नयाँ बुलन्द
इलाम : नेपाली कांग्रेसले पनि इलामबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर १ बाट भुपेन्द्र कट्टेल र क्षेत्र नम्बर २ बाट पूर्व सांसद केशव थापा चुनावी मैदानमा उत्रिएका छन् ।
यसैगरि प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर १ को (१) मा देवेन्द्रकुमार राई र १ को (२) मा दुर्गा बराल रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (१) मा डम्बर खड्का र क्षेत्र नम्बर २ को (२) मा खगेन्द्र देवान रहको नेपाल प्रेस युनियन इलामका अध्यक्ष तोयानाथ भट्टराइले जानकारी दिए ।


















































