इलाम : इलाममा संचालित अन्तरविद्यालय स्तरीय फूटसल लिग प्रतियोगिताको उपाधि जुविलेन्ट इलामइट एकाडेमी इलामले जितेको छ ।
शनिबार भएको फाइनलमा ज्योति विद्या मन्दिर इलामलाई ५-३ को अन्तरले पराजित गर्दै जुबिलेन्टले उपाधि जितेको हो । प्रतियोगिताका उत्कृष्ठ खेलाडी उपविजेता ज्योतिविद्याका संगीन लिम्बू घोषित भए ।
इलाम स्पोर्ट सेन्टरका संचालक सुरेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्याब्सन जिल्ला अध्यक्ष विकास कर्माचार्यले विजेता र उपविजेतालाई पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको संचालन इलाम स्पोर्ट सेन्टरका रोशन राईले गरेका थिए ।
प्रतियोगितामा सदरमुकामका ८ नीजि विद्यालयको सहभागिता थियो ।