बंगलादेशमा हुने कराँते प्रतियोगितामा इलाम चुलाचुलीका योङहाङ सहभागी हुँदै

चुलाचुली : आउँदो शुक्रबारदेखि बंगलादेशको जेसार शहरमा हुने अन्तराष्ट्रियस्तरको कराँते प्रतियोगितामा सहभागी हुन इलामको चुलाचुलीबाट एकजना जना खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

चुलाचुली गाउँपालिका वडा नम्बर ५ का कराँते खेलाडी मनकुमार योङ्हाङले ६० केजी तौल समुहमा प्रतिस्पर्धा गर्ने बताईएको छ । त्यस्तै सो खेलमा सहभागी हुन दमक ३ का मन बहादुर लिम्बु, पेमदिकी शेर्पा र प्रशिक्षक डम्बर बहादुर सुनुवार पनि त्यस तर्फ गएका हुन् ।

लिम्बुले ६० केजी तौल समुहबाट र शेर्पाले ५० केजी तौल समुहबाट प्रतियोगितामा आफ्नो खेल प्रस्तुत गर्ने जनाइएको छ । एक प्रशिक्षकसहित ४ सदस्यीय सो खेलाडी टोलीलाई आज दमक ३ को वडा कार्यालयले सक्षिंप्त कार्यक्रम गरि विदाई गरेको छ ।

सो अवसरमा नगरपालिकाकी उपमेयर गीता अधिकारी, वडाध्यक्ष नविन बराल, वडा सदस्यद्धय तनकुमारी दाहाल, सुकदेव लुइँटेल, वडा सचिव सन्दिप सुवेदी लगायतले खेलाडीहरुलाई अग्रिम शुभकामना सहित विदाई गरेका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार