाम स्वरुप आज आप्mनै वरिपरि रहेका र आप्mनै मातृभाषामा आदि–अनादि कालदेखि पुकार्दै आएको आप्mनै आँखा अगाडि देखिने र महसुस गरिने महत्वपूर्ण र राष्ट्रिय सम्पदाहरु जस्तै हिमाल, डाँडापाखा, खोलानाला, वनजंगल लगायत स्थानहरुको स्थानको नामहरु अरुको भाषामा सुन्नु परेको छ । सुन्नु परेको मात्रै होइन, त्यही पराई भाषाको नामलाई नै आप्mनो ठान्नुपर्ने ! वाध्यता पनि आई परेको छ । फलतः आजभोलि ‘चोमोलुङमा’ हिमाललाई ‘चोमोलुङमा’ नामले होइन, ‘सगरमाथा’ वा ‘एभरेस्ट’ नामले बढी चिनिन्छ !

माथि नै भनियो कि, नेपाली हिमालका नामहरु अंग्रेजी भाषाबाहेक, फ्रेन्च, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि रहेका छन् । यहाँ केही त्यस्ता उदाहरणहरु दिइएको छ । नेपालको पूर्वी भेगमा रहेको कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात चुली’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ । हुन त कञ्चनजंघा हिमाललाई पनि लिम्बुहरु आप्mनो मातृभाषामा ‘सेन्छेलुङ÷सेवालुङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा कुम्भकर्ण भनिने हिमाललाई लिम्बुहरु ‘फक्ताङलुङ’ भन्छन् । यो हिमाललाई लिम्बु लगायत किरातीहरुले आप्mनो आराध्यदेवको रुपमा पनि पुज्ने/मान्ने गर्छन् । तर, अधिकांश विदेशीहरुले भने उक्त हिमाललाई फक्ताङलुङ वा कुम्भकर्ण नामले भन्दा पनि ‘जान्नु हिमाल’ भनेर चिन्ने गरेका छन् ।

त्यस्तै मकालु हिमाललाई कुलुङ जातिले ‘सेसेलुङ’ भनी पुकार्छन् । सगरमाथा क्षेत्रमा पनि केही हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो कि, आईल्यान्ड पिक, पिक–२९ आदि । उता लाङटाङ र अन्नपूर्ण हिमालमा पनि विदेशी भाषामा हिमालको नाम रहेको छ । गणेश हिमाल क्षेत्रमा पावेल÷पाविल नाम दिइएको एक हिमाल छ भने, लाङटाङमा एउटा हिमालको नाम जापानीज पर्वतारोही मोरीमोतोको नाममा ‘मोरीमोतो’ राखिएको छ भने, अर्को हिमाल उर्कीमाको नाम स्काउटका जन्मदाता बाडेल पावेलको नाममा ‘बाडेल पावेल’ राखिएको छ । त्यस्तै अन्नपूर्ण हिमालमा टेन्ट पिक, फ्ल्युटेड पिक, डोम ब्लँ, फिसटेल, बराह शिखर, बुद्ध हिमाल आदि नामका हिमाल छन् । यसरी हेर्दा अंग्रेजी र फ्रेन्च भाषा तथा जापानीज व्यक्ति र भाषा दुवैको नाम एवम् नेपालकै विभूति तथा भगवान मानिएका गौतम बुद्ध र हिन्दु देवता बराहको नामहरु मिश्रित रुपमा आएको देखिन्छ । उता धौलागिरी हिमश्रृङ्खलामा मानापाथी, पुतली, धाम्पुस, थापा पिक आदि नाम भएका हिमाल छन् भने मनाङ जिल्ला (पेरी हिम श्रृङखला) मा ‘रत्नचुली’ नामको हिमाल छ । रत्नचुली स्वर्गीय रानी रत्नको नाममा नेपाल प्रहरीको टोलीले सर्वप्रथम आरोहण गर्न गएपछि राखेको हो भन्ने भनाइ छ ।

माथि केही नेपाली हिमालका विदेशी नामहरुका सम्बन्धमा छोटो जानकारी दिइयो । अब साँच्चै नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमाल पनि होला त ? हो, यसबारेमा केही चर्चा गरौं । किनभने, शीर्षक नै स्वीट्जरल्यान्डमा ‘गोर्खाचुली’ जो राखिएको छ । हुन पनि पहिलो र दोस्रो विश्व युद्धमा बेलायती पक्षबाट लड्दा विभिन्न युद्ध मोर्चामा नेपालीहरुले खासगरी मगर, गुरुङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, जेरो (यिनीहरुलाई हाल राई ! भन्ने गरिन्छ/राई ! भनेर चिनिन्छ) लगायत किरातीहरुले देखाएको निडरता र बहादुरीले गर्दा विश्वभरि नै ‘नेपाली भन्ने बित्तिकै गोर्खाली र गोर्खाली भन्ने बित्तिकै नेपाली’ भन्ने पहिचान बन्यो । तर, अहिले आएर ‘गुर्खा’ वा ‘गोर्खा’भन्नाले मगर, गुरुङ, लिम्बु, आठपहरिया, याक्खा, बान्तावा, कुलुङ, बाहिङ, जेरो लगायत आदिवासी जनजातिहरुलाई मात्रै नभएर बाहुन, क्षेत्री, ठकुरी, सन्यासी, नेवार लगायत समग्र नेपालीलाई नै चिन्ने गरिन्छ/चिानाउने गरेको छ ।

जे होस्, सन् १९१४–१६ मा भएको पहिलो विश्व युद्धभन्दा २० वर्ष र सन् १९४१–४५ मा भएको दोस्रो विश्व युद्धभन्दा लगभग ४४ वर्ष पहिले नै अर्थात् सन् १८९४ मा नेपालका कुनै पनि हिमाल विदेशीले नचढ्दै नेपालका करवीर बुढाथोकी र हर्कवीर थापाले आल्पस पर्वतमालाको एक हजार माइल चाहारेर स्वीट्जरल्यान्डमा पर्ने एक चुली चढेका थिए । सो चुलीको नाम ‘गोर्खाचुली’ ९एष्श न्गचपजब० भएको थियो भनी स्वर्गीय डाक्टर हर्क गुरुङले सर विलियम कनवेको ‘द आल्पस् फ्रम एन्ड टु एन्ड’लाई उद्घृत गर्दै ‘विषय विविध’ नामक किताबको पाना नं. ६२ मा लेखेका छन् । यसरी हेर्दा नेपाली जाति वा ट्रेड मार्क ‘गोर्खा’को नाममा स्वीटजरल्यान्ड (विदेश) मा एक हिमालको नाम ‘गोर्खाचुली’ ९एष्श न्गचपजब० भएको/रहेको ज्ञात हुन्छ ।

यसरी नै स्वर्गीय डाक्टर हर्कं गुरुङले भैंm अध्ययन अनुसन्धान गर्दै र खोज्दै जाने हो भने अरु नेपाली वीर–वीरंंगनाहरुका नाममा पनि नेपालबोहका देशका हिमालका नामहरु राखिएको/रहेको हुन सक्छ ।
[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार