आजदेखि फूटबलको महासंग्राम विश्‍वकप सुरु हुँदै

लोकेन थेवे

इलाम : २०१४ मा ब्राजिलबाट बिदाइ भएको ठिक ४ वर्षपछि आजबाट रसियामा २१ औ संकरणको विश्वकप फुटबल खेल सुरु हुँदैछ । रसियाको नाम चलेको १० सहरको १२ वटा रंगशालामा १ महिना चल्ने विश्वकपमा विश्वको ३२ देशले प्रतिस्पर्धा गर्दैछ ।

४ वर्षको पर्खाईपछि आज बेलुकी ८:४५ बजेबाट आयोजक रसिया र साउदी अरेबियाको उद्घाटन खेलबाट विश्वकप सुरु हुनेछ । रसियाले २००२ यता फाइनलका चरणका कुनै पनि खेलमा जित निकाल्न सकेको छैन । साउदीले पछिल्लो पटक १९९४ को विश्वकपमा जित हात पारेको थियो । त्यसैले समुह ए मा रहेका रसिया र साउदीका लागि आजको खेल विषेश रहनेछ । खेल सुरु हुनुभन्दा ३ घण्टा अगाडिबाट भिविन्न कन्सर्ड हुनेछ । जहाँ २००२ का ब्राजिलियन स्टार स्टाइगर रोनाल्डो विशेष आकर्षको केन्द्र बन्ने छ्न् ।

आजको उद्घाटन खेल रसियाको मस्कोकी लुझनिकी रंगशालामा हुनेछ । फाइनल खेल पनि त्यही हुने छ । त्यसैले आजको उत्घाटन खेल भव्य गर्न लागेको छ । जुन रंगशालाको दशक राख्ने क्षमता ८१ हजार रहेको छ । १ महिना चन्ले कुम्भ महासंग्राममा प्रत्यक्ष ३५ लाख दर्शकले हेर्न सक्ने छ्न् ।

आजदेखि विधिगत विश्वकप उद्घाटनपछि नेपाललाई पनि १ महिना विश्वकपले छोप्नेछ । चिया पसलदेखी चोकचोक विश्वकपकै चर्चा परिचर्चा हुनेछ । नेपालामा अन्टिना, ब्राजिल, पोर्चुगलको धेरै समर्थक भएको मानिएपनि स्पेन, जर्मनी र फ्रान्सको पनि धेरै दर्शक रहेको अनुमान छ ।

अहिलेसम्म ब्राजिलले सबै भन्दा धेरै ५ पटक विश्वकपको उपाधि उचालेको छ । त्यस्तै जर्मनी र इटलीले ४/४, अर्जेन्टिना र उरुग्वेले २/२ तथा स्पेन र फ्रान्सले १/१ पटक उपाधि जितिसकेका छ्न् । यसपटक ब्राजिल आफ्नै घरमा भएको अघिल्लो विश्वकपको दुखद हारको पीडा भुल्न छैठौं पटक उपाधि चुम्ने दाउमा छ भने जर्मनी पुन: जित दोहोर्याउँदै ब्राजिलसँग जितको दुरि बराबर बनाउने दाउमा छ ।

अर्कोतिर अर्जेन्टिना, पोर्चुगल, स्पेन र फ्रान्सले पनि २०१८ को विश्वकप आ-आफ्नो देश लाने तयारीका साथ रसिया पुगेका छ्न् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार