पाँच विद्यार्थी संगठनद्वारा विद्यालय अनुगमन

नयाँ बुलन्द

इलाम : जिल्लामा क्रियाशील पाँच विद्यार्थी संगठनले इलाम नगरपालिकाका विभिन्न नीजि तथा सामुदायिक विद्यालको अनुगमन गरेका छन् ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त अनुगमन गरेको हो ।

नीजितर्फ इलाम नगरपालिका ९ को हेरिटेज नेशनल एकाडेमी, इलाम नगरपालिका ७ को ग्रिनभ्याली एकाडेमी र सामुदायिकतर्फ आदर्श माध्यमिक विद्यालयको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा नीजि विद्यालयले बढाएको शुल्क, शुल्क रसिदमा उल्लेख गरिएको सेवा उपलब्धता, विपन्न, दलित, अल्पसंख्यक, आदिवासी जनजातीलाई प्रदान गरिने छात्रबृत्ति, अपांगमैत्री कक्षा कोठा भएको÷नभएको लगायत विषयहरुमा अनुगमन गरिएको अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तामाङले जानकारी दिए ।

विगत वर्षको तुलनामा यस शैक्षिक सत्रमा पनि नीजि विद्यालयहरुले शुल्क बृद्धि गरेको पाइएको उनले बताए । साथै कतिपय विद्यालयले विद्यालय हाताभित्र नै व्यपारिक केन्द्र जस्तै पोषाक, पुस्तक र अन्य शैक्षिक सामाग्री वितरण गरिएको पाईएको जनाईएको छ ।

अनुगमनमा अनेरास्ववियुका अध्यक्ष इश्वरी तामाङ्ग, नेविसंघका उपाध्यक्ष टिकाराम पुरी, अखिल क्रान्तिकारी अध्यक्ष विपिन पोखरेल, समाजवादी विद्यार्थी फोरमका राम लिङ्गदम, नयाँ शक्ति विद्यार्थी युनियनका संयोजक शौरम भुजेल लगायतको सहभागिता थियो ।

अनुगमन पश्चात समिक्षात्मक बैठक बसेर आवश्यक कदम चालिने अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तामाङ्गले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार