चुलाचुली पाठशाला नाटक उत्सव भव्यताका साथ सम्पन्‍न (फोटोफिचर)

  नयाँ बुलन्द
7 Shares

चुलाचुली :`विश्वव्यापीकरणमा ग्रामीण साैन्दर्यकाे खाेजि´ नारा रहेको “चुलाचुली रंगमञ्च” ले दुई दिवसीय  “चुलाचुली पाठशाला नाटक उत्सव-२०७६” काे मञ्चन सम्पन्न  गरेको  छ ।

चुलाचुली गाउँपालिका ३ स्थित सामुदायिक कबर्ड हलमा चुलाचुली रंगमञ्च र शुरूवात थिएटर, क्रियटिभ जर्नी फाउन्डेसन तास्मनीया अष्ट्रेलियाकाे संयुक्त आयाेजना रहेकाे नाटक उत्सव शरणहाङ जबेगुकाे संयाेजकत्वमा सम्पन्न भएको थियो  ।

उक्त नाटक उत्सवमा ६ वटा नाटकले सहभागीता जनाएको थियाे । झापाका सिकिया पुस्तकालयबाट मंगली, परिवर्तन थिएटरबाट छुई र इलाम चुलाचुलीकाे चुलाचुली बाेर्डिङ स्कुलबाट दुई केटी, जनता माध्यमिक विधालयबाट पारिवारिक पुनः मिलन, अन्तु एकेडेमीबाट चमेली, अमृत बाेर्डिङ स्कुलबाट लाैरी नाटक मञ्चन गरिएको थियाे ।

जेठ ३२ देखि असार १ गते सम्म नाटक  उत्सव आयाेजना गरिएको हाे । उक्त  उत्सव तयारी भने डेड महिना अघिदेखि सुरू गरिएको भएपनि नाटक निमार्ण प्रक्रिया समय भने २० दिन रहेकाे चुलाचुली रंगमञ्चका संस्थापक अध्यक्ष तथा निर्देशक चेतन आङथुपाेले बताए ।

उनले गाउँमा रंगमञ्च व्यवस्थापन गर्ने उदेश्य रहेको बताउँदै यसपटकको उत्सव शैक्षिक पाठ्यक्रमलाई आधार मानेर विधार्थीहरूसँग भएको प्रतिभा वा अभिनय क्षमतालाई बाहिर ल्याउने प्रयास गरिएको थियो । यसलाई कला वा नाटककाे माध्यमबाट बाहिर ल्याउन रंगमञ्चका  जुनियर  ६ निर्देशकहरू संजय विश्वकर्मा, प्रविन मगर , विवेक खतिवडा, जेम्स लिम्बू, शिखर लाम्गादे, सन्ताेस गिरीले  आआफ्नाे क्षमतालाई काममा देखाउन सफल भएको छ ।

२ लाख ५० हजार बढि खर्च भएको नाटक उत्सवमा झापा कदम थिएटर, चुलाचुली मानव कम्प्युटर इन्स्टिच्युट, फाेटाे हाउस दमक, चुलाचुली गाउँपालिका र उक्त गाउँपालिका रहेकाे ६ वटा वडा कार्यालयहरूकाे समेत सहकार्य रहेको थियो  ।

नाटक उत्सवकाे पहिलाे समउदघाटन कार्यक्रम  गायक तथा साहित्यकार गणेश रसिककाे प्रमुख अतिथित्वमा रहेको थियाे भने, चुलाचुली गाउँपालिका ३ का अध्यक्ष नरबहादुर लावतीकाे प्रमुख अतिथित्वमा समापन गरिएको थियाे ।

यसपटक नाटक हेर्नलाई ९ सय बढि दर्शकहरूकाे उत्साहजनक उपस्थित रहेको थियाे । नाटक हेर्नेमा स्थानीय समाजसेवी, बुद्धिजीवी, अभिभावक, शिक्षक, विधार्थीहरू थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार