गजल

तिमी भन्दा म नै धेरै जान्नेहरु पाइन्छन् यहाँ

सफलताको अघि पछि तान्नेहरु पाइन्छन् यहाँ

उस्तै उस्तै क्षमता भएको उमेरद्वारहरुमा

आफ्ना आफन्त नै छान्नेहरु पाइन्छन् यहाँ

प्रतिशतमा अधिकार खोज्ने महिलाहरुबाट नै

लोग्ने झुक्याइ अरुसँग अंगालो बान्नेहरु पाइन्छन् यहाँ

महिला अधिकारको कुरा गर्छन् पुरुषप्रधान समाज

स्वास्नी तह लाउन त्यो भट्टी धान्नेहरु पाइन्छन् यहाँ

 

    लेखक 

 स्पर्श अतित याेङहाङ

उनि नयाँ बुलन्द डटकमका उपसम्पादक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार