नयाँ बुलन्द
रङ्गेली : संविधान पुनर्लेखनका लागि आन्दोलनरत संघीय समाजवादी फोरम नेपालमा मोरङ्गको रङ्गेलीबाट १५ सय नेता तथा कार्यकर्ता प्रवेश गरेका छन् । प्रतिगामी संविधान विरुद्ध आन्दोलनरत फोरम पार्टीको नीति, सिद्यान्त र कार्यशैलीबाट प्रभावित भएर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित विभिन्न पार्टी परित्याग गरि उपेन्द्र यादव नेतृत्वको फोरममा उनीहरु प्रवेश गरेका हुन् ।
मोरङ्गको रंङ्गेलीमा आयोजित बृहत् पार्टी प्रवेश समारोहमा नेपाली कांग्रेसका कोशिला देवी साह, एमालेका पुष्प न्योपाने, भक्त बहादुर राउत, नेकपा माओवादी केन्द्रका अशोक यादवसहित हजारौंको संख्यामा रङ्गेलीका नेता कार्यकर्ताहरु फोरम प्रवेश गरेका छन् । नेपाल सद्भावना पार्टीका वर्तमान जिल्ला अध्यक्ष सदानन्द यादव, सदस्य मो. उस्मान मियाँ समेतले फोरम प्रवेश गरे । पहिचान र संघियता पक्षधरको जारी आन्दोलन जायज रहेकोले उनीहरुले आ–आफ्नो पार्टी परित्याग गरी फोरम प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।
नश्लवादी चिन्तनामा आधारित एमालेका प्रधानमन्त्री केपी शर्माओलीले मुलुकलाई गलत दिशामा लगेको नवप्रवेशी नेता कार्यकर्ताले आरोप लगाएका छन् । सत्ता तथा प्रतिपक्ष गरी ढेड हजारको संख्यामा पार्टी प्रवेश गरेका नवप्रवेशी नेता तथा कार्यकर्ताहरुलाई फोरमका अध्यक्ष उपेन्द्र यादले अबिर माला सहित स्वागत गर्दै न्यायको पक्षमा अघि बढ्न प्रोत्साहन गरेका छन् ।
संविधान पुनर्लेखन मार्फत् त्रुटिपूर्ण संविधान सच्याएर जनताको खोसिएको अधिकार सुनिश्चित गर्न आन्दोलनको विकल्प नरहेको फोरम अध्यक्ष यादवले बताए । नवप्रवेशी सबै नेता तथा कार्यकर्ताहरुलाई पहिचान र संघीयताको पक्षमा आवाज बुलन्द गर्नको लागि जारी आन्दोलनलाई उचाईमा पुर्याउन फोरम अध्यक्ष उपेन्द्र यादवले आह्वान गरेका छन् । फोरमका पूर्व सभाषद् जयराम यादव, विदेश विभाग अर्जुन थापा र नेता सञ्जय सिंहको विशेष पहलमा रंङ्गेलीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको थियो ।

























































