काठमाडौं : बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्नो करियरको सात सयौं गोल पूरा गरेका छन । ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्धको खेलमा गोल गरेपछि मेस्सीले करियरको सात सयौं गोल पूरा गरेका हुन् ।
एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्दा बार्सिलोनाका लागि मेस्सीले एक गोल पेनाल्टीमा गरेका थिए । जुन गोल उनका लागि करियरको सात सयौं गोल बन्यो ।
उनले कुल गोलमा ६३० गोल बार्सिलोनाका लागि र ६० गोल राष्ट्रिय टिमको जर्सीमा गरेका छन् । अर्जेन्टिनाका समेत कप्तान रहेका मेस्सी सात सय गोल पूरा गर्ने दोस्रो खेलाडी बनेका छन । यसअघि पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ७०० गोल पुर्याएका थिए ।
३३ वर्षीय मेस्सीले आफ्नो पुरै करियर बार्सिलोनाबाट खेलेका छन् । करियरमा मेस्सीले ८ सय ६० खेलमा सात सय गोल पूरा गरेका हुन् ।