शहिद स्मृति फूटबल : मंगलबार पनि दुई खेल हुँदै

  नयाँ बुलन्द
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको शहिद स्मृति खुल्ला नकआउट फूटबल प्रतियोगितामा मंगलबार पनि दुई खेल हुँदैछन् ।

मध्यान्ह १२ बजेदेखि हुने पहिलो खेलमा कंचनजंघा फूटबल क्लब आमचोक र आयोजक ‘वी’ भिड्दैछन् । त्यस्तै दिउँसो २ बजेदेखि हुने दोस्रो खेलमा आयोजक ‘सी’ र घुर्बिसे पंचमी पाँचथरबीच प्रतिष्पर्धा हुँदैछ ।

यसअघि सोमबारको खेलमा पाथीभरा फूटबल क्लब फाकफोथकुम-७ र मुनाल फूटबल क्लब देउमाई नगरपालिका-२ विजयी भएका थिए । पहिलो खेलका लागि वरभञ्ज्याङ फूटबल क्लब निर्धारित समयमा खेलमैदान प्रवेश नगरेपछि पाथीभरा क्लब स्वत विजेता घोषित भएको थियो भने दोस्रो खेलमा नामसिंह ११ लाई १-० गोल अन्तरले पराजित गर्दै मुनाल फूटबल क्लब विजेता बनेको थियो ।

प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार