कार्ल मार्क्सले प्राचीन युनानको सहज भौतिकवाद र द्वन्द्ववाद काण्टदेखि हेगेलसम्म विकसित हुँदै गएको जर्मनशास्त्रीय दर्शन, हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवादको गंभीर अध्ययन गर्नु भै हेगेलमा द्वन्द्ववादको चरम विकास भएको थियो, तर उनी आदर्शवादी थिए । त्यस्तै फायरवाखमा भौतिकवादको राम्रो विकास भएको थियो, तर उनी अधिभूतवादी र धार्मिक–नैतिक–क्षेत्रमा आदर्शवादी थिए । यही परिपेक्षमा मार्क्स एंगेल्सले हेगेलको आदर्शवादीको विरोध गर्दै उनको द्वन्द्ववादलाई अंगिकार गर्नु भयो ।
त्यस्तै उहाँहरुले फायरवाखमा विद्यमान अधिभूतवाद र आदर्शवादको विरोध गर्दै उनको भौतिकवादलाई अंगाल्नु भयो । यसरी मार्क्स–एंगेल्सले द्वन्द्ववाद र भौतिकवादलाई परिमार्जन, संश्लेषित र एकीकृत बनाउँदै नयाँ दर्शनको आधारशिला तयार पार्नु भयो । अर्थात मार्क्स एंगेल्सले हेगेल र फायरवाखको टाउकोले टेकेको दर्शनलाई सुल्टयार खुट्टाले टेकेर उभिने बनाई दिएर द्वन्द्वात्मक भौतिकवादको विकास गर्नु भयो ।
साथै, मार्क्सले समाज विज्ञानका रुपमा ऐतिहासिक भौतिकवादको आविष्कार गरेर वर्ग, वर्गसंघर्ष, इतिहासमा बल प्रयोग भूमिका कुरा र इतिहासदेखि आजसम्मका इतिहास वर्गसंघर्षको इतिहास हो” भने संश्लेषण गर्दै उत्पादन सम्बन्ध रहने, समाज विकासका नियमहरु ठोस गर्दै सामाजिक क्रान्तिकारीद्वारा राज्यको उत्पत्तिदेखि राज्यको विलोपीकरण सम्मको वैज्ञानिक सिद्धान्त प्रतिपादन गरेर दर्शनको क्षेत्रमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई स्थापित गर्नु यस पश्चात दार्शनिक फाँटमा यसले नयाँ क्रान्ति ल्याई दियो र यस भन्दा पहिलेका सम्पूर्ण दर्शनहरु पछाडि पर्न गए र दुनीयाँमा नयाँ हलचल पैदा गरि दियो । यस एंगेल्सको साथ र सहयोगमा मार्क्सको महत्वपूर्ण योगदान रहन गयो ।
लेनिनले मार्क्सवादका तीन श्रोतको उल्लेख गर्नु भएको छ र यसैका आधारमा मार्क्सवादमा तीन संघटका अंग पनि निर्मित भएका छन् । जस्तो कि दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका तीन संघटक अंग हुन् ।
अर्को कुरा दर्शनशास्त्र प्रकृति समाज र चिन्तनका गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञान हो र यसलाई मार्क्सले नितान्त नयाँ ढंगले विकसित गर्नु भएको छ । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरुको अध्ययन गर्ने विज्ञान हो र यसलाई पनि मार्क्सले नयाँ ढंगले विकासित तुल्याउनु भएको छ । पुँजीवादी अर्थशास्त्रीहरुले राजनीतिक अर्थशास्त्रलाई वस्तुहरुको आफ्नो सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा लिएका थिए तर यसको उल्टो मार्क्सले मानिसहरुको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानको रुपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नु भयो ।
मूल्याको श्रमसिद्धान्तलाई मार्क्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजका आधारमा समृद्ध तुल्याउनु भयो । वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो, जुन वर्ग संघर्ष, बलप्रयोगको भूमिका, सर्वहारावर्गको अधिनायकत्व र वर्गहरुको विलोपको सिद्धान्तमा आधारित रहेको छ । मार्क्सले काल्पनिक समाजवादका विरूद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गरेर महत्वपूर्ण योगदान गर्नु भयो ।
मार्क्सपूर्वका काल्पनिक समाजवादी तथा साम्यवादीहरुले पुँजीवादी उत्पादनबाट मजदुरहरुको मुक्तिको सपना अवश्यैदेखे तर त्यसलाई वैज्ञानिक सिद्धान्तको रुपमा लिन सकेका थिएनन् । हेगेलको इतिहासलाई अधिभूतवादबाट मुक्तगरी द्वन्द्ववादको रुप त अवश्यै प्रदान गरे तर इतिहास सम्बन्धि उनको धारणा मूलतः आदर्शवादी थियो ।
यो स्थितिमा मार्क्सले इतिहासको भौतिकवादी मान्यताको आविष्कार गर्नु भयो । र मार्क्सले अगाडि भन्नु भयो “अपितु यसको उल्टो त्यसको सामाजिक अस्तित्वले त्यसको चेतनालाई निर्धारण गर्दछ ।” इतिहासको यो भौतिकवादी मान्यतालाई आधार बनाउँदै मार्क्स–एंगेल्स कुन निष्कर्षमा पुग्नु भयो भने आदिम युगलाई छाडेर समस्त विगतको इतिहास वर्गसंघर्षको इतिहास हो ।
साथै मार्क्स एंगेल्सले प्रकृति विज्ञान र इतिहासको क्षेत्रमा वास्तविक अन्तः सम्बन्धका ठाउँमा काल्पनिक अन्तः सम्बन्ध प्रस्तुत गर्ने आदर्शवाद र अधिभूतवादका विरूद्ध संघर्ष चलाउँदै ती दुवै क्षेत्रका वैज्ञानिक नियमहरुलाई राम्रो सँग उत्पादन गर्नु भएको छ । प्रकृति समाज र चिन्तनमा विद्यमान गतिका सामान्य नियमहरुको खोज गर्नु नै यो उद्घाटनको वास्तविक कुञ्जी बन्न गएको छ ।
यस प्रकारको अध्ययन र खोजले एकातिर प्रकृति दर्शन र इतिहास दर्शनको प्रभुत्वबाट प्रकृति विज्ञान र समाज विज्ञानका विविध शाखाहरुलाई मुक्त गरी तिनलाई स्वायत्त विज्ञानहरुको हैसियत प्रदान गर्यो भने अर्कोतिर एक विशिष्ट सकारात्मक विज्ञानका रुपमा दर्शनशास्त्रलाई अन्तर्वस्तु तथा रुप दुवै दृष्टिले परिमार्जित गरी नयाँ ढंगले विकासित गर्ने काम भयो ।
यस प्रकारको नयाँ संश्लेषणबाट सर्वहारावर्गको वैचारिक शास्त्रका रुपमा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रादुर्भाव हुन पुग्यो, त्यो पुरानो ढंगको दर्शनशास्त्र न भै नयाँ विश्वदृष्टिकोण बन्न पुग्यो । यसमा मार्क्सको महत्वपूर्ण योगदान रहयो ।
मार्क्सले समाज विज्ञानका तीनवटै क्षेत्रमा खासगरी दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा महत्वपूर्ण योगदान गर्नु भयो । शुरूमा त मार्क्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन, त्यसका साथै राजनीतिक अर्थशास्त्रका अतिरिक्त मूल्यको सिद्धान्त र वैज्ञानिक समाजवादमा वर्गसंघर्ष, सशस्त्रसंघर्ष र सर्वहारावर्गको अधिनायकत्वलाई पनि स्थापित गरे भयो ।
मार्क्सका योगदानहरुलाई छोटकरीमा यसरी राख्न सकिन्छ कि दर्शनका क्षेत्रमा उहाँले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद प्रतिपादन गर्नु भयो । यसमा मार्क्सले जर्मन दर्शनशास्त्रका अग्रणीहरु खास गरी हेगेल, काण्ट र फायरबाखलाई गहन ढंगले अध्ययन गर्नु भयो । काण्टको अज्ञेयवादका विरूद्ध पनि लँडाइ लड्नु भयो । त्यस्तै गरी फायरवास का अधिभूतवादी भौतिकवादका विरूद्ध लडाइँ लड्नु भयो ।
साथै हेगेलका आदर्शवादी द्वन्द्ववादका विरूद्धमा पनि लडाइ लड्नु भयो । फायरवाखको भौतिकवाद र हेगेलको द्वन्द्ववादलाई लिएर मार्क्सले द्वन्द्वात्मक भौतिकवाद बनाउनुभयो । ऐतिहासिक भौतिकवाद मार्क्सको नयाँ आविष्कार हो । ऐतिहासिक भौतिकवाद मार्क्सको मौलिक आविष्कार हो । यो दर्शनशास्त्रको क्षेत्रमा मार्क्सले गरेको आविष्कार हो ।
दोस्रो, योगदान मार्क्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गर्नु भयो । मानव समाजमा एउटा मुठ्ठीभर वर्गले बहुसंख्यक श्रमजीवी वर्गलाई कसरी शोषण गर्दछ भन्ने कुरा पत्ता लगाउनु भयो । नीजि सम्पत्तिको उन्मुलन गरेर नै शोषणका अन्त्य हुनसक्छ, समाजवाद आउन सक्छ र त्यसपछि साम्यवादमा पुग्न सक्छ । सामुहिक उत्पादन र नीति विचरणको अन्तर्विरोध पत्ता लगाएर उत्पादन सम्बन्ध र उत्पादन शक्तिबीच चल्ने संघर्षबाट नै समाजवाद प्राप्त हुन्छ भन्ने कुरा मार्क्सले राजनीतिक अर्थशास्त्रका क्षेत्रमा पत्ता लगाउनु भयो ।
त्यसका साथै मार्क्सले वैज्ञानिक समाजका क्षेत्रमा खास गरी समाजमा वर्गहरु हुन्छन् भन्ने कुराले पहिले नै थाहा थियो तर मार्क्सले त्यसलाई कसरी हल गर्नु पर्छ भन्ने कुरा चाँहि वर्ग संघर्ष गर्नु पर्छ, वर्ग संघर्षका लागि आफ्नै पार्टी निर्माण गर्ने प्रक्रिया अघि बढाउनु भयो ।
त्यसका साथै वर्ग संघर्ष एउटा चरणमा प्रवेश गरिसकेपछि सशस्त्र संघर्षमा जानै पर्छ र सशस्त्र संघर्षले मात्र क्रान्तिको छिनोफानो गर्दछ भन्दै मार्क्सले के भन्नु भएको छ भने इतिहासबाट प्राप्त शिक्षा जस्तै : फ्रान्सको वर्गसंघर्ष, पेरिस कम्युन शिक्षा लिदै उहाँले सर्वहारावर्गको अधिनायकत्व आवश्यक हुन्छ भन्नु भयो । साथै सर्वहारावर्गको अधिनायकत्व किन आवश्यक हुन्छ भन्ने कुरामा मार्क्सले ८ चारवटा कुरा अगाडि सार्नु भयो । नम्बर एकमा वर्गविभेद अन्त्य गर्नका लागि, नम्बर दुईमा वर्ग विभेद उत्पन्न हुने उत्पादन सम्बन्धमा आधारित सामाजिक सम्बन्धहरुको उन्मूलन गर्नका लागि र चार नम्बरमा सामाजिक सम्बन्धबाट पैदा हुने विचारहरु जो छन् तिनीहरुलाई क्रान्तिकरण गर्नका लागि सर्वहारा वर्गको अधिनायकत्व हुने कुरा मार्क्सले स्थापित गर्नु भयो ।
अन्त्यमा पुँजीवादबाट समाजवाद हुँदै साम्यवादमा पुग्नका लागि संक्रमणकाल हो भनेर विश्व सर्वहारा श्रमजीवी वर्गलाई यिनै दर्शनहरु मार्क्सले जुन दिनु भयो । यी तत्वहरु नै मार्क्सका मूख्य योगदान हुन् ।
जहाँ सम्म मार्क्सवादको प्रयोगको कुरा छ, त्यसमा मार्क्सवादको पहिलो प्रयोग पेरिस कम्युनमा गएर भयो । ऐतिहासिक भौतिकवादले जुन वर्ग संघर्ष सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्व मान्यता र नियमलाई स्थापित गरेको छ, त्यसमा पेरिस कम्युनमा गएर पहिलो पटक कार्यान्वयनमा आयो । पेरिस कम्युन इतिहासको एउटा परिघटना थियो, पेरिस कम्युनका वारेमा अन्तर्राष्ट्रिय थुप्रै डकुमेन्टहरु, आएका छन्, मूल्याङ्कन गरिएका छन् । पेरिस कम्युन छोटै अवधिसम्म मात्र टिकेको भए पनि त्यो विश्व सर्वहारावर्गको महान् आदर्श थियो ।
ऐतिहासिक भौतिकवाद त्यसको सारतत्व वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारार्वगको अधिनायकत्सम्बन्धी मान्यता जुन मार्क्सले कम्युनिष्ट घोषणापत्रबाट सुरू गर्नु भएको थियो, पेरिस कम्युनको संश्लेषण गर्ने बेलासम्म ऐतिहासिक भौतिकवादका महत्वपूर्ण सिद्धान्तहरु परिपक्क भएर, आएको देखिन्छ । उदाहरणका लागि कम्युनिष्ट घोषणापत्रमा सर्वहारावर्गको अधिनायकत्व भन्ने शब्द छैन । शासक वर्गका रुपमा संगठित सर्वहारा वर्ग भन्ने छ ।
त्यसलाई अलि पछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने क्रममा संगठित सर्वहारा वर्ग भन्ने छ । त्यसलाई अलि पछि गएर फ्रान्समा वर्ग संघर्ष लेख्ने सिलसिलामा त्यही सर्वहारावर्गको अधिनायकत्वसंग सम्बन्धित कुरामा अलिपरसम्म मार्क्स जानु भयो । पछि गएर अठारौं ब्रुमेयरमा जाँदाखेरी अब सर्वहारावर्गले संघर्ष गर्यो भने पुरानो राज्यसत्तालाई चक्नाचुर पारेर नयाँ राज्यसत्ता ल्याउँछ भन्ने मान्यता मार्क्सले विकसित गर्नु भयो ।
त्यसरी ठयाक्कै पेरिस कम्युनमा जाँदा खेरी पहिलो कुरा माक्र्सले के भन्नु भयो भन्दा पेरिस कम्युन कार्यनीतिक रुपमा संसदीय होइन् । गैरसंसदीय व्यवस्थाले दोस्रो नम्वरमा पेरिस कम्युनले के गर्यो भने पहिलेसम्म त राज्यसत्ता ध्वस्त पार्ने होइन एउटा वर्गको हातवाट अर्को वर्गको हातमा लिने कुरा हो भनिन्थ्यो तर जब पेरिस कम्युनमा पुगेपछि सर्वहारावर्गले पुरानो राज्यसत्ता ध्वस्त पारेर नयाँ राज्यसत्ता स्थापना गर्नुपर्छ भन्ने कुरा ल्याई दियो । तेस्रो कुरा त्यो सर्वहारावर्गको अधिनायकत्वको प्रयोगको कुरा थियो ।
त्यसपछि सर्वहारावर्गको अधिनायकत्व के हो भन्ने कुराको जवाफमा पेरिस कम्युनमा गएर हेर है भन्ने सम्मको अवस्था भयो । यसको अर्थ के हो भने कम्युनिष्ट घोषणापत्रदेखि लिएर ऐतिहासिक भौतिकवादको मान्यता वर्गसंघर्ष, सशस्त्र संघर्ष र सर्वहारावर्गको अधिनायकत्वको मान्यतालाई पेरिस कम्युनसम्म जाँदा के कुरा पुष्टि भयो भने कम्युन त सकियो तर मार्क्सले के भन्नु भयो भने भने कम्युन जस्तै गरियो भने त्यो समाप्त भयो भने पनि “कम्युनले जुन सर्वहारावर्गको मुक्तिको आदर्श थालनी गरेको थियो त्यो मर्दैन ।
जबसम्म एउटा उत्पीडित वर्ग मुक्त हुँदैन तवसम्म पेरिस कम्युन बारम्वार ब्युँझिदै जानेछ” भन्नु भयो । मार्क्सले भनेजस्तै सन् १९१७ मा रूसको महान् अक्टुवर क्रान्तिमा पेरिस कम्युन नयाँ ढंगले देखा प¥यो । त्यस्तै चीनमा महान नयाँ जनवादी क्रान्ति हुँदै संसारका विभिन्न मुलुकहरुमा थुप्रै क्रान्तिहरु सम्पन्न भए । ती क्रान्तिहरुमा को प्रक्रियामा पेरिस कम्युन देखा पर्यो ।
सारमा के थियो भने मार्क्सले ऐतिहासिक भौतिकवादको जुन संश्लेषण र गर्नु भएको थियो त्यो पेरिस कम्युन हो भन्ने पुष्टि हुन पुग्यो ।
मूलबाटोबाट साभार