आयात प्रतिस्थापन र राष्ट्रिय अर्थतन्त्र

  गोपाल पौड्याल
0 Shares

गोपाल पौड्याल

प्राकृतिक स्रोत,साधानको धनि देशको उप नामले चिनिने हाम्रो देश आयात प्रतिस्थापन गर्नका निमित्त सीमित उद्योगहरु मात्र निहित रहेका छन् त्यसमा पनि यी उद्योगहरुले धेरै औद्योगिक सामानहरु विदेशबाट आयात गर्छन् । आयात घटाउन सहयोग गर्ने सबै उद्योगहरुलाई आयात प्रतिस्थापन उद्योग भनिन्छ । राष्ट्रिय बजारलाई समेट्दै घरेलु उत्पादनहरुले देशलाई स्वावललम्बी हुनमा सहयोग पु¥याउँछ । नेपालले सन् १९६१ देखि आयात प्रतिस्थापन नीति लिएको छ । नेपालमा आयात प्रतिस्थापन उद्योगहरुलाई प्राथमिकता दिइएता पनि अझै जति गर्नसकिनेहो उत्ति भने चाहि प्रतिस्थापन गर्न सकिएको छैन । देशको राजनैतिक अस्थिरता नै यस्ता लघु,साना तथा मझौला उद्योगहरुको वाधक सावित भएको छ । सन् १९६१ देखि हाल,सन् २०१८ सम्मलाई गहन विश्लेषण गर्ने हो भने सिमिति उद्योगहरु मात्र आयात प्रतिष्थापनको निमित्त अगाडि बडेका छन् जस्ले कुल मागको करिव ३५ प्रतिशतमात्र आपूर्ति गर्न सफल छन् अन्य माग बाहिरी देश बिशेषत भारतमा र्निरभर रहेको पाइन्छ ।

रमाइलो पक्ष त के छ भने करिव ६५ प्रतिशत भन्दा माथि नागरिकहरु कृषि पेशामा आवद्ध भएको तथ्याँकहरु र प्राकृतिक स्रोत,साधनले सुसज्जित रहेको देश भनिएको पाइएता पनि कृषि उपजका बिषेश दैनिक उपभोग्य बस्तु,साग,सब्जि समेत विदेशमा नै निर्भर रहनु पर्ने अनुभुतिहरु हामि इलामे स्वयमले पनि गरेकै छौ ।यतिमात्रै हैन हालसालै जिल्ला भित्रको कुनै ग्रामिण भेगमा संचालित केहि लघु उद्यमहरुको भ्रमण गर्ने क्रममा अझै बडि के देखियो भने घरबाट लघु व्यवसाय गर्ने, सवल स्वाथ्य रहन र बन विनाशहुन वाट जोगाउन ट्वाइलेट जडित ६ घन.मि.को ग्यास खाना बनाउन लगायत उपभोग गर्ने गरेको राम्रो पक्ष समग्र गाउँकै प्रचलन रहेको एकातिर पाइयो भने अर्कोतिर अनावश्यक सिलिन्डर ग्यासहरु पनि मौज्दात रहेको पाइयो । खेति योग्य जमिनहरुको अवलोकन गर्दा प्राय जमिनहरु बाँझो रहेको देखियो यस प्रति खास चिन्ता किसानहरुमा पनि थिएन, अव कल्पना गरौ कृषि प्रधान देश,आयात प्रतिष्थापनको प्रयास,दैनिक उपभोग्य सामानको बजार माग र देशको अर्थतन्त्र ।

राज्य पक्षवाट कृषि पेशालाई महत्वका साथ नहेरिनु,राज्य वाट दिइने सेवा,सुविधामा कृषकहरु र ब्यवसायीहरु लाई बिभेद गर्नु जस्तैः देशका कार्यपालिका,ब्यवस्थापिका र न्यायपालिका मातहतका नेता तथा कर्मचारिहरुलाई वार्षिक तलवमान बृद्धि र महङ्गि भत्ताको ब्यवस्थापन गर्दा किसान तथा उद्यमि,ब्यवसायीहरुको निमित्त कुनै पनि प्रकारको सेवा,सुविधा नहुनु,जस्तैः दैनिक उपभोग्य सामानहरुमा छुटको ब्यवस्था नहुनु वा कृषकहरुको सरकार नै वेग्लै भएको जस्तो ब्यवहार राज्य पक्षको देखिनु,घरेलु औजार तथा मशिन हरुमा तोकेर छुटको ब्यवस्था नहुनु,बजार र बजारिकरणको उचित ब्यवस्थापन नहुनु, चुनावको वेलामा आसपासनहरु वाँढेर भोट बैंक मात्र बनाउनु आदि। फलस्वरुप पौराणिक कृषि प्रणालिलाई नै हालका किसानहरुले समेत अवलमन गर्नु वा विदेशिनु,कृषिलाई आधुनिकिकरण गर्ने राज्यको प्रमुख निति नहुनु,कृषि उपजहरुलाई स्थानिय स्तरमा नै प्रशोधन गर्ने निति तथा प्रशोधित बस्तुहरुको निष्चित बजार र मुल्य तोकेर कार्यन्वयनमा ल्याउने निति राज्यले अवलमन गर्न नसक्नु यावत कारणले कृषि प्रधान देश काममा भन्दा पनि नाममा मात्र रहेको तितो यर्थाथ हो। हिमालि भेगमा रहेका जडिबुटि र तिनिहरुको प्रशोधन गर्ने भिन्न औषधिजन्य कारखानाहरुको स्थापाना गरि संचालन गर्ने हो भने स्थानिय तहहरुमा नै बस्तु बिशेषको मुल्य अभिबृद्धि हुने,स्वरोजगारिका अवसरहरु हुने, विदेश पलायन हुने युवा शक्ति देशमा नै केन्द्रिक्रित हुने,राजश्व तथा अन्य आयहरुमा बृद्धि भई देशको अर्थतन्त्रमा सुधार हुने र बिभिन्न प्रकारका औषधिजन्य बस्तुहरुको थप प्रतिस्थापन गर्न सकिने कुरामा दुईमत छैन । यस्तै गरेर पहाडि र तराई क्षेत्रमा उत्पादनहुने कृषि उपजहरुको स्थानिय तहमा नै प्रशोधन गरि विक्रि वितरणको सथोचित ब्यवस्था मिलाउने हो भने अवश्य पनि देशलाई घाटा लाग्ने थिएन ।सत्ता प्राप्ति र शक्ति संचयको खिच्चातानिको खेलले देशको जनसंख्याको ठूलो हिसा र समग्र अर्थ ब्यवस्थानै तहसनहस भई रहेको विद्यमान परिस्थितिले आम युवा र्सकल केवल निराशावादि चिन्तन र वेरोजगारिको अवस्थाले खाडि मुलुक लगायतका देशहरुमा गएर उक्त देशको सस्तो खेताला हुन वाध्य छन् ।जनसंख्याको करिव केवल २० प्रतिशत हिसा ओगटेको एक समृद्ध वर्गले राज्यले तय गर्ने निति,नियमहरु,सेवा,सुविधाहरु पनि घेरा बन्धिमा राख्ने र उनिहरु अनुकुल बनाउन दवाब र कवाब दुवै ब्यवस्था मिलाउनाले पनि देशमा बाकिँ रहेका जनसंख्यालाई (मध्यम वर्ग र निम्न वर्र्ग) बर्षेनि हुने बजेट भाषण र त्यसको अनयोल्ता कायमै छ । अव भने स्थानिय तह,प्रान्तिय तह तथा केन्द्रिय तहवाट विनियोजनहुने हरेक रकमहरु, तिनिहरुको र्शिषक र भुगोल जिल्लागत हिसावमा र्निदिश्ट हुन जरुरी छ । यस सँगै राज्यको औद्योगिक निति पनि कृषक तथा ब्यवसायीहरुको सापेक्षीत हुन आवश्क छ । यस गरे देशमा थप लघु,साना तथा मझौला उद्योगहरु नगरिकहरुले नै संचालनगरि अन्य देशवाट आयत गर्ने बस्तुहरुलाई प्रतिस्थापन गराइ देशलाई आर्थिक समृद्ध तर्फ धकेल्न मद्दत पुग्ने छ । देशको विद्यमान अवस्थालाई अध्यायन र विश्लेषण गर्दा निर्यात भन्दा आयात बढी भएकाले भुक्तानी सन्तुलनमा नकारात्मक असर परेको छ । मुख्य गरेर नेपालका आयात प्रतिस्थापन उद्योगहरुमा औषधि उद्योग,खाद्यन्न उद्योग,पेय पदार्थ,रासायनिक,फलाम र स्टिल,सुर्ती,विद्युतीय सामान,सिमेन्ट,कागत तथा चिनी उद्योगहरु पर्दछन् ।आयात प्रतिष्थापन गर्ने उद्योगहरुलाई विश्लेषणत्मक ढंगवाट यसरी हेर्न सकिन्छ।

औषधि उद्योग : औषधीका लागि नेपाल भारतीय औषधी उद्योगहरुमा निर्भरछ । हालका दिनहरुमा नेपालको औषधी उत्पादनहरुले लगभग ३१% बजार समेटेको छ । नेपालको औषधी लिमिटेड (तत्कालीन शाही औषधी लिमिटेड) र जरिबुटि उत्पादत तथा प्रसोदन लिमिटेड २ सरकारी कम्पनीहरु छन् । यस बाहेक नेपालको तराई क्षेत्रमा करिव तिन दर्जन जति औषधी कम्पनीहरु संचालनमा रहेका छन् जसलाई सकारात्मक रुपमा हेर्न सकिन्छ । जनसंख्याको हिसावमा र्हने हो भने यो उद्योगहरु धेरै न्युन मानिन्छ । भिविश्यमा अवस्य पनि औषधी जन्य उद्योगहरु खोल्ने क्रम बडेर जाने छन् र जस्ले आयात प्रतिष्थापनमा मद्दत गर्ने छन् ।

खाद्य तथा पेय पदार्थ उद्योग : हाल नेपालमा खाद्यय तथा पेय पदार्थ कम्पनीहरु संचालनमा छन् । केहि हद सम्म भएपनि नेपाल खाद्यय र पेय पदार्थ उत्पादनमा आत्मनिर्भर छ । खाद्यय उत्पादनमा बनस्पति घ्यू, चाउचाउ, विस्कुट, पिठो, पशु आहार आदि पर्दछन् । पेय पदार्थमा चिसो पेय पदार्थ, हल्का पेय पदार्थ, हाडड्रिङस् आदि पर्दछन् ।

रासायनिक उद्योग  नेपालका रासायनिक उद्योगहरुले पनि आयातको मात्रा घटाउनमा राम्रौ योगदान पु¥याएका छन् , त्यस अन्र्तगत साबुन, डिटरजेन्ट पाउडर, रङ्ग, मल, सलाई आदि उद्योगहरु पर्दछन् ।

फलाम तथा स्टिल उद्योग : नेपालमा फलाम तथा स्टिल उत्पादनमा सक्षम तथा आत्मा निर्भर छ , यि उद्योगले आवश्यक कच्चा पदार्थ मात्र आयात गर्दछन् । यस अन्र्तगत फलाम, छट, टिन, स्टिल, पाइप, तार जालि, स्टिल प्लेट, ग्रिल आदि उद्योगहरु पर्दछन्, यि सबै फलाम र स्टिल उत्पादन भने फ्याट्रिहरु तराई क्षेत्रमा अवस्थित छन् ।

सूर्ति उद्योग नेपाल सूर्ति उत्पादनमा आत्मनिर्भर छ यसका उत्पादन चुरोट र बिँडी प्रमुख रुपमा रहेका छन् । जनकपुर चुरोट कारखाना र सूर्या टोवाको कम्पनी प्रा.लि. नेपालका प्रमुख सूर्ति उद्योग हुन् । ग्राहाकहरुको चाहाना र आम्दानीलाई लक्षित गरि उद्योगले विभिन्न ब्रान्डका चुरोटहरु उत्पादन गर्दछन् । कहि ब्रान्डका चुरोटहरु अन्तराष्ट्रिय बजारमा समेत विक्रि हुन्छन् ।

इलेक्ट्रिकल उद्योग : इलेक्ट्रिकल उद्योगमा बिद्युतिय सामानहरु उत्पादन गर्ने कम्पनीहरु पर्दछन् , ति कम्पनीहरुले बल्ब, ब्याट्रि, प्लग, स्विच रतारहरु पर्दछन् । चालु बर्षहरुमा शहरी करण र ग्रामिण क्षेत्रमा विद्युत विस्तार हुदाँ विद्युतिय सामानहरुको मागमा ह्वात्त बढेको छ । यस्ता उद्योगहरुले पनि बिद्युतिय सामानहरुको आयातलाई कम गरेका छन् । नेपालमा इलेक्ट्रिोनिक्स उद्योगहरुले विदेशबाट पाठपूर्जा आयात गरि जोड्ने कार्य गर्दछन् । थि कम्पनीहरुमा टि.भी., कम्प्यूटर, रेफ्रिजेरेटर, ट्रान्जीस्तर, टेपरेकर्डर र घडिहरु जोड्ने का मगर्दछन् । नेपालमा कम पारिक्षमिक र बढ्दो मागका कारण यस्ता उद्यागहरु विकाश तथा विस्तार भइरहेका छन् ।

सिमेन्ट उद्योग : आर्थिक क्रियाकलापले विकाशको सिमेन्टको मागमा बृद्धि भएको छ । हेटैडा सिमेन्ट उद्योग, उदयपुर सिमेन्ट उद्योग नेपालका २ सरकारी सिमेन्ट उद्योगहरु हुन । यसको अलवा अरु धेरै निजि सिमेन्ट उद्योगहरु पनि नेपालमा संचालित छन् तर स्वदेशि सिमेन्ट उद्योगले कुल मागको २० प्रतिशत मात्र धान्न सकेको अवस्था छ ।

कागज उद्योग : कागज उत्पादन नेपालको परमपरा उद्योग हो, वर्तमान समयमा देशमा धेरै कागज उद्योग संचालन भएका छन् जसमा भ्रृकुटी पल्प तथा पेपर लिमिटेड र एभरेष्ट कागज मिलहरु २ ठूलाउद्योगमा पर्दछन् । यिनिहरुले पनि विदेशबाट कमि आयातहुन सहयोग गरेका छन्

चिनी उद्योग : उखु उत्पदन गर्नु नेपालीहरुको परम्परागत कृषि पेशा हो , तराई क्षेत्रमा हुने उखु उत्पादनले नेपालमा प्रर्वधन गर्ने ठूलो मद्दत गरेको छ नेपालमा चिनी उत्पादन गर्ने कम्पनीहरुमा लुम्बिनी चिनी मिल, महालक्ष्मी चिनी मिल, विरगञ्ज चिनी मिल, पूर्व चिनी मिल लि. आदि पर्दछन् । यि कम्पनीहरुको स्थापनाले पेपालमा आयात हुने चिनीमाकम गर्न सहयोग प¥र्याएका छन् ।

यसरी समग्र देशको आर्थिक उन्नतिकालागि औद्योगिकीकरण अनिवार्य हुन्छ । औद्योगिकीकरणमा जोड दिएकाले नै विकसित मुलुकहरुको विकास भएको हो । प्राचीन कालदेखि नै नेपालका मानिसहरु औद्योगिक क्रियाकलावमा संलग्न भएको पाइन्छ तर हाल सम्मका दिनहरु सम्म पनि आइ पुग्दा पौराणिक र प्राचिन मुल्यमान्यतालाई नै बडि बडवा दिइएको पाइन्छ । राज्य संचालनका संयन्त्रहरुवाट स्थानिय तहमा उत्पादित बस्तुहको प्रशोद्यन विक्रि,वितरण र निर्यात गर्ने वा आयात प्रतिष्थापनलाई बढवा दिने हो भने अवश्य पनि आयात प्रतिस्थापन गरि देशलाई आर्थिक समृद्धि तर्फ धकेल्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार