महाशिवरात्री गोल्डकपमा शुक्रबार ६ खेल

प्याङ : इलामको माइजोगमाई ६ प्याङमा जारी महाशिवरात्री गोल्डकपको दोस्रो दिन शुक्रबार ६ टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेलमा प्याङ माविलाई २-१ पराजित गर्दै प्याङ १ विजयी भएको छ । दोस्रो खेलका लागि प्याङ ४ निर्धारित समयमा उपस्थित नभएपछि लीगुराँस इङला स्वत विजयी बन्यो । तेस्रो खेलका लागि पनि माबु उपस्थित नभएपछि जमुना अघील्लो चरण प्रवेश गर्‍यो ।

चौथो खेलमा खेल संघ सुम्बेकलाई २-० ले पराजित गर्दै नाम्सालिङ जुनियर टिम विजेता बन्यो । पाँचौं खेलमा प्याङ जुनियर टिम र हेमन टिम प्याङबिच निर्धारीत समयमा बराबरी भएपछि पेनाल्टी सुट आउटमा ७-६ गोल अन्तरले प्याङ विजेता बन्यो ।

छैठौं खेलका लागि मिलन उपस्थित नभएपछि सेबेन ब्रदर्स दोस्रो चरणमा प्रवेश गर्यो ।

आगामी २० फागुनसम्म सन्चालन हुने गोल्डकपका विजेताले नगद ६० हजार र उपविजेताले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने खेलकुद विकास समितिका अध्यक्ष मिलन थेबेले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार