कोभिड–१९ कोरोना भाइरसको दुनियाबाट इलामलाई मेरो पत्र !

  शर्मिला राई  963 पटक हेरिएको

शर्मीला राई

प्रिय इलाम,
मनको कुना कन्दरा बाट तिमीलाई धेरै धेरै माया…..

तिमी त आजसम्म सकुशल नै छौं है वर्तमान संक्रमणबाट टाढा नै छौं यस अर्थमा केही हदसम्म खुशी त छु र तिमीलाई पनि खुशी रहन कामना गर्दछु । हामी सबैलाई थाहा नै छ सायद, विश्व अहिले कोभिड–१९ नामक कोरोना भाइरसको संक्रमण र धेरै हाम्रा दाजुभाइ, दिदीबहिनी, आमाबुबा, आफन्तजन र सन्तान गुमाइ रहेका छौं । मैले तिमीलाई म खुशी रहेको जानकारी गराए अनि तिमीलाई पनि खुशी रहन त कामना गरे तर म सुशी भने छैन र तिमी पनि पक्कै यो संक्रमणको अध्यावधिले छट्पटाई रहेको छौं होला हैं ! खै ! कस्ले देख्ने त्यो पिडालाई ? हिजो अस्तिको दिनसम्म देश विदेश सम्झेर, खबर सुनेर अनि हेरेर अत्यास र त्रासमा त थियौं नै तर अब हेर त आफ्नै छिमेक, आफन्त अनि आँगनको साँधमा घुम्न थालेको छ त्यो भाइरस ।

प्रिय इलाम,
तिमी प्रति जति म मा माया ममताको सागर उर्लिन्छ त्यो भन्दा दोब्बर इलाम बासी प्रति माया जाग्छ खै किन हो कुन्नि ? तर निसंकोच रुपमा भन्नु पर्दा इलाम तिमी र इलामेली मेरो पहिचानको आफ्नै सम्बन्ध प्रगाढ छ त्यसैले होला आज म यस समयमा पलपल तिम्रै बारे चिन्तनशील छु ।

हो इलाम, म परदेशी छु तिमीसंग छुट्टिएर केहीदिनका लागि टाढा भएको छु यसको मतलब तिमीलाई भुलेर होइन सधै तिम्रै साथमा पाएको माया, शिक्षा, ज्ञान, साथ र सहयोग अनि तिम्रै अविभावकत्वमा विताएको पल र बललाई साथमा लिएर….। तर यदि जहाँ जे जस्तो अवस्थामा भए पनि तिमीलाई नै सम्झेर विताई रहेको हुन्छु र फर्केर तिम्रै काखमा आउने छु र मेरो अन्तिमपल फेरि बालापनमा झै गरी तिमी संगै विताउने छु ।

हेर न इलाम, यही विश्वव्यापी महामारीको समयमा पनि त मैलै तिमी लाई भुल्न अनि तिमीबाट टाढा रहन सकिन तिम्रो साथमा राजगर्ने अधिकारीहरुले त तिमीसंग भेट नहुन भनेको थियो नै तर पनि यो मन कहाँ मान्यो र मेरो बलजफतैले भएपनि आएनि संक्रमणबाट ज्यानै गुमाउन परे पनि तिम्रै काखमा अन्तिम सास फेरौलाभनेर …. !

तर इलाम, तिमीलाई भेट्न आएको दिनबाटै म तिमीमाथि भएको अन्याय, दुव्र्यवहार थिचो मिचो नियाली रहेको छु तिमी कति सहनशील है साँच्चै धर्ती माता नै हौ इलाम तिमी । अन्य राष्ट्रको कुरै नगरौ अन्य जिल्लाको बारेमा सुनेर तिमलिाई कतिपनि पीडा भएको छैन होला त ? संक्रमणले एक दिन झ्याप्प अंगाल्न आएको खण्डमा आफ्नो जिल्लाबासी नागरिक सम्झेर पक्केै अत्तालिन्छौं नै, हारगुहार माग्छौं नै तर तिमी नै सोच न त्यो समय हामी सबैको लागि ढिलो भइसकेको हुनेछ । मलाई त यो महिना दिन तिमीलाई नियाली रहदा यस्तो लाग्यो कि तिमीलाई पिडा र तर हामीले तिम्रो पिडा र चिन्तामाथि रमाईलो गरिरहेका छौं ।

तिमीलाई साथ दिन केही स्थानीय संचार माध्यम, संघसंस्था र केही स्थानीय सरकार अनि व्यक्तिहरु समेतले बाँच र बचाऔं, राम्रो र हाम्रो इलाम भनेर लाग्न त लागेको पनि छ तर एक थुकी सुकी भए जस्तो छ इलाम । त्यसैले त आज म तिमीलाई बाध्य भएर यो पत्र लेख्दैछु अनि अनुरोध पनि गर्छु कि यो पत्र पढेर तिमी अब केही बोल है प्लिज, इलामबोल न ल प्लिजजजजज! !!!

तिमी बोल,बोल्ने आवाज खोज, हामी पनि साथ दिन्छौ तिमीले बोल्ने ठाउंहरु कति धेरै छ बरु मेरो विवेकले भ्याए सम्म म पनि केही जानकारी दिन्छु तर बोल इलाम, हेर त इलामबासी हामी त यो महामारीप्रति जति त्रसित छौं नि तर सुरक्षित रहने आधारभुत उपाय पनि त अवलम्बन गरेका छैनौ । हामी त कहिले कोभिड–१९ कोरोना भाइरस आइपुग्छ अनि स्वागतगर्दै भकाभक लडौला भने झै गरिरहेका छौं त !तिमीले तिम्रो गाउंको स–साना देखि लिएर ठुलै चोक बजार नियालेको छौ ? अझ साँझको ५ बजेपछि…. ! अनि देखेको छौ ? सुरक्षाकालागि अपनाएको उपायहरु.. ! अनि देखेको छौ? सामुहिक खेल खेलाई, भलाकुसारी, खुल्ला पसलहरुका विक्रेताको सावधानीको उपायहरु…… ! ! हेर न एकपटक ल…… !

इलाम, दुःख लागेर आउछ आफु देखि आफैलाई । इलामेली प्रमाण पत्रबाहक शिक्षित, विज्ञ र नेतृत्व देखेर… ! हेर न ! एकातिर सावधानी छैन अर्को तिर गरीबको घरमाचुलो निभेको छ । आगो खोज्दा राजनितिक छापसंगै टाासिएको छ। अनि त इलाम,अबबोल कम्तिमायीतलका कुरा बोल यसमा कुनै राजनितिको सिद्धान्त र छाप होइन यस जोखिम र विपद्को घडीमा आफ्नो नागरिकको लागिबोल !

१. कोभिड १९ कोरोनाभाइरस व्यवस्थापनकोषमा संकलन भएका सहयोग रकमले सबैलाई सकारात्मक र स्वयं सावधानी अपनाउन र सुरक्षित रहन जनचेनता जगाउन रेडियो,टेलिभिजन कार्यक्रमहरु, चोक चोकमा माइकिङ्ग, पोष्टर, सामाजिक संजालमार्फत सुचना, स्थलगत अनुमगन आदि गर्न स्थानीय सरकार, संघसंस्थालाई आव्हानगर्न बोल ।

२. सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मी तथा स्वयंसेवकहरुलाई व्यक्तिगत सुरक्षाको लागिउपकरण (पिपिई)को अनिवार्य व्यवस्थागर्न बोल ।

३. अत्यावश्यक अवस्थामा संचालन गरिने यातायातका साधन तथा कर्मचारीहरुलाई सिमाना प्रवेशको समयमा डिइन्फेक्सन सेनिटाइज गर्ने औजारको व्यवस्थापन र कार्यान्वयनका लागिबोल ।

४. संचालित कार्यालयहरु, पसलहरुमा अनिवार्य साबुनपानीले हातधुने ठाउं वा सेनिटाइजरको अनिवार्य व्यवस्थागर्न र कर्मचारी तथा विक्रेताक्रेताहरु लाई अनिवार्य माक्स र हातमा पञ्जाको प्रयोग गर्न भनेर बोल ।

प्रियइलाम,

यी त मेरो आँखाले नियालेका केही सामान्य कुरा मात्र भनेकी हुँ यसरी हेर्दा धेरै कुरा तिमी अनि स्थानीय सरकार, संघसंस्था, संचारकर्मी, मानव अधिकारकर्मी र बुद्धिजिवी सर्कलका अग्रजहरुले नियाल्न सक्नु हुन्छ त्यसैले अब सहयोग माग, अनुरोध गर न इलाम हाम्रो लागि है । म पनि तिमीलाई साथ दिन सबै संग अनुरोध त गरि नै रहेको छु तर मेरो यो आवाज र भविष्यमा आउन सक्ने खतरालाई कसैले न त सुने कै छ न त सोचै कै छ । त्यसैले त धेरै बर्ष पछि आज मैलै व्याध्य भएर तिमीलाई यो पत्र लेखेको छु मेरो पत्र सबैलाई पढ्न देउ है इलाम ।

अनि अर्को अनुरोध नि ! इलाम,तिमीले यो पत्र पढेर विश्वास लागेन भने स्थलगत अनुगमनका लागि सम्बन्धित निकायहरुलाई परिचालन गर न है । अनिचोक बजारमा समुहमा बाँधिएर झुण्ड झुण्डबसी भलाकुसारी गर्ने, खेल खेल्ने, वरपर हिडडुल गर्नेलाई नियमन र नियन्त्रणका लागि चाहि जति सक्दो चाडो सोच्न सबै निकायहरुलाई पहल र परिचालन गर न इलाम ।

अन्तिममा नि इलाम, खाद्यान्न ढुवानी, एम्बुलेन्स जस्ता यातायातका साधनलाई कसरी डिइन्फेक्सन गर्न सकिन्छ व्यवस्थागर्न अति आवश्यकहाकि जस्तो लाग्छमलाई त, किनकियी साधनहरु तराईका धेरै जिल्लाहरुमा आवतजावत गर्नैपर्ने हुन्छ । इलाम तिमीले यति मात्र गर्न सकेउ भने ताप्लेजुङ्ग र पाँचथरलाई पनि प्रत्यक्ष सहयोग पुग्छ नि थाहा छ ?

ताप्लेजुङ्ग र पाँचथर आवतजावत गर्ने यातायातका साधन पनि त तिमी संगै भेट गरेर मात्र यात्रा गर्छन नि त है अनि बरु झापा र तिम्रो सिमानामा डिइन्फेक्सन उपकरण व्यवस्थापन गर्न त तिमीले ताप्लेजुङ्ग र पाँचथरसंग पनि त समन्वयगर्न सक्छौ नि हैन र ?

ल ! हेर न इलाम, तिमीलाई के सम्झना स्वरुप एक दुई शब्दकोर्छु भन्ठानेको त धेरै नै पो लेखेछु । तर केही छैन मलाई पूर्ण आशा छ कि यो पत्रको भाव तिमीले बुझ्ने छौ अनि परिवर्तनशील कदम चाल्ने छौं । सावधानी अपनाउन पहल र कार्यान्वयन पनि गर्ने छौं । यही झिनो आशाका साथ आजको लेखाई बन्दगर्न चाहान्छु ।

सबैलाई घर घरमा बस, सुरक्षित बस र स्वस्थ्य बस। आफ्नो ख्याल आफैं गर भनी देउ है इलाम । अनि तिमी पनि सधै यस्तै खुशी र स्वस्थ्य बस, सुखी हुने कदम संगसंगेै चाल्नुपर्छ है त इलाम ।

                                                                  टाटा इलाम, अर्को पत्रमा भेटौला !
                                                            तिमीलाई माया र याद गरिरहने उही तिम्रो
                                                                     इलामबासी म सर्मिला राई

                                                                        ठेगाना : इनपा १ रक्से

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार