सन् २०३० को विश्वकप फुटबल प्रतियोगिता चीनले आयोजना गर्ने !

काठमाडौं  : फिफा विश्वकप फुटबलको २१औं संस्करण हालै सम्पन्न भएको छ । रुसले आयोजना गरेको फिफा विश्वकप फुटबल–२०१८ सम्पन्न भएको हो । उक्त फिफा विश्वकपको उपाधि फ्रान्सले जितेको छ ।

अब सन् २०२२ मा फिफा विश्वकप फुटबलको २२ औं संस्करण कतारले आयोजना गर्ने भएको छ । यसको तयारी तिव्र पारिएको छ । यस्तै सन् २०२६ को विश्वकप क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त आयोजना गर्ने भएका छन् ।

तर, यही बेला सन् २०३० को फिफा विश्वकप फुटबलको आयोजना चीनले गर्ने कुरा बाहिर आएके छ । जर्मन फुटबल क्लब साल्केका जेनरल मेनेजर क्रिस्टियन हेडेलले सन् २०३० को विश्वकप फुटबल प्रतियोगिता चीनले आयोजना गर्न सक्ने बताएका हुन् ।

समचार एजेन्सी सिन्ह्वालाई दिएको अन्तर्वार्तामा हेडेलले त्यसबेलासम्म चीन संसारकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता गर्न सक्षम भइसक्ने उल्लेख गरेका छन् । हेडेल तीन वर्षअघि साल्केलाई लिएर टुरमा गएका थिए ।

५५ वर्षीय हेडेलले चाइनिज फुटबल टिम अबको आठ वर्षपछि विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन सक्ने दाबी पनि गरे । ‘चाइना फुटबल छनोटबाट त्यति धेरै टाढा छैन,’ उनले भनेका छन्, ‘चाइनाले त्यसका लागि धेरै लगानी गरेको र प्रगतिसमेत गरेको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार