म कैदी न १०४०

म कैदी न. १०४०
नाम …….नाम परिबर्तन
घर नामीडाडा
बर्ष २० को भए
म चोरी अभियोगमा जेल परेको
मलाई यो आन्धो कानुनले नाम दिएको
म एक कुख्यात चोर हु?

मैले जिन्दगीमा धेरै दुख गरे
मेरो जिन्दगीले सुखको अनुभुति कम मात्रै गरेको छ
सानोमा बुवा-आमा बित्नु भयो
मेरो यो संसारमा आफ्नो भन्ने
एक दिदी थियो
म त्यही दिदिको काखमा हुर्किए

दिदिले गाउँमा गर्ने खेतालो
यो संसारमा बच्ने एक आधार थियो
दिदी पनि फोहोर साल बिमारी हुनुभयो
खोइ के रोगले हो
अस्पताल नै नदेखी परलोक हुनु भयो ।

म १८ बर्षको थिए
मैले मेरो दिदिलाई बचाउन
धेरैलाई सहयोगको अपिल गरे
फेसबुकमा अभियान चलाई दिनु न भनेर
धेरै ठुला बडालाई पुकारे
तर कहि कतैबाट
मैले कुनै किसिमको सहयोग पाईन
मान्छे यहाँसम्म कि
गरिवको मन छैन जस्तो सोच्ने
सहयोग त के सहानुभूतिसम्म दिएन ।

मलाई जन्म दिने आमा नभएपनी
आमाले झै लालनपालन गर्नुभयो
मलाई सामाजिक प्राणी बनाउनु भयो
सामाजका मान्छेहरुले
तँ गरिब
तँ तल्लो जातको
तैले छुएको पानी खानु हुदैन
हाम्रो घरभित्र पस्नु हुँदैन
यस्तो हृदय नै क्षत विक्षत हुने गरि
मलाई नराम्रो भन्दा
मभित्रको राक्षस जन्मिएर
ज्यान लिनु जाइ लाग्दा
त्यही मेरि दिदिले रोक्दै
मलाई सम्झाउनु हुन्थ्यो ।
भाइ हामीले यस्तो समाजको कुरालाई
नराम्रो लिनु हुदैन
जति बुझेको छ, त्यति बोल्छन
शहर बाजारमा त छुवाछूतको अन्त्य भयो
रेडियोले समाचारमा भन्दैथियो
त्यो परिवर्तन एकदिन हाम्रोतिर पनि अवश्य आउनेछ
हामीले धैर्य गर्नु पर्छ
हाम्रो पनि समाजमा शिर उचो बनाएर
हिड्ने दिन आउनेछ…
मलाई यस्तै कुराहरु गरेर
बुझाउनु हुन्थ्यो…

आज त्यही सम्झाउने दिदिको हालत यस्तो छ
जब दिदिले मलाई पुलुक्क हेर्दै आँसु झर्नु हुन्थ्यो
म सहन सक्दिन, एक्लै रुन्थे
आफ्नो भाग्यलाई सराप्दै
दिदिले मैले रुएको थाहा पाएर होला
मलाई बोलाउदै भन्नू हुन्थ्यो
भाइ अर्को जन्ममा पनि
तँ मेरो भाइ भएर जन्मिनु है
आत्मीय आङ्गालोमा राख्दै
दिदी बेस्सरी रुन्थिन
मलाई पनि सङ्गै रुवान्थ्यो ।
त्यो रुवाई एक टुहुरा दिदी-भाईको थियो
त्यो रुवाई एक अन्तर-आत्मा देखिको थियो
त्यो रुवाई अभावको थियो
त्यो रुवाई आफ्नो दयनीय अवस्थाको थियो ।

म के गरौ सोच्न सकि रहेको थियिन
मैले मेरो दिदिलाई जसरी भएपनी
अस्पताल लैजानु पर्छ
मैले दिदिलाई उपचार गराउनु नै पर्छ
मैले मेरि दिदिलाई बचाउनु पर्छ
तर कति पैसा लाग्छ, कहाँबाट ल्याउनु
सोच्दा म अलमल्ल पर्थे?
मैले मजदुर गरेको मासिक ४ हजार कमाईले
दिदिको उपचार त के
गाडीभाडा पुग्दैन थियो होला
जति धेरै दिदिको चीत्कार सुन्थे
त्यति नै धेरै म पग्लिन थाल्थे
मैले सोचे मेरो अब अन्तिम बिकल्प
चोरी गर्नु हो,
मान्छेले जे सुकै भनोस
मलाई जस्तैसुकै कडा कानुनी कर्वाही होस
मलाई केही कुराको प्रवाह छैन?
मेरो आफ्नो ज्यान दिएर भएपनि
मैले मेरि प्यारी दिदिलाई बचाउनु छ ।

लेखक/ रचना : वाङ्गचु लेप्चा

बुद्वशान्ती-७, धारागोला झापा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार