माइजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ नयाँबजार स्थित बालागुरु खेल मैदानमा जारी प्रथम माइजोगमाई अध्यक्ष कप फूटबल प्रतियोगितामा सोमबार दुई खेल सम्पन्न भएको छ।
सोमबार समपन्न पहिलो खेलमा सनराइज बैङ्क नयाँबजारले देवान स्पोर्टिङ्ग क्लब नामसालिङ्गलाई १-३ गोल अन्तरले पराजित गर्दै विजयी बनेको छ भने दोस्रो खेलमा सेभेन ब्रदर्श सोयाङले प्रेमेजुङ्ग फूटबल कल्बलाई ४-३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ। निर्धारित समयमा १-१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि खेलको निर्णय ट्राइब्रेकरमा लिइएको थियो। ट्राइब्रेकरमा प्रेमेजुङ्ग फूटबल कल्बले २ गोल गर्दा सेभेन ब्रदर्श सोयाङले भने ३ गोल गर्दै अाफूलाई अघिल्लो चरणमा सुरक्षित गरेको हो।
प्रतियोगिता अन्तर्गत मंगलबार पनि दुई खेल हुने आयोजकले जनाएको छ। मंगलबारको पहिलो खेलमा आरआरसी प्याङ र जोगमाई आमनेसामने हुनेछन् भने दोस्रो खेलमा पूर्व क्षितिज फुटबल क्लब सोयाङ्गले माइजोगमाई ३ को सामना गर्नुपर्ने आयोजकले जनाएको छ।
माइजोगमाई गाउँपालिकाको मुख्य प्रायोजनमा माईजाेगमाई खेलकुद विकास समिति र माइजोगमाई फुटबल क्लबको संयुक्त आयोजनामा जारी प्रथम माइजोगमाई अध्यक्ष कप फुटबल प्रतियोगिताको विजेताले नगद १ लाख सहित २० तोला चाँदीको माईजाेगमाई रनिङ शिल्ड तथा उपविजेताले नगद ५० हजार र तृतीयले नगद २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।
साथै उत्कृष्ट मिडफिल्डर उत्कृष्ट फरवार्ड उत्कृष्ट गोलरक्षक अनुशासित टीम र म्यान अफ द म्याचलाई विधागत पुरस्कार समेत व्यवस्था गरिएको माइजोगमाई खेलकुद विकास समितिका अध्यक्ष प्रविण राईले जानकारी दिए।
गाउँपालिकाका भित्रका १८ टीमको सहभागीता रहेको सो प्रतियोगिताको फाइनल खेल आगामी २६ मंसिरमा हुनेछ।