सगरमाथाः ‘कति धेरै उचाई, कति धेरै नाम !’ 

  निनाम कुलुङ ‘मंगले’
0 Shares

निनाम कुलुङ ‘मंगले’

यो लेखमा सगरमाथा आरोहणको केही इतिहासका कुरो, उचाईका कुरो र सगरमाथाको अनेक नामको सन्दर्भमा लेख्दै छु । यसरी हेर्दा सगरमाथाको आरोहण प्रयासको इतिहासको कुरो गर्दा सबभन्दा पहिले सगरमाथा आरोहण गर्ने प्रयास् सन् १९२१ मा भएको देखिन्छ । त्यो वेला नेपालतर्पm विदेशी (त्यो वेलाको भाषामा भन्नु पर्दा फिरिंगी÷फिरंगी !) हरुलाई जताभावी हिँड–डुल गर्ने दिने अनुमति नभएकोले बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरिको नेतृत्वमा तिब्बततर्पmबाट पहिलो प्रयास भएको देखिन्छ । खासगरी सन् १८५२ मा भारतमा खटिएर आएका सर्भेयर जनरल सर इन्ड्रयु वाग÷वाफ! ले एक्स भी अर्थात् चोमोलुङमा नै विश्वको अन्य हिमालभन्दा अग्लो हिमाल हो भनी घोषणा गरे । साथै यो हिमालको उचाई त्यो ेला आठ हजार ४० मिटर हो भनी घोषणा गरेपछि यो हिमाल आरोहण गर्नका लागि बेलायत, जर्मनी, फ्रान्स, इटली लगायत अन्य युरोपेली देशका पर्वतारोहीहरुले यो हिमालमाथि विजय पाउनका लागि आरोहण अभियान पनि साथसाथै थालेका थिए ।

खासमा सगरमाथाको सुरु देखिको असली र खास नाम चोमोलुङमा थियो÷हो । तापनि देवढुङ्गा, भैरवनाथ, चरी लमेनी, मितीगती, गौरीशंकर (तर, पछि गौरीशंकर हिमाल अलग्गै पत्ता लागेपछि हल भयो ।) चापोलुङमा, थर्ड–पोल, द गडेस मदर अफ द अर्थ, मदर गडेस अफ द स्काई, चोमो काङकार, चोमो लुुङमो लगायत डेढ दर्जनभन्दा बढी नामहरुले चिनिन्थ्यो । तर, सन् १८५६ मा सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभाग (हेड अफ सर्भे) प्रमख भएर काम गरेका बेलायती नागरिक जर्ज एभरेस्टको नाममा नयाँ नाम –‘एभरेस्ट’ राखियो । नोटः यी नामहरुमध्ये केही नामहरु ‘टु द थर्ड पोल नामक किताब’बाट लिईएको हो ।

त्यस्तै उचाईका सम्बन्धमा पनि आठ हजार ८८८ मिटर, आठ हजार ८४० मिटर, आठ हजार ८५० मिटर, आठ हजार ८७२ मिटर, आठ हजार ८४४ मिटर, आठ हजार ८४८ मिटर आदि रहेको थियो भने सन् १९६० को दशकदेखि आठ हजार ८४८ मिटरलाई आधिकारिक र स्थिर उचाई मान्एिको छ । तर, अमेरिकीहरुले भने सगरमाथा÷एभरेस्ट अर्थात् चोमोलुङमाको उचाई आठ हजार ८५० मिटर हो भनी रहेका छन् । उता चीनले भने, सगरमाथाको उचाई आठ हजार ८४८ मिटर र आठ हजार ८५० मिटर होइन कि, आठ हजार ८४४ मिटर हो भनी रहेको छ । स्मरणीय छ, चीनतर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुले प्रमाणपत्र पाउँदा आठ हजार ८४४ मिटरकै प्रमाणपत्र पाउने गरेका छन् । जे भए तापनि अमेरिकीहरुले सगरमाथाको उचाई आठ हजार ८५० मिटर हो भन्ने प्रमाणका लागि दुई–दुई पटक सगरमाथाको नापजाँच पनि गरी सकेका छन् । त्यसो त नेपाल सरकारले यो विवादबारे वास्तविकता पत्ता लगाउन गएको लगभग दुई वर्षदेखि नै सगरमाथाको नयाँ उचाई पत्ता लगाउनका लागि नापजाँचका सम्बन्धमा नापी विभागलाई कार्यादेश दिएको हुनाले नापी विभागमार्पmत काम भई रहेको छ । उता चीनले पनि गत मार्च–अप्रिल महिनामा चीनतर्पmबाट सगरमाथाको उचाई लिई रहेको समाचार आएको थियो । यसरी हेर्दा अब छिट्टै नै सगरमाथा÷एभरेस्ट अर्थात् चोमोलुङमाको नयाँ उचाई आठ हजार ८५० मिटर हो कि, आठ हजार ८४८ मिटर हो कि, आठ हजार ८४४ मिटर हो ? घोषणा हुने छ ।

जे भए तापनि त्यो वेला नेपालतर्पmबाट सगरमाथा जाने अनुमति नपाएकाले अंग्रेज टोली तिब्बतको १३ औं दलाई लामाबाट सन् १९२० मा अनुमति पाएपछि सन् १९२१ मा पहिलोपटक अंग्रेज टोली भारतको सिक्किम, दार्जिलिङ हुँदै तिब्बतको बाटो हुँदै सगरमाथातर्पm लाग्यो । यसरी हेर्दा सन् १९२१/२२/३३/३४/३५/३६/३६ को बीचमा कयौंपटक तिब्बततर्पmबाट सगरमाथा आरोहण गर्ने र रेखी (नापजाँच) काम भएको देखिन्छ । तर उनीहरुले त्यो वेला शिखरमा पुग्ने सफलता भने पाउन सकेनन । बरु सो वेला आरोहण टोलीका एक सदस्य रहेका डा. एएम कल्लसको बाटोमै मृत्यु भयो । भनिन्छ उनी हर्ट फेल्यर/फेल्योर भएर मरेका थिए । यसरी उनी सगरमाथाको रेखी गर्ने र आरोहण गर्ने क्रममा सहिद हुने ‘पहिलो पर्वतारोही सहिद !’को रुपमा स्थापित हुन/दरिन पुगे !

जब सन् १९३८–३९/१९४४–४५ को दोस्रो विश्व युद्ध सकियो, त्यसपछि भने नेपालले पनि सगरमाथालगायत आप्mनो देशमा रहेको विभिन्न हिमालहरु आरोहण गर्न दिनका लागि आप्mनो भू–क्षेत्रबाट बाटो खुल्ला गर्यो । त्यसैको फल स्वरुप सन् १९४९ मा स्वीट्जरल्यान्डका एक पर्वतारोहण टोली पहिलोपटक भारतको जोगबनीसम्म रेलमा र त्यहाँबाट धरानसम्म लरीमा रधरानदेखि तमोर, धनकुटा, अरुण–भ्याली, साल्पा पास, महाकुलुङ, दूधकोशी, नाम्चेबजार हुँदै गए । नोटः ‘टु द थर्ड पोल नामक किताब’मा उल्लेख भएअनुसार त्यो वेला राणाहरु (धनकुटा गौंडाका बडाहाकिमलाई इंगित गरेको हुनुपर्छ ) धेरै नै सहयोगी भएको र ‘मिलिटरी एस्कोर्टिङ’ समेत गरिएको भनी लेखिएको छ । तर, सो टोली सगरमाथा चढ्न सफल भएन । तापनि नुप्चे, आमाडाब्लाम, पुमोरी, ल्होत्चे, ल्हो–ला लगायत हिमाल र पासहरुको नापजाँच नजिकबाट गरियो, फोटोहरु नजिकबाट प्रशस्तै लिईयो ।

सन् १९५१ मा सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला .(भोजपुर) तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गए । तर, उनीहरुले पनि सफलता पाउन सकेनन् । त्यस्तै सन् १९५२ मा पनि स्वीस टोलीले नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरे । तर, उनीहरुले पनि सगरमाथा आरोहण गर्नमा पूर्ण रुपमा सफलता पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा ८,५९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा ८,०१६ मिटरको उचाईसम्म पुग्न भने सफल भए । संभवतः त्यो वेलासम्म त्यो उचाई नै सगरमाथाको सबैभन्दा माथिल्लो उचाईमा पुगेको नयाँ कीर्तिमान रहेको थियो । यसरी सगरमाथा आरोहणको इतिहास हेर्दा लगभग ३२÷३३ वर्षको प्रयासमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणमा बल्ल मानव सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड पर्सिभल हिलारी (त्यो बेला न्यूजिल्याण्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथमपटक सफलता प्राप्त गरे । उनीहरु बेलायती टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए ।

त्यस यताको लगभग ६७/६८ वर्षको इतिहासमा सगरमाथामा आरोहणको क्रममा अनेक खाले कीर्तिमानहरुको लर्को लागेको छ । जस्तो कि, पहिलो पटक एक्लै सगरमाथामा आरोहण गर्ने इटलीका रेनहोलड मेस्नर हुन् । उनले सन् १९८० मे १९ मा उक्त सफलता पाएका थिए । त्यस्तै उत्तर दिशाबाट पहिलोचोेटि सगरमाथामा आरोहण गर्नेहरुमा चिनियाँ नागरिकहरु वाङ फु चोउ, गोम्पा र चु यिङ हुन् । त्यस्तै सगरमाथाको शिरमा मानव पाइला पुगेको लगभग २२ वर्षपछि पहिलो महिला सगरमाथामा आरोहीको रुपमा जापानकी जुन्को ताबेईले सफला पाईन् । उनले सन् १९७५ मे १६ मा सफलता पाएकी थिइन् । त्यस्तै नेपाली प्रथम सगरमाथामा आरोही महिला पासाङल्हामु शेर्पा हुन् भने धेरैपटक चोमोलुङमा चढ्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले आठपटक चोमोलुङमा चढी सकेकी छिन् । हालसम्मको विश्वकै अग्लो हिमशिखर मानिएको सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने काम सवलांगले मात्र होइन, अन्धा–अपाङ्गले समेत गरेका छन् । सन् १९९८ मे २७ मा टम ह्विटकर नामक अमेरिकी अपाङ्ग नागरिकले सगरमाथामा आरोहण गरेर मौका पाउँदा अपाङ्गहरुले पनि सगरमागा आरोहण गर्न सक्छन् भनी देखाए । त्यस्तै यहुदी मूलका अर्का अमेरिकी नागरिक इरिक वेइनमेयर नामक अन्धोले पनि सन् २००१ म सगरमाथा आरोहण गर्न सफल भए । त्यस्तै समुद्रदेखि सगरमाथाको शिरसम्म अर्थात ‘सी टू समिट’ गर्ने अष्ट्रेलियाली नागरिक टिम म्याकार्टनी स्नेप हुन् । सो सफलता उनले सन् १९९० मा पाएका हुन् । यसरी अनेक कीर्तिमान राख्ने क्रममा नेपालका स्व. लोप्साङ जाङ्बु शेर्पाले नेपालीहरुले लगाउने विभिन्न पहिरनहरु जस्तै शेर्पा पहिरन, दौरा सुरुवाल र कराँते खेलमा लगाइने पहिरन लगाएर पनि सगरमाथा आरोहण गरेर नयाँ कीर्तिमान राखेका थिए ।

थप केही बुझ्नु परेः ०१४६२०२००, ९८४९९८५९९७, ९८६२४३६०४९

[email protected]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार