कन्काई र देउमाई नगरपालिका विजयी

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको करफोकमा जारी दोस्रो सुर्योदय मेयर कपको आजको खेलमा कन्काई नगरपालिका झापाले इलाम नगरपालिका इलामलाई २–० गोल अन्तरले पराजीत गरेको छ ।

खेलको तेस्रो मिनेटमा कन्काईका रमेश खरेलले पहिलो गोल गर्दै कन्काईलाई अग्रता दिलाएका हुन् । पहिलो हाफको २४ औ मिनेटमा रमेशले दोस्रो गोल गरे ।

यस अघिको पहिलो खेलमा दमक नगरपालिका निर्धारित समयमा मैदानमा प्रवेश गर्न नसक्दा देउमाई नगरपालिका स्वत विजेता घोषित हुदै सेमि फाईनलमा पुगेको छ ।

सोमबार पहिलो खेलमा आयोजकले सिवसतासीको सामना गर्दै छ । दोस्रो खेलमा माई नगरपालिकाले साविक विजेता मेची नगर नगरपालिकालाई सामना गर्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार