नझुक्ने नेपाली (कविता)

खेम अधिकारी

यो हाम्रा पूर्खाहरुले रगत, पसिना र वीरताले
जोगाइ राखेको स्वतन्त्र, स्वाधिन, सार्वभौम
अनि स्वाभिमानी देश नेपाल
कसैले कुनै छेउभित्तामा हलो नचापे हुन्छ
चाहे पूर्वमा पशुपतिनगर होस्
चाहे पश्चिममा लिम्पियाधुरा होस्
चाहे दक्षिण गुलरिया अनि उत्तरको ओलागंचोगगोला
साम्राज्यवाद र विस्तारवाद स्वीकार छैन
नेपाली स्वाभिनानका लागि हिमाल झैं अटल छ
सत्रुका लागि पहाड झैं पत्थर छ
अनि मित्रका लागि तराई झै समथर छ
यो विर बलभद्र, भक्ति थापा, पृथ्वीनारायण अनि विसे नगर्चीको मुलुक हो
यो खुकुरीले विश्व थर्काउने वीर वीरंगनाको देश हो
विश्वमा शान्ति फिजाउने बुद्धको देश हो
शत्रुता या भित्रता तिमी के चाहान्छौं त्यही दिने देश हो
गुलाम न पूर्खा भए न सन्तती
भोकै लड्छन् तर पूर्खाको बाटो र आफ्नो माटो कदापि छोड्दैनन्
अखण्ड देशको खातिर सतिसाल भएर उभिन्छन्
कसै कसैले यति कुरा बुझे हुन्छ
नेपालीको शिर काटिएको इतिहास छ तर झुकेको छैन
अनि झुक्ने पनि छैन

‘Nepalese have the glorious history of being beheaded, not being bowed’

खेम अधिकारी, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार